Articles Posted on February 5th, 2012

  • car-inaguration

    स्क्यान कोभरी ट्रायल २०१२ नामक कार दौड प्रतियोगितामा साङ्गयोङ्ग कोरान्डो मोटर प्रथम स्थानमा

    स्क्यान कोभरी ट्रायल २०१२ नामक कार दौड प्रतियोगितामा साङ्गयोङ्ग कोरान्डो मोटरले प्रथम स्थान हासिल गरेको छ। राजधानीमा पत्रकार सम्मेलन गरि कम्पनीले विश्वको ६० वटा भन्दा बढी कार निर्माता कम्पनीहरुबीच भएको सो प्रतियोगितामा साङ्गयोङ्ग कोरान्डो मोटरले प्रथम स्थान हासिल गरेको जानकारी गरायो। हिमाली क्षेत्रमा माइनस चालिस डिग्रीको मौसममा गराइएको सात हजार किलोमिटर दौड प्रतियोगितामा सो मोटरले जित हात [...]

  • afghanisthan

    अफगानिस्तानको दक्षिणीक्षेत्रमा रहेको कान्दाहार शहरमा बम विस्फोट : सात जनाको मृत्यु

    अफगानिस्तानको दक्षिणीक्षेत्रमा रहेको कान्दाहार शहरमा भएको बम विस्फोटमा परि सात जनाको मृत्यु भएको छ। कान्दाहारमा रहेको प्रहरी मुख्याल नजिक पार्किङ गरिरहेको कार विस्फोट भएको हो। सो विस्फोटमा परि पाच जना सुरक्षाकर्मी र दुई जना सर्वसाधारणको मृत्यु भएको अन्तराष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन्। घट्नामा परि कम्तिमा १९ जना घाइते भएका छन्। घट्नाको अहिलेसम्म कसैले जिम्मेबारी लिएको छैन्। [...]

  • lekhraj-bhatta

    राज्य पुर्नसंरचना आयोगको प्रतिवेनले मन्त्रीलाई सडकमै उतार्न बाध्य

    राज्य पुर्नसंरचना आयोगको प्रतिवेनले अन्तत : सरकारकै बहालवाला मन्त्रीलाई समेत सडकमै उतार्न बाध्य बनाएको छ। बर्तमान सरकारका वाणिज्य तथा आपुर्ति मन्त्रालय सम्हालेका सेती–महाकाली राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष लेखराज भट्टले आयोगको प्रतिवेदनले सेती महाकालीका जनताको भावना समेट्न नसकेको भन्दै माघ २७ गते सुदुरपश्चिम बन्दको आहान गर्नुभएको छ। प्रतिवेदनले सेती महाकालीको इतीहाँस, संस्कृति र सामाजिक जिवनलाई नामेट [...]

  • 3--mahila-ladaku

    कार्यालय तोडफोड गरि लडाकूहरुको चेक लुट्ने प्रयास

    सुर्खेतको दशरथपुरस्थित छैठौं डिभिजनमा स्वेच्छिक अबकाशमा जाने लडाकूहरुका लागि चेक बितरण भैरहेको बेला अप्रमाणित लडाकूहरु शिविर प्रबेश गरि चेक हस्तान्तरण प्रक्रिया बिथोल्ने प्रयास गरेका छन्। अप्रमाणित लडाकूहरुले बिशेष समिति अन्तर्गतको सचिवालयबाट खटिएका कर्मचारीहरुको अस्थायी कार्यालय तोडफोड गरि चेक लुट्ने प्रयास गरेका थिए। तत्काल उनीहरुलाई नियन्त्रणमा लिइएको थियो। अप्रमाणित लडाकूहरुले तोडफोडको प्रयास गर्दा शिविरमा केहिबेर तनावपूर्ण [...]

