पति हत्याप्रकरण

Written by admin. Posted in अपराध, विविध

Published on February 14, 2012 with

नेपाली समाजमा घरेलु हिंसा दिनप्रतिदिन बढिरहेका छन्। प्रहरीका एक जना बरिष्ठ अधिकृत रन्जन कोइरालाले श्रीमतिको हत्या गरेको घटना सेलाउन नपाउदै श्रीमतिले श्रीमान्को हत्या गरेको र दोषीलाई प्रहरी प्रशासनले उन्मुक्ति दिन खोजेको भन्दै पीडित परिवारजनले हारगुहार गरिरहेका छन्।

सिन्धुपाल्चोकको जलबिरेमा गत कात्तिक ११ गते भाइटीकाको दिन सात बर्ष प्रहरी सेवामा बिताएका क्षेत्रबहादुर केसीको हत्या भयो। छिमेकीहरुले केसी दम्पतीको सम्बन्ध राम्रो नभएकोले श्रीमति मीरा केसीलेनै हत्या गरेको हुनसक्ने लख काटे। प्रहरीले पनि केरकार गर्‍यो। हत्या श्रीमति मीरा केसीले नै गरेको अनुसन्धानबाट खुल्न आयो।तर अहिले प्रहरी प्रशासनले मीरा लाई उन्मुक्ति दिन खोजेको भन्दै पीडितका आफन्तहरु हार गुहार गरिरहेका छन्।

गत कात्तिक ११ गते भाइटिकाका दिन आफ्नै श्रीमतीले रक्सीमा विषाधी मिसाएर पतिको हत्या गरेको पीडितका आफन्तको आरोप छ। मृतकका आफन्तले हत्याको आरोपी मिराले सवै सम्पत्ति आफ्नो नाममा गराएर परपुरुषसंगको सम्बन्धको कारण पतिको हत्या गरेको दाबी गरेका छन्। मृतक केसी सात बर्ष प्रहरी सेवामा जागिरे थिए । उनका दुइ छोरा छन्।

facebook comments:

Leave a Comment