Articles Posted on November 30th, 2011

  • netaharu

    संविधान निर्माणको कार्यले पूर्णता पाउने नेताहरुको भनाई

    थपिएको संविधान सभाको म्यादभित्रै शान्ति प्रक्रिया र संविधान निर्माणको कार्यले पूर्णता पाउने नेताहरुले बताएका छन्। आज राजधानीमा आयोजित साक्षात्कारमा नेकपा एमालेका सचिव शकंर पोखरलले सात बुंदे सहमति अनुसार एकीकृत नेकपा माओवादीले तीन वटा सहमति अझै कार्यान्वय नगरेको बताउनुभयो। थपिएकै समय सीमा भित्र संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल [...]

  • vaidhya

    जनताले उठाएको क्रान्तिको झण्डालाई कुनै पनि हालतमा झुक्न नदिने : मोहन वैद्य

    एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले जनताले उठाएको क्रान्तिको झण्डालाई कुनै पनि हालतमा झुक्न नदिने बताउनुभएको छ। आज काठमाण्डौमा शोभा दुलालद्धारा लिखित ज्वालामुखि फुटेपछि कविता संग्रहको सार्वजनिक गर्दै उपाध्यक्ष वैद्यले परिवर्तनप्रतिको चाहना पुरा हुन नसके जनतामा जान सकिने बताउनुभयो। आफ्नै पार्टीका नेताहरु प्रति लक्षित गर्दे उहाले सत्तामा पुगेपछि दर्शन,विचार र सिद्धान्त विर्सने गरेको [...]

  • sadak-nirman

    सडक निर्माणमा अनुगमन

    काठमाडौं उपत्यकाका सडकहरुको अवश्थाका बारेमा तपाई हामी जानकारनै छौं। सडकको अवश्थालाई हेरेर विभिन्न समयमा निर्माण कार्यपनि तिव्र रुपमा अगाडि बढ्दै आइरहेको छ तर बनेका सडकहरु केहि समयमानै पहिलेकै अवश्थामा आउनुको कारण खोज्दैछ  सडक दुरावस्था छानविन समिति। काठमाडौं नौबिसे सडकखण्ड अधिकांश नेपालीहरुले यात्राका क्रममा प्रयोग गर्दै आइरहेको सडक हो। त्रिभुवन राजमार्ग अन्तर्गत पर्ने यो सडकखण्डको अवश्थाका [...]

  • london-1-day-strike

    बेलायतमा पेन्सन सुधारका विरोधमा एक दिने हड्ताल

    बेलायतमा सरकारले पेन्सन सुधारका लागि अघि सारेको प्रस्तावको विरोधमा सार्वजनिक क्षेत्रका २० लाख कर्मचारीको एक दिने हड्ताल शुरु भएको छ। हड्तालका कारण विद्यालय, अस्पताल, विमानस्थल, बन्दरगाह र सरकारी कार्यालय बन्द भएका छन्। बेलायतभर १ हजार भन्दा बढी प्रदर्शन हुने अपेक्षा गरिएको छ। हड्तालको कारण अस्पतालले अत्यावश्यक बाहेकका सबै शल्यक्रियालाई रोकेको छ। एक तिहाइभन्दा बढी विद्यालय [...]

  • Rautahat_district_location

    वसपार्क अभाव

    वसपार्क नहुंदा रौतहटको गौरमा सवारीसाधन सडकमा पार्किङ गर्ने क्रम वढेको छ। सडकमै पार्किङ्ग गरेर यात्रु चढाउने र ओराल्ने गरेका कारण सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ। सदरमुकाम गौरबाट दैनिक तीन दर्जन भन्दा बढी लामो तथा छोटो दुरीका यात्रुवाहक बस छुट्ने गरेको भएपनि सम्बन्धित निकायको लापरवाहीले बसपार्क निमार्ण हुन नसकेको नगरवासीले गुनासो गरेका छन्। सडकमा सवारीसाधन [...]

  • accident-sig

    ट्रकको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु

    धनुषाको ढल्केवरमा पूर्वबाट पश्चिम गइरहेको ट्रकको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।  ना ३ ख पच्पन्न एघार नम्बरको ट्रकको ठक्करबाट आठ वर्षिया रीमा लामा, सीमा घिसिङ र पच्पन्न वर्षिय अष्टबहादुर श्रेष्ठको मृत्यु भएको हो। लामाको उपचारका क्रममा र श्रेष्ठ र घिसिङ्को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकको [...]

  • gi-bi-sa-chappa

    जिविसमा छापा

    राष्ट्रिय सतर्कता केन्द्रले काठमाण्डौं जिल्ला विकास समितिमा छापा मार्दै सडक निर्माणसंग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएको छ। काठमाण्डौंका विभिन्न स्थानमा भएको सडक निर्माणका क्रममा अनियमितता तथा प्रक्रिया पूरा नभएको गुनासो र उजुरी आएपछि छापा मारेको हो। केन्द्रले जिविस कार्यालयको लेखा शाखामा छापा मारेर निर्माणसंग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएको हो। प्रमाण नष्ट हुने आशंकामा केही कागजातलाई सिलबन्दी [...]

  • dai-sahitya

    लमजुङको रम्घामा दाई साहित्य कार्यक्रम सम्पन्न

    हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङको आयोजनामा लमजुङको रम्घामा दाई साहित्य कार्यक्रम सम्पन्न भएको छ। नेपाली साहित्यको श्रीबृद्धि र साहित्यमा नया प्रयोग गर्ने तथा नया पुस्तालाई साहित्य लेखनतर्फ प्रोत्साहित गर्ने उद्देश्यले हिमालचुली कला साहित्य प्रतिष्ठानले विगतका बर्षहरुको निरन्तरता स्वरुप दाई साहित्यको आयोजना गरेको हो। जिल्ला कृषि विकास कार्यालय लमजुङको सहयोग तथा स्थानीय शान्ति आमा समूहको संयोजनमा [...]

  • nepal-football

    साफ फुटबल च्याम्पियन्सीपमा सहभागी हुन नेपाली फुटबल टोली नयां दिल्ली प्रस्थान

    आउँदो शनिबारदेखि भारतको नयां दिल्लीमा हुने साफ फुटबल च्याम्पियन्सीपमा सहभागी हुन नेपाली फुटबल टोली आज नयां दिल्ली प्रस्थान गरेको छ। मंसिर सोह्र गतेदेखि सुरु भएर पच्चीस गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालसहित भारत, माल्दिप्स, भुटान, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका सहभागी हुनेछन्। समुह क मा रहेको नेपालले आफ्नो समुह चरणको खेलमा आउंदो शनिबार माल्दिभ्सको सामना गर्नेछ [...]

  • prachanda-and-bhattarai

    प्रधानमन्त्री र प्रचण्ड लडाकुहरुका गुनासो सुन्न र समस्या बुझ्न पाँचौ र सातौं डिभिजन जादैं

    प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लडाकुहरुका गुनासो सुन्न र समस्या बुझ्न पाचौ र सातौं डिभिजन जादैं हुनुहुन्छ। कैलालीको तालबन्दमा रहेको सातौं डिभिजन र रोल्पाको दहबनस्थित पाचौं डिभिजनमा माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री भट्टराईले लडाकुहरुसंग प्रत्यक्ष कुराकानी गरी उनीहरुका असन्तुष्टि, गुनासा र सुझाव सुन्ने कार्यक्रम छ। लडाकु वर्गीकरणको [...]