  • nepal-telecome

    नेपाल दुरसञ्चार कम्पनीलकव आर्थिक आम्दानी उनन्तिस अर्व पचासि करोड

    नेपाल दुरसञ्चार कम्पनीले आर्थिक वर्ष २०६७/६८मा आफ्नो कुल आम्दानी उनन्तिस अर्व पचासि करोड पुर्‍याएको छ। आठौं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित समारोहवीच टेलिकमले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत आर्थिक वर्षका तुलनामा ९ दशमलब ६५ प्रतिशतले वृद्धि गरेको बताएको छ। गत आर्थिक वर्ष टेलिकमको कुल आम्दानि सत्ताइस अर्ब बाइस करोड रहेको थियो। वार्षिकोत्सवका अवसरमा टेलिकमले भिडियो कुराकानी [...]

  • sambhidhan-bhanwan

    तीन दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिए

    जारी गतिरोध अन्त्यका लागि बसेको तीन दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ। सिंहदरवारस्थित शान्ति मन्त्रलायमा बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेले जनसत्ताको बैधानिकता सम्बन्धी मन्त्रीपरिषद्को निर्णय फिर्ता हुनुपर्ने दोहोर्‍याएका थिए। एमाले अध्यक्ष झलनाथ खनालले आन्तरिक गृहकार्य गरी बुधबार पुनः बैठक बस्ने गरी बैठक सकिएको जानकारी दिनुभयो। सर्वोच्व अदालतले अन्तरिम आदेश जारी गरिसकेकाले [...]

  • ACC-U-19

    यूएई ६८ रनले पराजित : नेपाल सेमिफाइनलमा प्रवेश

    कुवेतमा जारी एसिसी अन्डर १९ महिला क्रिकेट च्याम्पियनसिप अन्तर्गत तेस्रो खेलमा यूएईलाई ६८ रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। यूनिटी मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत २५ ओभरमा ७ विकेटको क्षेतीमा १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेपालको कसिलो बलिङ सामु टिक्न नसकेको यूएईले २५ ओभरमा [...]

  • मन्त्रीको बन्द आहान

    मन्त्रीको बन्द आहान

    सरकारसंग आफ्ना माग पुरा गराउन बन्दको बाटो अपनाउने चलन पुरानो भने होइन। मुलत सरकारमा नरहेका प्रतिपक्षी दलहरुले बन्द आब्हान गर्नु नया होइन। तर सरकारकै बहालवाला मन्त्रीले आफ्ना माग पुरा गराउन बन्दकै घोषणा गरे। राजनीतिक दलभित्र तथा दलबाहिर व्यापक चर्चा परिचर्चाका साथसाथै ठुलै विरोधको सामना गनुपरेको राज्य पुर्नसंरचना आयोगको प्रतिवेनले अन्तत : सरकारकै बहालवाला मन्त्रीलाई समेत [...]

  • sushil-koirala1

    शान्ति प्रक्रिया नटुंग्याएसम्म नेपाली कांग्रेस सरकारको नेतृत्व पाएपनि सरकारमा नजाने : सुशिल कोइराला

    नेपाली कांगे्रसका सभापती सुशिल कोइरालाले शान्ति प्रक्रिया नटुंग्याएसम्म नेपाली कांग्रेस सरकारको नेतृत्व पाएपनि सरकारमा नजाने बताउनुभएको छ। तेह्रथुममा पार्टी कार्यालय उद्घाटन गर्न जाने क्रममा आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभापती कोइरालाले शान्ति प्रक्रिया नटुङ्ग्याएसम्म नेपाली कांग्रेस सरकारमा नजाने ठोकुवा गर्नुभयो। सभापति कोइरालाले नेपाली कांग्रेस पहिले शान्ति प्रक्रिया टुङ्ग्याई संविधान निर्माण गर्न लागी परेकोले सरकार [...]

  • teacher-strike

    शिक्षक आन्दोलन

    शिक्षा क्षेत्रका विभिन्न ४७ वटा माग राख्दै नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चले जिल्ला शिक्षा कार्यलय धनकुटामा धर्ना दिई रहेका छन्। विद्यालयका अस्थाइ कर्मचारी, शिक्षकहरुलाई स्थाइ दरबन्दि श्रृजना गरि स्थाइ गरिनु पर्ने लगायतका माग राख्दै जिल्ला शिक्षा कार्यलयमा धर्ना दिएका हुन्। पूर्वतयारी अनुसार काम रोक धर्ना भएको भए पनि सर्बोच्च अदालतको अन्तरीम आदेशका कारण [...]