Articles Posted on February 22nd, 2012

  • chiniya-ban-mantri

    पहिलो नेपाल भ्रमण ऐतिहासिक हुने चिनियाँ वनमन्त्री जिया झिवाङको दावी

    चिनियाँ वनमन्त्री जिया झिवाङ चार दिने भ्रमणका लागि  नेपाल आइपुग्नुभएको छ। त्रिभूवन विमानस्थल ओलिर्एका झिवाङले आङ्खनो पहिलो नेपाल भ्रमण ऐतिहासिक हुने दाबी गर्नुभयो। भ्रमणका क्रममा उहांले केही सहयोग सम्झौतामा हस्ताक्षर हुने जानकारी सोत दिनुभयो। झिवाङले वन, वन्यजन्तु र संरक्षणमा आङ्खनो भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।

  • kanun-mantri

    न्यायलय भित्र पनि भ्रष्टाचार : डाक्टर भीमार्जुन आचार्य

    फोरम गणतान्त्रिकका अध्यक्ष तथा सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गरी जेल चलान गर्ने सर्वोच्च अदालतको फैसलाप्रति कानुनविद्हरुको धारणा बुझाएको छ। राजधानीमा आयोजित एक साक्षात्कारमा कानुन विद्हरुले गुप्ताविरुद्ध सर्वोच्चले गरेको फैसलाप्रति आ आफ्नै तरिकाले टीका टिप्पणी गरेका हुन्। कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले गुप्ताविरुद्धको फैसलालाई लिएर मधेसको नाममा राजनीति नगर्न [...]

  • niji-bidhyalaya

    सरकारद्धारा निजी विद्यालयहरुलाई अनावश्यक दु:ख दिइरहेको आरोप

    निजी विद्यालय संचालकहरुले सरकारले निजी विद्यालयहरुलाई अनावश्यक दु:ख दिइरहेको आरोप लगाएका छन्। भक्तपुरमा रफत सचार कल्वले आयोजना गरेको अर्न्तक्रिया कार्यक्रममा बोल्दै उनिहरुले सरकारको मनपरीतन्त्रले निजी विद्यालय संचालकहरु निरास बन्दै गएको बताए। कार्यक्रममा एन प्यावसनको अध्यक्ष गीता राणाले सरकारले समझौता भन्दा गलत प्रक्रियाले बिद्यालयको बस समातेर त्रास फैलाएको बताउँदै उनले मुनाफाको २५ प्रतिशत सरकारलाई कर बुझाउँदा [...]

  • forum-loktantrik

    फोरम गणतान्त्रिक कता?

    सर्वोच्च अदालतले पार्टी अध्यक्ष जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टचारी ठहर गरी जेल चलान गरेपछि अन्योलमा परेको मधेसी जनअधिकार फोरम गणतान्त्रिक पार्टीको भावी रणनीति तय गर्न आन्तरिक छलफलमा जुटेको छ। सर्वोच्च अदालतले मंगलबार गुप्तालाई विभिन्न समयमा सार्वजनिक पद धारणा गर्दा भ्रष्टाचार गरेको ठहर गरी जेल चलान गरेपछि सो पार्टीका पदाधिकारीहरुको आज बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय [...]

  • कुरानको प्रर्दशन

    कुरानको प्रर्दशन

    अफगानिस्तानमा नेटो सैनिकले इस्लामिक धार्मिक ग्रन्थ कुरान जलाइपछि सुरु भएको प्रर्दशनमा ४ जनाको मृत्यु भएको छ। प्रर्दशनका क्रममा सुरक्षाकर्मीको कारबाहीमा २० भन्दा बढि घाइते भएका बताइएको छ। अमेरिकि नेटो सेनाले इस्लामिक धार्मिक ग्रन्थ कुरान जलाएको खबरपछि अफगानी नागरिकले राजधानी काबुल र जलालाबादमा प्रर्दशन जारी राखेको छन्। प्रर्दशनकारीहरुले जलालाबादमा अमेरिकी राष्ट्रपति बाराक ओबामाको पुत्ला समेत जलाएको [...]

