विभिन्न मागहरुको सुनावाई नभएको भन्दै राष्ट्रिय ख्रीष्टिएन महासंघ नेपालले आज राष्ट्रपति डाक्टर रामवरण यादवलाई ज्ञापन पत्र बुझाएको छ। सरकारसंग विभिन्न समयमा गरिएका सहमतिहरु सरकारका तर्फबाट कार्यान्वयन नभएको भन्दै महासंघले राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको हो। यसअघि अन्तिम संस्कारका लागि समाधिस्थलको उचित व्यवस्था गर्न २०६८ साल बैशाख १८ गते एक सर्वपक्षिय उच्चस्तरिय समिति गठन गर्न सरकार तयार [...]
चीनले उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको हवाई आक्रमणमा पाकिस्तानी सैनिक मारिएको घटनाप्रति चिन्ता व्यक्त गर्दै पाकिस्तानको स्वतन्त्रता, सम्प्रभुता र एकताको सम्मान हुनुपर्ने बताएको छ। विकसित घटनाक्रमको बारेमा पाकिस्तानी विदेशमन्त्री हिना रब्बानी खर र चिनिया विदेशमन्त्री याङ जिइचीबीच भएको फोनवार्तामा बेइजिङले त्यस्तो विचार व्यक्त गरेको हो। चीनले आक्रमणको गम्भीर र विस्तृत रुपमा छानविन गरिनुपर्ने समेत माग [...]
आज नोभेम्बर उन्नतीस्। अन्तराष्ट्रिय महिला मानव अधिकार रक्षक दिवस, विश्वभरनै विभिन्न कार्यक्रमको आयोजना गरि मनाइंदैछ। नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाइंदैछ। राजधानिमा आज महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले दिवसको अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो। माइती घरबाट सुरु भएको सो प्रभातफेरी बानेश्वरमा आएर कोणसभा परिणत भएको थियो। र्यालीमा सहभागीले नयां संविधानको [...]
सन २००९ मा नेपालमा पहिलो पटक देखा परेको बर्डफ्लु पहिलोपटक राजधानीमै भेटिएको छ। सरकाले नेपाललाई बर्डफ्लु मुक्तदेश घोषणा गरेको केही महिना नबित्दै काठमाडौं र भक्तपुरको सीमानामा रहेको सुकुम्बासी बस्तीमा बर्डफ्लु भेटिएको हो। सरकारले नेपाललाई बर्डफ्लु मुक्त राष्ट्र घोषणा गरेको केहि दिन नबित्दै राजधानीमै बर्डफ्लु भेटिएको छ। काठमाडौं र भक्तपुरको सिमाना रहेको सुकुम्वासी वस्तिमा स्थानीयवासिन्दाहरुले पालेको [...]
सोलुखुम्बुको लोबुचेबाट लुक्लातर्फ जांदै गरेको फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको छ। ट्रेकिङ गएका विदेशी नागरिक अस्वस्थ भएपछि उद्धार गरि फर्कने क्रममा नाइन एनएआईके हेलिकप्टर दर्घटनामा परेको हो। हेलिकप्टर उडान गरेको केही समयमा अनियन्त्रित भएपछि आकस्मिक अवतरण गरिएको थियो। फेरि केही समयपछि उडान गर्दा बीस मिटर पर पुगेपछि दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ। हेलिकप्टरमा रहेका चालक [...]
नेपालको अन्तरिम संविधान दुई हजार त्रिसठ्ठीको एघारौं पटक संशोधन भएको छ। मंगलवार बसेको व्यवस्थापिका संसदको बैठकले संविधानको एघारौं संशोधन गरेको हो। संविधान संशोधनसंगै संविधानसभाको म्याद छ महिना थपिएको छ। सो अनुसार, संविधानसभाको म्याद दुई हजार उन्सत्तरी जेठ १४ गतेसम्म कायम भएको छ। व्यवस्थापिका संसदको बैठकमा संविधान संशोधन प्रस्ताव निणयार्थ पेश भएपछि मत विभाजन गरिएको थियो। [...]
आज अन्ठाउन्नौं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस। नेपालमा विविध कार्यक्रमका साथ यो दिवस मनाइदैछ। एक्काइसौं शताव्दीको चाहना, क्षयरोग मुक्त समाजको परिकल्पना भन्ने मूल नाराका साथ आज बिहान भक्तपुरमा र्याली समेत आयोजना भएको थियो। नेपालमा क्षयरोग विरुद्ध जनचेतना जगाउने र यसको उपचारात्मक सेवामा सहयोग पुर्याउने उद्देश्यले विक्रम सवत्ं २०१० सालमा नेपाल क्षयरोग निवारण संस्थाको स्थापना भएसंगै यो [...]
आज बस्ने ब्यवस्थापिका संसदको बैठकमा संविधानसभाको म्याद थपका लागि बाटो खुला गर्न अन्तरिम संविधान–२०६३ को एघारौं संशोधन विधेयक निर्णयार्थ प्रस्तुत हुने भएको छ। त्यसका लागि संसद् बैठक आज अपरान्ह साढे तीन बजे बस्ने भएको छ। सरकारकातर्फबाट उर्जामन्त्री पोष्टबहादुर बोगटीले प्रस्तुत गर्नुभएको अन्तरिम संविधानको एघारौं संशोधन प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव उपर सैद्धान्तिक छलफल यसअघि नै [...]
संयुक्त राष्ट्र संघले सिरियामा भएको सरकारविरोधी प्रदर्शनका क्रममा सुरक्षाबलद्वारा मानवता विरोधी अपराध भएको आरोप लगाएको छ। राष्ट्र संघको एक रिपोर्टमा प्रदर्शनको समयमा सरकारी सुरक्षाबलले बालकहरुको हत्या गर्नुका साथै यातना र यौन शोषण समेत गरेको आरोप लगाइएको छ। सिरियामा मानवअधिकारबारे अध्ययन गरेको तीन सदस्यीय राष्ट्र संघको टोलीले जेनेभामा पत्रकार सम्मेलन गर्दै ३९ पृष्ठको रिपोर्ट सार्वजनिक गर्दै [...]
आज मार्ग शुल्क पक्ष पञ्चमी तिथी अर्थात विवाह पञ्चमी। राम र जानकीको स्वयंवर भएको जनविश्वासका आधारमा आजको दिनलाई विवाह पञ्चमीका रुपमा मनाउने गरिन्छ।आज जनकपुरको रामजानकी मन्दिरमा समेत विशेष मेला लागिरेहको छ। मेला भर्न नेपालका विभिन्न स्थानबाट तथा भारतबाट समेत श्रद्धालुहरु आएका छन्। महोत्सवमा सहभागी हुन उपराष्ट्रपति परमानन्द झा हिजै जनकपुर पुगिसक्नुभएको छ। उपराष्ट्रपति झा आज [...]