फिलिपिन्सको निग्रोज टापुमा केन्द्र भएर गएको ६ दशमलव ७ म्याग्निच्युडको भूकम्पमा १३ जनाको मृत्यु भएको छ। जमिनको सतहभन्दा २० किलोमिटर तलबाट धक्का आएको भुकम्पबाट ७० किलोमिटर क्षेत्र प्रभावित भएको अमेरिकी जियोलोजिकल सर्वेले बताएको छ। भुकम्पबाट धेरै भवनहरु भत्किएको हुंदा सयौं नागरिक पुरिएको हुन सक्ने अनुमान गरिएको छ। भुकम्पका कारण सयौं घाइते भएका छन्। फिलिपिन्सको इन्स्टिच्युट [...]
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १४ भित्र संविधान बन्न नसक्ने भन्दै त्यसपछिको विकल्पबारे छलफल गर्न दलहरुसंग आग्रह गर्नुभएको छ। काठमाडौमा पार्टीले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष थापाले संविधानसभाको विषयमा अदालतले दिएको निर्णयलाई पुनरावलकन गर्न प्रधानमन्त्री र सभामुखको आग्रहले संविधान नबन्ने पुष्टि गरेको बताउनुभयो। सर्वोच्च अदालत गएर सभामुखले प्रजातन्त्र विरोधी कार्य गरेको [...]
इजिप्टमा नागरिकहरुले सैनिकको अन्तरिम सरकार खारेजी र राष्ट्रपतीय चुनावको माग गर्दै प्रर्दशन सुरु गरेका छन्। राष्ट्रपति चुनावको लागि मिति र उम्मेदवारको नाम घोषणा गर्न दबाब स्वरुप प्रर्दशन थालिएको हो। इजिप्टमा गत हप्ता भएको हिंसापछि नागरिक आक्रोशित भएका हुन्। पोर्ट सहरको फुटबल मैदान भएको हिंसामा ७४ जनाको मृत्यु भएको थियो। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले प्रर्दशनकारीमाथि अश्रु [...]
एकीकृत नेकपा माओवादीका प्रमृख सचेतक देव गुरुङले स्वेच्छिक अवकासमा जाने लडाकुहरुको विदाइ हुनु सकारात्मक भएको बताउनुभएको छ। हिमालय टेलिभिजनको नियमित कार्यक्रम फोकस अफ द डेमा कुराकानी गर्दै माओवादी प्रमुख सचेतक गरुङलो स्वेच्छिक अवकासमा जाने भनिसकेका लडाकुलाई लामो समयसम्म शिविरमा राख्नु उचित नभएकाले कतिपय कमजोरीका बाबजुद विदाइ सकारात्मक भएको जनाउनुभयो। गुरुङले अवकाशमा जाने लडाकुलाई सम्मान पत्र [...]
वाइसिएल कार्यकर्ताहरुले कैलालीको धनगढीस्थित आफ्नै पार्टी कार्यालयमा तालावन्दी गरेका छन्। आफूहरुलाई पार्टीले बेवास्ता गरेको र पार्टीले आफुहरुलाई प्रयोग मात्र गर्दै आएको भन्दै वाइसिएलले पार्टी कार्यालयमा तालावन्दी गरेको हो। थारुवान तथा सेती महाकाली राज्य समितिका तर्फबाट संयुक्त रुपमा जारी विज्ञप्तिमा संविधानसभाको चुनाव सफल पार्न ब्यारेकमा रहेका जनमुक्ति सेनाका कमाण्डरहरुलाई प्रमाणीकरण नहुदै बाहिर पठाएको तथा आफुहरुलाई भूमिकाविहीन [...]
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादीले समय–समयमा विभिन्न बखेडा झिकेर शान्ति र संविधानलाई टुंग्याउन नचाहेको आरोप लगाउनु भएको छ। प्रेस युनियन तेह्रथुमले सदरमुकाम म्याङलुङमा आयोजना गरेको पत्रकार भेटघाटमा सभापति कोइरालाले माओवादीले शान्ति र संविधान चाहेको हो वा होइन भन्ने स्पष्ट पार्नुपर्ने बताउनुभयो। एकीकृत माओवादी नेतृत्वको सरकारले द्वन्द्वकालिन जनसत्ताले गरेका अबैध कारोबारलाई वैधानिकता दिने [...]
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई गृहजिल्ला गोरखा जानुभएको छ। प्रधानमन्त्री भट्टराई गोरखा जिल्लाको दक्षिण पश्चिम भेगस्थित दुईवटा विद्यालयको कार्यक्रममा सहभागी हुन गोरखा जान जानुभएको हो। उँहा जनता उच्च मावि को कार्यक्रम र ठांटीपोखरीस्थित भवानी उच्च मावि को र्स्वण महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ। यसअघि पैदल मार्गबाट गोरखा जाने गर्नु भएका प्रधानमन्त्री भट्टराई आज भने हेलिकोप्टरबाट [...]
विभिन्न १० सुत्रीय माग राख्दै आमरण अनसनमा बसेका तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका नेता सुरेश पाण्डेयको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। गत मंगलबारदेखि आमरण अनसन थालेका पाण्डेयको स्वास्थ्य कमजोर बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। सदरमुकाम बाहिर रहेका कार्यालयहरु सदरमुकाम जलेश्वरमै स्थापना गर्नुपर्ने, महोत्तरी जिल्लामा लोडसेडिङको अन्त्य हुनु पर्ने र राज्यद्वारा विभिन्न प्रलोभन दिई [...]
पूर्व उर्जा मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य गोकर्ण विष्टले एकीकृत नेकपा माओवादीले देशलाई बर्बादीको दिशामा धकेल्न खोजेको आरोप लगाउनुभएको छ। राजधानीमा आयोजित सामुदायिक कम्युनिष्ट मञ्च निर्माणका लागि आयोजित भेलाको उदघाटन गर्दै विष्टले माओवादीले कानुनी शासनको खिल्ली उडाएको बताउनुभयो। शान्ति प्रक्रिया र संविधान निर्माणको कार्यमा माओवादीले शर्त राखेको बताउंदै उहांले संविधान सभाको विघटन भए देश [...]
सुदुरपश्चिमान्चलमा हुने छैटौं राष्टिृय खेलकुद प्रतियोगिताका लागि रुकुममा मध्यपश्चिमान्चल विकास क्षेत्रस्तरीय तेक्वान्दो छनौट प्रतियोगीता सुरु भएको छ। रुकुमको सदरमुकाम खलंगामा सञ्चालन भैरहेको छनौट प्रतियोगिता आगामी माघ २६ गतेसम्म चल्ने छ। पांच दिनसम्म चल्ने खेलमा विभिन्न उमेर समुहका ३ सय बढी खेलाडीहरुबीच प्रतिस्पर्धा हुने छ। मध्पश्चिमान्चल विकास क्षेत्रका महिला र पुरुषबीच हुने खेलमा प्रतियोगितामा मुगु जिल्ला [...]