विभिन्न शिक्षक सम्बद्ध संघ संगठनहरुले आफूले अगाडि सारेको ४७ सुत्रिय माग पुरा नभए विद्यालयका अन्तिम परिक्षा समेत हुन नदिने चेतावनी दिएका छन्। राजधानीमा आयोजित साक्षत्कार कार्यक्रममा नेपाल शिक्षक यूनियनका अध्यक्ष दिलबहादुर जोसी लगायतले विगतका सहमति कार्यान्वयन नगरेका कारण आन्दोलन गर्नु परेको भन्दै सरकारले बार्तामा बोलाउँदैमा आन्दोलन नरोकिने भन्दै बार्तासँगै आन्दोलन पनि जारी रहने स्पष्ट पारे। [...]
भारतको तामिलनाडु स्थित कडनकुलम परमाणु परियोजनामा भइरहेको बिरोधमा सरकारले ४ गैरसरकारी संस्थाको हात रहेको बताएको छ। अधिकारीहरुको अनुसार आरोपित चार गैर सरकारी संस्थाका बैंक खाता सरकारले लिएको छ। केन्द्रीय गृहसचिव आरके सिंहले दिल्लीमा पत्रकार सम्मेलन गर्दै चार गैर सरकारी संस्थाले विदेशी सहायता नियमन कानुन उल्लघंन गरेको खुलेको बताएका छन्। कडनकुलम परमाणु परियोजनामा भइरहेको प्रर्दशनमा हिजो [...]
त्रीहत्तर ग्राम खैरो ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ। आज कालीमाटी प्रहरी वृतले पत्रकार सम्मेलनको आयोजना गर्दै बरामद गरिएको ब्राउनसुगर सहित ६ जनालाई सार्वजानिक गरेको हो। कालीमाटी प्रहरी वृतबाट खटिएको विशेष टोलीले काठमाडौंको कलंकीस्थित न्यू एभरेष्ट गेष्ट हाउसबाट यही उनीहरुलाई फागुन १५ गते पक्राउ गरेको हो। उनीहरुको साथबाट विभिन्न कम्पनीका ४ [...]
अमेरिकामा राष्ट्रपति निर्वाचनको उम्मेद्वार छनोटका लागि रिपब्लिकन पार्टी भित्र मिसिगन र एरिजोनामा भएको निर्वाचनमा मिट रोम्नी अग्रस्थानमा देखिएका छन्। रिपब्लिकन पार्टीभित्र भएको उम्मेदवारी छनोटमा मिसिगनमा मिट रोम्नीले ४१ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी रिक सन्तोरुमले ३८ प्रतिशत मत प्राप्त गरेका छन्। एरिजोनामा पनि मिट रोम्नीले ४७ प्रतिशत र रिक सन्तोरुमले २७ प्रतिशत [...]
बर्तमान गठबन्धन सरकारमा सहभागी भएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आबद्ध दलका मन्त्रीहरु एक पछि अर्को गरि प्रत्यक्ष अप्रत्यक्ष रुपमा आर्थिक लेनदेनमा मुछिएका छन्। संचार माध्यमहरुले प्रिपेड घुस, ब्रान्डेड भ्रष्टाचारी जस्ता शब्दाबली प्रयोग गरिरहेका बेला एकजना राज्यमन्त्रीका निजी सहायक घुस लिंदा लिंदै पक्राउ परेका छन्। मधेशी नेता एवं मधेशी समुदायका ब्यक्तिहरुले भने यस्ता गतिबिधिलाई काठमाडौंले मधेशलाई [...]
कञ्चनपुरको कृष्णपुर २ मा मोटरसाइकल दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १३ वर्षीय पदम ऐरी, सुरेश ऐरी र १४ वर्षीय लोकेश चन्द रहेका छन्। से १ प ४८६८ नम्बरको मोटरसाइकल महेन्द्रनगर अत्तरीय सडक खण्डमा भएको दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा १४ वर्षीय गोपाल थापा रहेको प्रहरीले जनाएको छ। [...]
उपप्रधान गृह तथा रक्षामन्त्री विजयकुमार गच्छदारले प्रहरीले प्रत्येक घटानालाई चुनौतीका रुपमा लिनुपर्ने बताउनुभएको छ। त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पोष्ट ग्रयाजुट डिप्लोमा इन पुलिस लाइन्सेसको चौथो व्याचको दीक्षान्त समारोहमा बोल्दै गृह तथा रक्षामन्त्री गच्छदारले संक्रमणकालमा सुरक्षा मापदण्ड तोड्ने गरि घटना हुनसक्ने हुनाले नागरिकहरुकोबाट प्रहरी तर्फ खडा हुने सुरक्षा प्रश्नलाई स्वाभाविक मान्नुपर्ने बताउनुभयो। कार्यक्रममा चौथो व्याचका ८८ [...]
ब्राजिलको संसदले विश्वकप फुटबलको नियम संशोधनसम्बन्धी विधेयक पारित गरेको छ। संसदबाट पारित विधेयकमा विश्वकप फुटबलको दौरान स्टेडियममा बियर किनबेच गर्न पाइने उल्लेख छ। त्यस्तै, ब्राजिलका विद्यार्थीहरुले अब आधा दरमा टिकट पाउने भएका छन्। ब्राजिलमा सन् २०१४मा विश्वकप फुटबल हुदैछ। अन्तरर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले भने विश्वकपका लागि छुट्टै कानूनको आवश्यकता रहेको बताएको छ। तर, आलोचकहरुले भने [...]
राजधानीको बबरमहलमा बम विष्फोटमा परी धादिङका मानबहादुर र कृष्णबहादुर तामाङको मृत्युपछि उनीहरुको परिवार शोकमा डुबेका छन् । ऋणको चांजो मिलाउन काठमाडौं आएका उनीहरुको बबरमहलस्थित आयल निगमको कार्यालयको प्रवेशद्वारमा सोमबार दिउसो भएको बम विष्फोटमा मृत्यु भएपछि उनीहरुका परिवार बेसहारा भएका छन्। छिट्टै घर फर्कन्छु भन्दै राजधानी गएका श्रीमान् सदाका लागि नआउने गरि संसारबाट विदा भएपछि कसको [...]
नेपाली साहित्यको समृद्धिका लागि ६ बुंदे इलाम घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर र अन्तर्राष्ट्रिय साहित्य सम्मेलन समिति इलामको आयोजनामा इलाममा तीन दिनसम्म चलेको सम्मेलनले छनौट गरी नेपाली भाषाका उत्कृष्ट कृति प्रकाशन गर्ने, अनुवाद गर्ने, विभिन्न अनलाइन तथा छापा पत्रिका प्रकाशन गर्ने, गैर अवासीय नेपाली [...]