सद्भावना पार्टीका अध्यक्ष एव्म स्वस्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले देशमा संबिधान बनाउन नदिने षड्यन्त्र भए मधेश बिद्रोह हुने चेतावनी दिनुभएको छ। विहिवार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले मधेशलाई संघीयता चाहिएको र संघीयताका लागि नयां संबिधान जारी हुनु अपरिहार्य भएकोले संविधान बन्न नदिए मधेश विद्रोह हुने चेतावनी [...]
शान्ति र संविधानका लागि देशभरीनै विभिन्न दबाबमुलक कार्यक्रमहरु भइरहेका बेला जनकपुरका युवाहरुले विरोधको नयाँ तरिका अपनाएका छन्। संविधान बनाउन गएका नेताहरु शान्ति र संविधानलाई थांति राखी कुर्सीको खेलमा लागेको भन्दै उनीहरुले जनकपुरमा कुर्सी र्याली निकालेका हुन्। वाई वर्ल्ड नामक संस्थाको अगुवाइमा निकालिएको र्याली जनकपुरको क्याम्पस चोकबाट सुरु भई नगरका विभिन्न भागको परिक्रमा गरेको थियो।
दोलखामा सुविधा सम्पन्न चलचित्र स्टुडियो निर्माण हुने भएको छ। नेपाली समाजको सार्थक चित्र निर्देशकको अभिव्यक्ति चलचित्र’ भन्ने नाराका साथ दोलखामा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय चलचित्र कार्यशालाको समापन समारोहलाई सम्वोधन गर्दै चलचित्र विकास वोर्डका अध्यक्ष गणेश भण्डारीले यस्तो जानकारी दिनुभएको हो। उंहाले स्टुडियो निर्माणका लागि २ अर्ब रुपैया बजेट छुट्याईएको जानकारी दिनुभयो। उंहँले बोर्डले जग्गा उपलव्ध भए [...]
अफगानिस्तानका राष्ट्रपति हमिद करजाई अफगानिस्तान भइरहेको शान्ती प्रक्रियाका बारेमा छलफल गर्न पाकिस्तान प्रस्थान गरेका छन्। करजाइले पाकिस्तानमा प्रधानमन्त्री युसुफ रजा गिलानी र अन्य नेताहरुसंग भेट्ने कार्यक्रम रहेको छ। करजाई र गिलानीबीच नेटो सेनाले सार्वजनिक गरेको प्रतिवेदनमा छलफल हुने बताइएको छ। नेटो सेनाले अफगानिस्तानको विद्रोही समुह तालिवान लडाकुलाइ पाकिस्तानी सेनाको सहयोग गरेको उल्लेख गरिएको थियो। करजाई [...]
सरकारले सशस्त्र युद्धका बेला भएका घर जग्गा सम्बन्धी कारोवारलाई ब्यवस्थित गर्न सुझाव दिनका लागि एकीकृत माओवादी सभासद् जनार्दन शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विहिवार बसेको मन्त्रिपरिषद् बैठकले सभासद् शर्माको संयोजकत्वमा नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी मोर्चाका नेताहरु सम्मिलित कार्यदल गठन गरेको मन्त्री ह्रदयेश त्रिपाठीले जानकारी दिनुभयो। यसैगरि बैठकले शुक्रवारदेखि [...]
पाकिस्तानको उत्तरी वजरिस्तानमा भएको हवाइ हमलामा तालिवानी र अल कायदाका ६ लडाकुको मृत्यु भएको छ। पाकिस्तानका प्रधानमन्त्री युसुफ रजा गिलानीले हवाइ हमला नगर्न चेतावनी दिएपछि अमेरिकाको यो दोस्रो हमला हो। अमेरिकाले पाकिस्तान र अफगानिस्तानको सीमाना वजरिस्तानमा तालिवान र अल कायदाका लडाकुमाथि हवाइ हमला गर्दै आएको छ। प्रधानमन्त्री गिलानीले अमेरिकाको एकतर्फी हमला असंवैधानिक रहेको टिप्पणी गरेका [...]
जापानको क्यामरा कम्पनी ओलम्पसका पुर्व अध्यक्ष युयोशी किकुकावा सहित २ पुर्व प्रबन्धकलाइ पक्राउ गरिएको छ। ओलम्पस कम्पनीमा एक बिलियन पाउन्ड घोटला भएको कारण उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रभागले बताएको छ। पुर्व अध्यक्ष सहित उपाध्यक्ष हिसासी मोरी र अडिटर हिडीयो यामाडा पक्राउ परेका छन्। ओलम्पसले कम्पनीमा भएको घोटलामा १९ प्रबन्धकको सहभागीता रहेको बताएको छ। कम्पनीमा अध्यक्ष [...]
माओवादी द्वन्द्वका बेला १२ वर्षअघि बन्द भएको पर्वतको हुवासस्थित मिसन अस्पताल अझै सञ्चालनमा आउन सकेको छैन। अस्पताल सञ्चालनमा नआउंदा महत्वपूर्ण उपकरण बिग्रन थालेका छन् भने भवनसमेत भत्किने अवस्थामा पुगेको छ। अत्यधुनिक सेवा सुविधा र बैदेशिक जनशक्ति सहित स्थापना भएको हुवास मिसन अस्पताल २०५६ सालदेखि बन्द भएको हो। द्वन्द्वकालमा माओवादीको त्रासका कारण अमेरिकी सरकारले आफ्ना सबै [...]
राज्य पुनर्संरचना आयोगको प्रतिवेदनलाई छलफलका लागि संवैधानिक समितिमा पठाइने भएको छ। सभामुख सुवास नेम्वाङको पहलमा सिंहदरवारमा बिहिवार बसेको प्रमुख दलका सचेतकहरु र शीर्ष नेताहरुबीचको बैठकमा आयोगको प्रतिवेदन संवैधानिक समितिमा पठाउने निर्णय भएको हो। बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आयोगको प्रतिवेदन संवैधानिक समितिमा पठाउने सहमति भएको जानकारी दिनुभयो। आयोगले बुझाएको प्रतिवेदनलाई कहां र कुन समितिमा पठाउने [...]
सरकारको नेतृत्व गरिरहेको दलकै तर्फबाट सरकारद्वारा संसदमा पेश भएका विधेयकहरुको विरोध भएकोप्रति नेपाली कांग्रेस लगायत प्रतिपक्षी दलहरुले आपत्ती जनाएका छन्। नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विहिवार बसेको कांग्रेस लगायतका प्रतिपक्षी दलहरुको बैठकले संसदमा पेश भएका विधेयकहरु तत्काल पारित गर्नुपर्ने भन्दै माओवादी सभासद्हरुको विरोधको कुनै अर्थ नरहेको ठहर गरेको हो। कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले [...]