सर्वोच्च अदालतले सशस्त्र युद्वका बेला माओवादी जनसत्ताले गरेका निर्णयलाई बैधानिकता दिने प्रक्रिया तत्काल अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। यस अघि यहि माघ ५ गते प्रधानन्यायाधीस खिलराज रेग्मीकै इजलासले माघ ११ गते सम्मका लागि निर्णय कार्यान्वयन नगर्नु भन्दै सरकारका [...]
नेपालको दुई दिने भ्रमणमा आउनुभएका नर्वेका वातावरण तथा अन्तर्राष्ट्रिय विकास मन्त्री एरिक सोल्हेम उच्चस्तरीय राजनीतिक भेटवार्ता गरी स्वदेश फर्कनु भएको छ। दुई दिने नेपाल भ्रमणका लागि हिजो काठमाडौं आउनु भएका सोल्हेमले आज बिहानै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गर्नुभएको थियो। सोल्हेमले नेपालको जारी शान्ति प्रक्रिया तथा संविधान लेखनबारे जानकारी लिने क्रममा आज [...]
यमनको अबयान प्रदेशमा अल कायदा समूहमाथि भएको हवाइ हमलामा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ जना अलकायदाका नेताहरु रहेको समुहका सदस्यले बताएका छन्। अबयान प्रदेशमा गत वर्षदेखिनै इस्लामिक संगठनका समुहहरु बस्दै आएका छन्। यमनका सुरक्षाकर्मीहरुले अलकायदा इस्लामिक समुहलाई हटाउन धेरै प्रयास गरेको थियो। तीनपटकको हवाइ हमला अलकायदा विद्रोही समुह बस्ने स्थानीय विद्यालयमा भएको [...]
दूग्ध विकास संस्थानले किसानलाई राहत दिने भन्दै मंगलवार देखि लागू हुनेगरी दूधको मुल्यवृद्धि गरेको छ। संस्थानका अनुसार निलो प्याकेटको दुधमा प्रतिप्याकेट दुई र हरियो प्याकेटको दूधमा प्रतिप्याकेट तीन रुपैंयाले मुल्यवृद्धि भएको छ। मुल्यवृद्धि गरेलगत्तै अब आम उपभोक्ताले निलो दुध प्रतिप्याकेट चौवीस र हरियो दूधलाई प्रतिप्याकेट सत्ताईस रुपैंया तिर्नुपर्ने भएको छ। दूध उत्पादनमा लागत बढेका कारण [...]
बजारमा ग्यांसको अभाव भइरहंदा एउटै डिपोले १ सय २९ ग्यास सिलिन्डर लुकाइराखिएको अवस्थामा अनुगमल टोलीले भेट्टाएको छ। स्थानीयवासीको सूचनाका आधारमा अनुगमन टोलीले मनकामना डिपोमा छापा मारेको हो। सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएपछि ग्यांस, पेट्रोल र डिजेल सहजै पाउने आशा गरेका थिए, उपभोक्ताले। तर मुल्यवृद्धि भएको दुई हप्ता सकिनै लाग्दा समेत बजारमा सहज आपूर्ती हुन सकेको [...]
रातो पासपोर्ट दुरुपयोगको अभियोग लागेका सभासद् नारदमुनी रानाले संसद सचिवालय, परराष्ट्र मन्त्रालय र प्रहरी प्रशासनले किर्ते काम गरि आफुलाई फसाएको दाबी गर्नुभएको छ। सभासद् रानाले राजधानीमा पत्रकार सम्मेलन गरि संसद सचिवालयमा आफुले पासपोर्ट हराएकोले अर्को पासपोर्टका लागि कुनै निवेदन नदिएको तर संसद सचिवालयले परराष्ट्लाई पत्र लेखेर संसद सचिवालय, परराष्ट्र मन्त्रालय र प्रहरी प्रशासन मिलेर झुठो [...]
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले कानुन र संविधान अनुसार काम नगर्ने सरकारले प्रेसलाई कुण्ठित गर्ने काम गरेको बताउनुभएको छ। कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खनालले असंवैधानिक र कानुन विपरीत काम गर्ने सरकारले जनतामा सूचना जानबाट रोक्न प्रेसलाई कुण्ठित गरेको आरोप लगाउनुभयो। उंहाले नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताका लागि सुरु गरेको आन्दोलनमा एमालेको समर्थन रहेकोसमेत [...]
सहारा क्लब पोखराको आयोजनामा मंगलबार देखि सुरु भएको १० औं आहा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लवलाई एक शुन्यले पराजित गर्दै आयोजक सहारा क्लब पोखराले सुखद सुरुवात गरेको छ। पोखरा रंगशालामा भएको पहिलो खेलमा सहारा क्लबले धरान फुटबल क्लबलाई १–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो। सहाराको जितमा इमानुयल अग्बानेले निर्णायक [...]
अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाकिस्तानका विद्रोही समूहलाई लक्षित गरी हवाइ हमला गरिएको स्वीकार गरेका छन्। पाकिस्तानमा अमेरिकी सेनाले पटक पटक हवाइ हमला गरेपनि ओबामाले पहिलो पटक हवाइ हमलाका बारेमा प्रतिक्रिया सार्वजनिक गरेका हुन्। ओबामाले सुनियोजितरुपमा विद्रोहीहरुमाथि आक्रमण गर्ने उद्देश्यका साथ हवाइ हमला गरिएको बताए। पाकिस्तान र अफगानी सीमाना नजिकै अल कायदा र तालिवान विद्रोही समुह [...]