राष्ट्रपति डाक्टर रामवरण यादवले निर्धारित समय सीमा भित्रै संविधान जारी गर्ने वातावरण बनाउन प्रमुख तीन राजनीतिक दलसंग आग्रह गर्नु भएको छ। राष्ट्रपति भवन शितल निवासमा आज बिहान प्रमुख तीन दलका शीर्ष नेताहरुसंगको सामूहिक भेटमा राष्ट्रपति यादवले नयां संविधान जारी गर्ने जेठ १४ को मितिप्रति गम्भीर हुन आग्रह गर्नु भएको हो। राष्ट्रपतिसंगको भेटवार्तामा एकीकृत नेकपा माओवादी [...]
नेकपा एमालेले सिरहाका सम्पूर्ण सरकारी कार्यालय बन्द गराएको छ। शान्ति सुरक्षा लगायतका आठ सुत्रीय माग राख्दै एमालेले जिल्लाका सम्पूर्ण सरकारी कार्यालय वन्द गराएको हो। एमालेले जिल्ला प्रशासन कार्यालय घेराउको क्रममा प्रहरीसंगको झडपमा मृत्यु भएका हनुमाननगरका रामस्वरुप पासवानलाई सहिद घोषणा, जिल्लामा दुई महिना यता भएका प्रमुख तीन आपराधिक घटनाको छानविन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने [...]
खिम्ती जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत बुधवार देखि सामूहिक रिले अनसन सुरु गरेका छन्। श्रम मन्त्रालयको मध्यस्थतामा भएको वार्तामा कुनै सहमति हुन नसकेको भन्दै खिम्ती सर्भिसेज् प्रालि अन्तर्गतका मजदुरहरुले यसअघि स्थगित गरेको १२ घण्टे रिले अनशन बुधवारदेखि पुन : सुरु गरेका हुन्। बुधवारदेखि खिम्ती आयोजनाको ललितपुर झम्सिखेल र आयोजना निर्माणस्थल दोलखाको [...]
मजदुर आन्दोलनका कारण एघार दिनदेखि बन्द रहेको मकवानपुर बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल सुचारु गर्न आन्दोलनरत मजदूर र उद्योग व्यवस्थापन सहमत भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग वाणिज्य संघ हेटौंडा, विभिन्न राजनीतिक दलका स्थानीय नेता तथा सभासद्को उपस्थितिमा भएको वार्तापछि आजैदेखि उद्योग सुचारु गर्न मजदूर र व्यवस्थापन सहमत भएका हुन्। उद्योग सञ्चालन हुन दिएर [...]
रोपिन संघले ग्रीसको आर्थिक संकट समाधानका लागी आह्वान गरेको बैठक स्थगित गरेको छ। ग्रीसले बैठकका लागी आवश्यक दस्तावेज नदिएछि बैठक स्थगित गरेको युरोपियन संघले बताएको छ। ग्रीसको आर्थिक संकट समाधानका लागी युरापियन संघले केही शर्तहरु अगाडी ल्याएको थियो। शर्त पूरा भएमात्र एक सय तीस बिलियन युरो सहयोग गर्ने संघले बताएको थियो। संघले ग्रीसलाइ खर्च कटौती [...]
नेपाल–चीनबीचको एक मात्र व्यापारिक नाका तातोपानी चार दिनदेखि ठप्प छ। प्रहरीले सीमा क्षेत्रमा कडाई गरेको भन्दै स्थानीय युवा र व्यापारीहरु प्रहरी प्रशासन विरुद्ध आन्दोलनमा उत्रिएपछि तातोपानी नाकाबाट हुने सम्पूर्ण व्यापारिक कारोबार ठप्प भएको हो। सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक विश्व कार्कीले तातोपानी क्षेत्रमा हुने अवैध धन्दा र स्थानीय यूवा तथा व्यापारीको दादागिरी रोक्न कडा [...]
शान्ति प्रक्रिय र संविधान लेखनमा भएको प्रगतिका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ। सिंहदरबारस्थित संसदिय दलको कार्यालयमा बसिरहेको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको अडानका बारेमा छलफल भैरहेको संसदीय दलका प्रवक्ता नवीन्द्रराज जोशीले जानकारी दिनुभयो। जोशीका अनुसार बैठकमा राज्यःपुनसंरचना, संसदमा प्रस्तुत भएका विधेयकहरु लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।कांग्रेसले राज्य [...]
चिनियां उपराष्ट्रपति सि जिन्पिङले आफ्नो अमेरिकी भ्रमणका क्रममा चीनमा मानवअधिकारको स्थिती सन्तोषजनक रहेको भन्दै बचाउ गरेका छन्। चीनको अबको नेतृत्व जिन्पिङले सम्हाल्ने चर्चाले व्यापकता पाइरहेका बेला मानवअधिकारको स्थितीमा सुधारका निम्ति प्रशस्तै ठाउंहरु रहेको उनको भनाइ थियो। अमेरिकी राष्ट्रपति बाराक ओबामासंग व्यापार र मुद्राका विषयका अतिरिक्त सिरियाको विषयमा चीनको अडानका सन्दर्भमा पनि कुराकानी गरेका जिन्पिङले सन् २०१३ [...]
राष्ट्रिय प्रतिनिधि परिषद्को तयारीको लागि नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु भएको छ। पार्टी कार्यालय बल्खुमा जारी बैठकमा अध्यक्ष झलनाथ खनालले राष्ट्रिय प्रतिनिधि परिषद्को तयारीको लागि पेश गर्नुभएको प्रतिवेदनमाथि छलफल सुरु भएको। अध्यक्ष खनालले स्थायी समितिमा पेश गर्नुभएको प्रतिवदेनमाथि स्थायी समिति र पोलिटब्यूरो छलफल भइसकेको छ। केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदको भेलाको एजेण्डा [...]
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले जातिय आधारमा राज्यको पुनर्संरचना गरिए घातक हुने बताउनुभएको छ। पांचथरको सदरमुकाम फिदिममा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष राणाले भूगोल र सामर्थ्यको आधारमा राज्यको पुर्संरचना हुनुपर्ने र संसदीय व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो। उहांले ठूला राजनीतिक पार्टीहरुले देशलाई संघीयताको नाममा आफ्नो सिमित स्वार्थ पुर्तिका लागि जातजातिहरुलाई हतियार बनाएर देशलाई बिखण्डनको बाटोतर्फ लगेको [...]