पेट्रोलिय पदार्थमा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले आज विरोध र्याली सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। काठमाडौंको हनुमानस्थानबाट विरोध र्याली निकालेको नेविसंघले र्यालीपछि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो। नेविसंघका अध्यक्ष रन्जित कर्णले सरकारले विद्यार्थीसंग विगतमा गरेको सहमतिलाई उल्टाएर आफ्नो दम्भ प्रस्तुत गरेको भन्दै तत्काल मुल्यवृद्धि फिर्ता नलिए सबै विद्यार्थी संगठनहरुले [...]
बबरमहल बम काण्डमा घाइते भएका ७ जनाको वीर अस्पतालमा उपचार भैरहेकेा छ। घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्य ६ जनाको अवस्था सामान्य छ। सरकारले घाइतेहरुको निशुल्क उपचार ब्यवस्था मिलाएको छ। बम विस्फोटमा धादिङ बैरेनीका कृष्ण बहादुर तामाङ र सोहि स्थानका मानबाहादुर तामाङको घटनास्थलमै मृत्यु भएको थियो। सनाखत हुन नसकेका ६० वर्षिय एक जनाको [...]
छैटौं राष्ट्रिय प्रतियोगिता अर्न्तगत भारोत्तलनतर्फ नेपाल पुलीसकी देवी चौधरी र हडर्ल्सतर्फ सविता चौधरीले नयां राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। कञ्चनपुरमा भएको भारोत्तोलनको खेल अर्न्तगत ५३ केजी तौलसमुहमा नेपाल पुलीसकी देवी चौधरीले पाचौं राष्ट्रिय खेलकुदमा क्लिन एण्ड जर्कमा बनाएको राष्ट्रिय कीर्तिमानलाई भंग गर्न सफल भइन्। चौधरीले यसअघि क्लिन एण्डजर्कमा ७५ केजीको रेकर्डलाई भंग गर्दै ७६ केजी [...]
काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय परिसरमा बम विष्फोट हुंदा तीनजनाको मृत्यु भएको छ। २ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा बीर अस्पतालमा मृत्यु भएको हो। मृत्यु भएका तीन जनामध्ये एक जनाको नाम खुलेको छ भने दुई जनाको अझै पहिचान हुन सकेको छैन। प्रहरीका अनुसार, विष्फोटमा परी धादिङ बैरेनीका चौतीस वर्षीय कृष्णबहादुर तामाङको घटनास्थलमै [...]
नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीले सेना समायोजनको प्रकृया सुरु भएको तीन साता भित्र लडाकुका अस्थायी शिविर खाली गर्छु भन्नु राज्यको सम्पत्ति लुट्ने षड्यन्त्र मात्र भएको आरोप लगाउनुभएको छ। बिराटनगर बिमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता ओलीले नभएका लडाकुको नामबाट राज्यको सम्पत्ति दुरुपयोग गर्न पल्किएको माओवादीले राज्यको थप सम्पत्ति कुम्ल्याउने वातावरण अनुकुल बनाउनका लागि यस्तो [...]
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो राजीनामाले अनिश्चय र अनिष्ठ निम्त्याउने हुनाले अरु दललाई राजीनामा नमाग्न आग्रह गर्नुभएको छ। जिल्ला विकास समिति ललितपुरको २१ औं जिल्ला परिषद्को उद्घाटनको क्रममा प्रधानमन्त्री भट्टराईले संविधान र शान्तिको लाग्नु पर्ने बेलामा राजीनामाले अझ वेथिति र अनिष्ठ निम्त्याउने हुंदा अन्य दललाई आफ्नो राजीनामा नमाग्न आग्रह गर्नुभएको हो। प्रधानमन्त्री भट्टराइले प्रतिनिधिविहीन भएका [...]
अष्ट्रेलियाका प्रधानमन्त्री जुलिया गिलार्ड पार्टीको नेतृत्वको लागि भएको मतदानमा निर्वाचित भएकी छिन्। लेबर पार्टीमा प्रधानमन्त्री गिलार्ड र विदेशमन्त्री केभिन रुडबीच पार्टीको नेतृत्वका लागि मतदान भएको थियो। लेबर पार्टीका सदस्यबीच भएको मतदानमा प्रधानमन्त्री गिलार्डले ७१ मत प्राप्त गरेकीछिन् भने रुडले ३१ मत प्राप्त गरेका छन्। विदेशमन्त्री रुडले पार्टी नेतृत्वमा आफूले जित्ने चुनौती दिएपछि प्रधानमन्त्री गिलार्डले पार्टी [...]
रसियाका प्रधानमन्त्री भाल्दिमिर पुटिनको हत्या गर्ने षड्यन्त्र बनाएको अभियोगमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इल्या प्यानजिन र अदाम ओस्माएभ रहेको प्रहरीले बताएको छ। उनीहरुले रसियाको राजधानी मस्कोमा बिष्फोट गराउने तयारी गरिहेको बेला प्रहरीले पक्राउ गरेको हो। प्रहरी समक्ष उनीहरुले पुटिनको हत्या योजना बनाएको स्वीकार गरेका छन्। पुटिन आगामी मार्च ४ मा हुने राष्ट्रपतीय [...]
वरिष्ठ साहित्यकार भीम विरागको ७८ वर्षको उमेरमा आज विहान काठमाडौंमा निधन भएको छ। विरागको ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो। हेटौंडा बस्दै आउनु भएका विराग लामो समयदेखि स्वासप्रश्वासको बिरामी रहेकाले उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो। खास नाम भीमबहादुर महर्जन रहेका विरागको जन्म विक्रम सम्वत १९९१ सालमा बीरगञ्जको माइस्थानमा भएको थियो। उहांले नारायणी [...]