सरकारले सशस्त्र युद्धका बेला भएका घर जग्गा सम्बन्धी कारोवारलाई ब्यवस्थित गर्न सुझाव दिनका लागि एकीकृत माओवादी सभासद् जनार्दन शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विहिवार बसेको मन्त्रिपरिषद् बैठकले सभासद् शर्माको संयोजकत्वमा नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी मोर्चाका नेताहरु सम्मिलित कार्यदल गठन गरेको मन्त्री ह्रदयेश त्रिपाठीले जानकारी दिनुभयो।
यसैगरि बैठकले शुक्रवारदेखि बिहारमा हुने ग्लोवल समिटमा श्रम तथा यातायात मन्त्री पनि सहभागी हुने निर्णय गरेको छ। बैठकले माओवादी सेनाका लडाकुहरु मध्ये घाइते, अपाङ, महिला, सुत्केरीहरुलाई राहत उपलब्ध गराउने सम्बन्धी निर्देशिका पनि पारित गरेको छ। बैठकले बिभिन्न कर्मचारीहरुको सरुवा गर्दा कानुन बिपरित भएको भए त्यस्तो निर्णय सच्याउने निर्णय पनि गरेको छ। बैठकले शिव पौडेल हत्या प्रकरण सम्बन्धी छानबिनका लागि गठन भएको आयोगको म्याद एक महिना थप गरेको छ। हालै कुवेतमा सम्पन्न अण्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगितामा बिजयी हुने टोलीलाई नगद प्रदान गर्ने निर्णय पनि गरेको छ।










There are currently no comments on मन्त्रिपरिषद् बैठक. Perhaps you would like to add one of your own?