  • South+Korean+President+Lee+

    उत्तर कोरियाका शरणार्थीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्वदेश फिर्ता गर्न चीनसंग आग्रह

    दक्षिण कोरियाका राष्ट्रिपति लि म्युङब्याकले उत्तर कोरियाका शरणार्थीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्वदेश फिर्ता गर्न चीनसंग आग्रह गरेको छ। चीनले आफ्नो मुलुकमा पक्राउ परेका उत्तर कोरियाका ३० नागरिकलाई फिर्ता पठाउने प्रक्रिया सुरु गर्न लागेका बेला दक्षिण कोरियाको यस्तो आग्रह सार्वजनिक भएको हो। चीनले उत्तर कोरियाका नागरिक अवैधानिक रुपमा आयआर्जनका लागि अन्य देशमा रहदै आएको पनि बताएको [...]

  • sudurpachim

    छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी संगसंगै विरोध : धनगढीमा दुईघण्टा चक्काजाम

    फागुन १४ गतेदेखि सुदूरपश्चिममा हुन गइरहेको छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी संगसंगै विरोध पनि शुरु भएको छ। छैठौं राष्ट्रिय खेलकुदका लागि निर्माण भइरहेका भौतिक पूर्वाधार र विभिन्न शिर्षकमा खर्च भइरहेको रकमको विषयमा आयोजक समितिले कुनै पनि सूचना दिन नमानेपछि विरोध शुरु भएको हो। सोही विषयलाई लिएर एमाले निकट युवा संघ नेपालले आज धनगढीमा दुईघण्टा चक्काजाम [...]

  • bargikaran

    वहिर्गमित जनमुक्ति सेना नेपालद्धारा आफ्ना मागहरुप्रति गम्भिर नभए पुनः भूमिगत युद्धमा फर्कने चेतावनी

    वहिर्गमित जनमुक्ति सेना नेपालले आफ्ना मागहरुप्रति वर्तमान सरकार गम्भिर नभए पुनः भूमिगत युद्धमा फर्कने चेतावनी दिएको छ। राजधानीमा पत्रकार सम्मेलन गर्दै वहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिले आफ्ना मागहरुप्रति सरकार उदासिन बनेको भन्दै यस्तो चेतावनी दिएको हो। उनीहरुले विगतमा आफुहरुलाई बन्दुक बोकाएको पार्टी र सोही पार्टीको नेतृत्वमा बनेको सरकारले आफुहरुलाई वेवास्ता गरेको आरोप पनि [...]

  • lumjung-mahotsav

    लमजुङ महोत्सवमा दर्शकहरुको भीड दिनप्रतिदिन बढ्दै

    लमजुङको सदरमुकाम बेसीशहरमा फागुन ५ गतेदेखि शुरु भएको लमजुङ महोत्सवमा दर्शकहरुको भीड दिनप्रतिदिन बढिरहेको छ। छैठौं दिनसम्म महोत्सवमा ७५ हजार भन्दा वढी दर्शकले अवलोकन गरेका आयोजक लमजुङ उद्योग बाणिज्य संघले दावी गरेको छ। उद्योग ब्यापार, पर्यटन र कृषिको प्रबर्द्धन, लमजुङको कला र संस्कृतिक संरक्षण भन्ने नाराका फागुन पाच गतेदेखि लमजुङ महोत्सव शुरु भएको हो। जारी महोत्सवमा [...]

  • ram_baran_yadav

    राष्ट्रपतिद्धारा स्वदेश तथा विदेशमा रहेका शेर्पा समुदायलाई शुभकामना

    देश र बिदेशका शेर्पा समुदायहरु घ्याल्बो लोसार मनाउदै छन्। यसै क्रममा राष्ट्रपति डाक्टर रामवरण यादवले घ्याल्बो लोसारका अवसरमा सन्देश दिंदै स्वदेश तथा विदेशमा रहेका शेर्पा समुदायलाई शुभकामना दिनुभएको छ। आज शुभकामना सन्देश दिनुहुंदै राष्ट्रपति यादवले शेर्पा समुदायमा सुख, शान्ति र समृद्धिको कामना पनि गर्नुभएको छ। उहांले नेपालका सबै चाडपर्व राष्ट्रिय सम्पदा भएको र यसको संरक्षणबाट [...]