Articles Posted on February 17th, 2012

  • ram_baran_yadav

    गणतन्त्रलाई संस्थागत गर्ने चुनौती अझ पनि बाँकी रहेको राष्ट्रपती डाक्टर रामवरण यादवको भनाई

    नेपालमा लामो राजनीतिक संघर्षपछि गणतन्त्र आएपनि गणतन्त्रलाई संस्थागत गर्ने चुनौती अझ पनि बाँकी रहेको राष्ट्रपती डाक्टर रामवरण यादवले बताएका छन्। शुक्रबार सुनसरीको धरानमा आयोजित सार्कस्तरीय रेडियोलोजि चिकित्सकहरुको सातौं सम्मेलनको उद्घाटन समारोहमा बोल्दै यादवले शान्ती प्रक्रिया र गणतन्त्र संस्थागत गर्ने चुनौती रहेको जनाउँदै सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। पटक पटक प्रजातन्त्रको लागि लडाइ लडेका नेपालीहरुकै […]

  • bharu-sahit-pakrau

    भारु सहित पक्राउ

    झापाको काकरभिट्टामा प्रतिवन्धित भारु ५०० र १००० दरमा नोट सहित १ व्यक्ति शुक्रवार पक्राउ परेका छन्। अपरान्ह सशस्त्र प्रहरीको टोलीले शंका लागेर चेक गर्दा भारत सिक्किम घर भएको ३५ वर्षिय सोनाम लामाको साथबाट ५०० र १००० दरका भारतिय रुपैया ३,१०,०००।– फेला परेको छ। पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा वुझाइएको छ। सोनाम लामाले उक्त […]

  • olympia-greece-file-story-top

    ग्रीसको प्राचीन एवम् पुरातात्विक सहर ओलम्पियास्थित म्युजियममा चोरी

    ग्रीसको प्राचीन एवम् पुरातात्विक सहर ओलम्पियास्थित म्युजियममा चोरी भएको छ। ओलम्पियाका मेयर थाइमियोसका अनुसार २ जना व्यक्तिले म्युजियममा तोडफोड गरी पुरातात्विक समान लगेका छन्। म्युजियममा भएका अमुल्य वस्तुहरुको समेत चोरी भएको थाइमियोसले बताए। अधिकारीहरुका अनुसार म्युजियमबाट ६० वटा मुर्ति चोरी भएको छ। अधिकांश मुर्तिहरु ब्रोन्जका भएको बताइएको छ। बन्दुकसहित गएका उनीहरुले म्युजियमका सुरक्षागार्डलाई आक्रमण गरेर […]

  • prachanda

    राज्य पुनर्संरचनाका क्रममा चितवन जिल्लालाई कुनै हालतमा पनि टुक्रन नदिने प्रचण्डको भनाई

    एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य पुनर्संरचनाका क्रममा चितवन जिल्लालाई कुनै हालतमा पनि टुक्रन नदिने बताउनु भएको छ। पश्चिम चितवनको पटिहानीमा आजदेखि सुरु भएको पटिहानी पर्यटन महोत्सवको उद्घाटन गर्दै उंहाले राज्य पुर्नसंरचना आयोगले बुझाएको प्रतिवेदनमा चितवनलाई चार प्रदेशमा विभाजन गरिएपनि आफुले चितवन टुक्रन नदिने बताउनुभएको हो। कार्यक्रममा सहभागी हुनुअघि माओवादी अध्यक्ष दाहाललाई स्थानीय […]

  • arthik-parnadit

    आयव्यय विवरण नबुझाउने अठार राजनीतिक दललाई निर्वाचन आयोगद्धारा कारबाही

    तीन वर्षदेखि आयव्यय विवरण नबुझाउने अठार राजनीतिक दललाई निर्वाचन आयोगले कारबाहीको प्रक्रिया सुरु गरेको छ। आयोगले पत्रकार सम्मेलन गरी प्रचलित कानुन र आयोगको निर्णयलाई बेवास्ता गरेको भन्दै सात दिनभित्र विवरण नबुझाए दर्ता खारेजी गर्ने चेतावनीसमेत दिएको छ। आयोगले सार्वजनिक गरेको विवरणमा आयव्यय विवरण बुझाउन दिइएको समयमा बाइस राजनीतिक दलले मात्र कानुनले तोकेको प्रक्रिया पूरा गरी […]

  • cp-gajurel

    सम्पत्ती शुद्धीकरण सम्बन्धी विधेयक संसदबाट पारित गराउन खोजिए संसद अबरुद्ध गर्ने चेतावनी : सिपी गजुरेल

    एकीकृत नेकपा माओबादीका सचिव सिपी गजुरेलले सम्पत्ती शुद्धीकरण सम्बन्धी विधेयक संसदबाट पारित गराउन खोजिए संसद अबरुद्ध गर्ने चेतावनी दिनुभएको छ। राजधानीमा आयोजित साक्षात्कारमा सचिव गजुरेलले ३६ देश मात्र समावेश गरिएको वित्तीय कारबाही कार्यदलको राष्ट्रसंघसंग कुनै सम्वन्ध नरहेको हुंदा विधेयक पारित नगर्दैमा नेपाललाई कुनै समस्या नपर्ने र संसदबाट पारित गर्न खोजिए संसद चल्न नदिने चेतावनी दिनुभयो। […]

  • byawastika-samsadh

    गैर नेपाली नागरिकले नागरिकता पाउन सक्ने गरि कानुन बनेको भए खारेज गर्न गृह मन्त्रालयलाई निर्देशन

    व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिले गैर नेपाली नागरिकले नागरिकता लिन सक्ने तर्फ सचेत रहन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा राज्य व्यवस्था समितिको बैठकले गैर नेपाली नागरिकले नागरिकता पाउन सक्ने गरि कानुन बनेको भए खारेज गर्न र नागरिकता वितरणको विद्युतीय अभिलेख राख्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो। केही दिनअघि गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता पाएका ब्यक्तिको […]

  • jalayeko-pic

    बोक्सीको आरोपमा एक महिलाको हत्या

    चितवनको माडीमा  बोक्सीको आरोपमा एक महिलाको हत्या गरिएको छ। बघौडा गाविस २ कि ४० वर्षीया ठेगानीदेवी महतोलाई स्थानीय आधा दर्जन व्यक्तिको समूहले कुटपिट गरी मट्टितेल छर्कीएर आगो लगाएपछि उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ। घटनापश्चात बघौडा क्षेत्र तनावग्रस्त रहेको छ। […]

  • prime-story-video

    This article contains a video.

  • सफा नोट

    सफा नोट

    नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक अश्वीनी कुमार ठाकुरले नेपाली नोट राष्ट्रको प्रतिष्ठा र गौरबसंग जोडिएकाले त्यसलाई सफा राख्न सबैको सहयोग आवश्यक भएको बताएका छन्। नेपालगन्जमा शुक्रवार आयोजित ‘सफा नोट नीति, जाली नोट पहिचान तथा नोटकोष संचालन’ बिषयक एक दिवसिय अन्तरक्रियामा उनले, नोटले राष्ट्रको प्रतिनिधित्व गर्ने भएकाले त्यसलाई सफा राख्न सबैको सहयोग आवश्यक भएको बताएका हुन्। […]