Articles Posted on February 9th, 2012

  • mohamadh

    राष्ट्रिय सभाका पूर्वअध्यक्ष डाक्टर मोहम्मद मोहसिनको गएराति निधन

    राष्ट्रिय सभाका पूर्वअध्यक्ष डाक्टर मोहम्मद मोहसिनको गएराति निधन भएको छ। उहांको उपचारको क्रममा गएराति वीरेन्द्र सैनिक अस्पताल छाउनीमा निधन भएको हो। काठमाडौं छाउनी घर भएका मोहसिन लामो समयदेखि प्यारालाइसिसबाट पीडित हुनुहुन्थ्यो। उहांको स्वयम्भूस्थित मुस्लिम समाधिस्थलमा मुस्लिम परम्पराअनुसार अन्त्येष्टी गरिएको छ। मोहसिन पछिल्लो समयमा शाहीकालमा सूचना तथा सञ्चारमन्त्री हुनुहुन्थ्यो।

  • maldives01

    मोहमद नासिद र पुर्व रक्षा मन्त्रीबिरुद्ध पक्राउ पूर्जी जारी

    माल्दिभ्सको अपराधक अदालतले राजीनामा दिएका राष्ट्रपति मोहमद नासिद र पुर्व रक्षा मन्त्रीबिरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। माल्दिभ्समा नासिदको राजीनामापछि भएको प्रर्दशनमा अन्तर्राष्ट्रिय समुदायले विषेश चासो दिएपछि अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गर्न लागेको बताइएको छ। नासिदको राजीनामासंगै उनका समर्थकहरुले उनलाइ फिर्ता ल्याउनुपर्ने भन्दै प्रर्दशनमा उत्रिएका छन्। अमेरिका र युरोपेली राष्ट्रहरुले प्रर्दशनका कारण माल्दिभ्सको स्वतन्त्रतामा धक्का [...]

  • nakkali-note

    नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ

    नेपाली नक्कली नोटसहित प्रहरीले जनकपुरबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेकेा छ। एक हजार रुपैंयाका ५० थान नोट सहित जनकपुर जिरोमाइलबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत मधुवनी जिल्लाका बहरु ठाकुर र मनोहर ठाकुर रहेको प्रहरीले जनाएको छ। उनीहरुले मधुवनीका अब्दुल नामको व्यक्तिले आफुहरुलाई नोट दिएको प्रहरीसमक्ष बयान दिएका छन्। प्रहरीले [...]

  • prime-story-video

    This article contains a video.

  • china-mudra

    चीनमा मुद्रास्पि्कती ४ दशमलव ५ प्रतिशतले बढे

    चीनमा मुद्रास्पि्कती ४ दशमलव ५ प्रतिशतले बढेको राष्ट्रिय तथ्यांक विभागले बताएको छ। चीनमा गत जुलाई यता पुनः मुद्रास्पि्कती बढेको बताइएको छ। अधिकारीहरुका अनुसार चीनमा २२ जनावरीदेखि २८ जनावरीसम्म मनाइने नयांवर्षको अवसरमा उपभोक्ताहरुले धेरै खर्च गरेका कारण मुद्रास्पि्कती बढेको बताएका छन्। नयां वर्षसंगै चीनको मुद्रास्पि्कती ४ दशमलव ५ प्रतिशतले बढेको छ। चीनमा नयां वर्षको खर्चलाई मध्यनजर [...]

  • managmasyandi

    मध्यमर्स्याङ्दी मर्मत

    ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको अहिले मर्मतको काम भइरहेको छ। मर्मतका क्रममा बाधस्थलमा ‘मोडलिङ’ नहुदा आबश्यकता भन्दा बढी बालुवा थिग्रिएको भेटिएको छ। बाधस्थलमा अत्याधिक बालुवा भरिएकोले वालुवाले संरचनामा धक्का दिन थालेको प्राविधिकहरुले वताएका छन्। रन अफ रिभर प्रविधिको आयोजना भएपनि पानी रहने स्थानमा बालुवा भरिएपछि यसले टर्वाइनमा असर पारेको प्राविधिकहरुले वताएका छन्। बर्षेनी सफा [...]

  • women-nepali-criket

    महिला क्रिकेट च्याम्पियनसिप अन्तर्गत सेमिफाइनल खेलमा नेपाल र भुटान

    कुवेतमा जारी एसिसी अण्डर नाइन्टीन महिला क्रिकेट च्याम्पियनसिप अन्तर्गत सेमिफाइनल खेलमा नेपाल र भुटानबीचको खेल जारी रहेको छ। केआसी यूनिटी मैदानमा भएको खेलमा टस जिते पहिले ब्याटिङमा उत्रेको भुटानको सुरुवात कमजोर रहेको छ। सन् २ हजार ८ मा पहिलो पटक नै यो प्रतियोगिताको उपाधि चुमेको नेपालले २ हजार १० मा भुटानलाई फाइनलमा ६ विकेटले पराजित [...]

  • Maldives-president

    मोहमद नासिदलाई पुनः राष्ट्रपतिकै पदमा पुनर्स्थापना गराउन हजारौं नागरिक प्रदर्शनमा उत्रिए

    माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नासिदलाई पुनः राष्ट्रपतिकै पदमा पुनर्स्थापना गराउनुपर्ने माग राख्दै हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन्। नासिदले गत मंगलबार सरकारी सेनाले असहयोग गरेको भन्दै राष्ट्रपतिको पदबाट राजीनामा दिएका थिए। माल्दिभ्सको राजधानी मालेमा नासिदका हजारौं समर्थकहरुले सुरक्षाकर्मीले सत्ता कु गरेको आलोचना गर्दै नासिदलाई राष्ट्रपति पदमा फिर्ता ल्याउनुपर्ने माग राखेका हुन्। नागरिकहरुले गरेको प्रदर्शनलाई कमजोर बनाउन [...]

  • खानेपानी

    खानेपानी

    कुनै पनि विकास निर्माणका कामका लागि सरकारको मुख ताक्ने हामीहरुको परम्परा नै रहेको छ। सरकारको मात्र मुख ताक्दा समयमै काम नभएपछि मोरङको केराबारीका वासिन्दाले आफ्नै सक्रियतामा खानेपानी आयोजना निर्माण गरेका छन्। स्थानीयवासीको ७५ प्रतिशत लगानीमा मोरङको उत्तरी गाविस केराबारीमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ। खानेपानी आयोजना सम्पन्न भएपछि केरावारीका वासिन्दाले अब शुद्ध पानी पिउन [...]

  • sushil-koirala1

    जेठ १४ भित्र संविधान निर्माण हुन नसके ताजा जनादेशमा जानुको विकल्प नभएको सुशील कोइरालाले बताए

    नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आगामी जेठ १४ भित्र संविधान निर्माण हुन नसके ताजा जनादेशमा जानुको विकल्प नभएको बताउनुभएको छ। नेपाल प्रेस युनियनले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले कांग्रेस विधिको शासन मान्ने र सर्वोच्च अदालतले समेत जेठ १४ सम्म मात्र संविधानसभाको म्याद थप्ने आदेश दिएकोले त्यस अवधिमा संविधान जारी हुन नसके चुनावमा जानुको [...]