Articles Posted on November 22nd, 2011

  • norway-prince-hakwon

    प्राकृतिक रुपमा नेपाल सुन्दर भएको नर्वेका राजकुमार हाकोन मग्नुस बताउनुभयो

    नेपाल भ्रमणमा रहनु भएका नर्वेका राजकुमार हाकोन मग्नुसले प्राकृतिक रुपमा नेपाल सुन्दर भएको बताउनुभएको छ। नेपालगन्जमा आजदेखि सुरु भएको लघु उद्यमी प्रदर्शनी तथा व्यापार मेलाको अवलोकनपछि पत्रकारहरुसंग कुरा गर्दै राजकुमार हाकोनले  विकास निर्माण, संघीयता र समावेशीकरणमा जोड दिनुभयो। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीका प्रशासक हेलेन क्लर्कले नेपालमा युएनडिपीको सहयोगमा लघु उद्यमको क्षेत्रमा उल्लेखनीय काम भएको [...]

  • gagan-thapa1

    शान्ति प्रक्रिया टुंग्याउने सवालमा कांग्रेस अझ लचकदार हुन तयार : गगन थापा

    नेपाली काँग्रेसका नेता गगन थापाले समायोजनमा जाने माओवादी लडाकुहरुको संख्या बढ्दै गए संख्यामा पनि लचक हुनुपर्ने बताउनुभएको छ। नेपाल प्रेस युनियन रुपन्देहीको बुटवलमा सम्पन्न वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रममा नेता थापाले शान्ति प्रक्रिया टुंग्याउने सवालमा कांग्रेस अझ लचकदार हुन तयार रहेको वताउनुभयो। उँहाले शान्ति प्रक्रियासंग जोडिएका सवालहरु छिटो टुंग्याउदै माओवादीलाई हतियारबिहीन पार्टीका रुपमा उभ्याउन चाहेको [...]

  • united-mission-to-nepal

    काठमाडौंको थापाथली हाइटमा रहेको युनाइटेड मिसन टु नेपालको कार्यालय भवन बाहिर बम बिष्फोट

    काठमाडौंको थापाथली हाइटमा रहेको युनाइटेड मिसन टु नेपालको कार्यालय भवन बाहिर आज बम बिष्फोट गराइएको छ।  बम विष्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन। प्रहरीले मोटरसाइकलमा आएका दुई जनाले बम बिष्फोट गराएको हुनसक्ने आशंका गरेको छ। उक्त क्षेत्र आवास क्षेत्र हो। बिष्फोटन भएको क्षेत्रमै अर्को एक शंकास्पद वस्तु फेला परेको छ। प्रहरीले सो क्षेत्रको [...]

  • dhan-bridhi

    धान उत्पादनमा बृद्धि

    किसानले गाई भैंसीलाई खुवाउने ढुटोको मुल्यमा धान बेच्नु पर्ने भएपछि काभ्रेली किसान चिन्तित भएका छन्। समयमा बर्षा भएका कारण यसबर्ष धान उत्पादनमा बृद्धि भएपनि काभ्रेमा धानले उचित मुल्य नपाउदा किसान चिन्तित वनेका हुन्। धानको बिउ, रसायनिक मल लगायतका आवश्यक सामाग्री किन्ने समयमा ब्यापारीको मनोमानी ढंगको मुल्य तिर्नुपर्ने तर धानको मूल्य कम हुदा किसान चिन्तित वनेका [...]

  • mahasang-abhiyan

    मध्य र सुदुरपश्चिमबाट आर्थिक सामाजिक विकासको थालनी गर्ने अभियान शुरु

    नेपाल उद्योग वाणिज्य महासंघले मध्य र सुदुरपश्चिमवाट आर्थिक सामाजिक विकासको थालनी गर्ने अभियान शुरु गर्ने भएको छ।  त्यसका लागि महासंघले नर्वे र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपी समक्ष औपचारिक प्रस्ताव गरेको छ। पश्चिम क्षेत्रको भ्रमणको क्रममा मंगलवार नेपालगन्ज पुग्नु भएका नर्वेका युवराज राजकुमार ह्याकोन एवं संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका प्रमुख प्रशासक हेलेन र्क्लाकसंग [...]

  • 100-Years-Chevrolet-Logo

    अन्तराष्ट्रिय गाडी कम्पनी सेभ्रोलेटको आफ्नो सयौं बर्ष पूरा

    विश्वका विभिन्न मुलुकमा सुविधायुक्त गाडी विक्रि वितरण गर्दै आएको अन्तराष्ट्रिय गाडी कम्पनी सेभ्रोलेटले आजबाट आफ्नो सयौं बर्ष पूरा गरेको छ।  आज राजधानीमा एक कार्यक्रमको आयोजना गदै उक्त जानकारी दिएको हो। कम्पनीले सयौ बर्ष पार गरेका उपलक्ष्यमा नेपाल लगायत विभिन्न मुलुकमा विभिन्न थप अवसरसहित शन्देशमुलक कार्यक्रम गर्ने जनाएको छ। सन् उन्नाइस सय एघार मा लोयूस सेभ्रोलेट [...]

  • can-criket

    नेपाल क्रिकेट संघद्धारा १४ जना खेलाडीको नाम सार्वजनिक

    मंसिर १७ गतेदेखि काठमाडौंमा हुने एसिसी टि ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले अन्तिम १४ जना खेलाडीको नाम सार्वजनिक गरेको छ। क्यानले सार्वजनिक गरेको नामावली टिम कप्तानको जिम्मेवारी पारश खड्कालाई दिइएको छ भने उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन्।  शनिबारदेखि हुने प्रतियोगितामा समुह बी मा रहेको नेपालले पहिलो खेलमा हङकङको सामना गर्नेछ। १४ जना [...]

  • dharna-program

    समितिको कार्यालय अगाडि धर्ना

    भूमिगत जलस्रोत विकास समितिमा कार्यरत अस्थायी, करार तथा मासिक ज्यालादारीका कर्मचारी स्थायी हुनुपर्ने माग राखी आन्दोलनमा उत्रिएका छन्। पहिलो चरणको आन्दोलन अन्तरगत कर्मचारीहरुले आज समितिको कार्यालय अगाडि धर्ना दिएका छन्। उनीहरुले सम्पूर्ण अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई तत्काल स्वतः स्थायी गर्नुपर्ने, सामुदायिक भूमिगत जल सिंचाइ सेक्टर आयोजनाका कर्मचारीहरुलाई समितिको दरबन्दीमा समायोजन गर्नुपर्ने लगायतका तीन बुंदे [...]

  • bal-balika-1

    दाङमा अझै बालिकाहरु अर्काको घरमा कम्लरी बस्न बाध्य

    दाङलाई कम्लरी मुक्त जिल्ला घोषणा गरिएपनि जिल्लामा अझै एक सयको हाराहारीमा बालिकाहरु अर्काको घरमा कम्लरी बस्न बाध्य भएको एक तथ्यांकले देखाएको छ।  विशेषगरी दाङ, बांके, बर्दिया, कैलाली र कञ्चनपुरका एघार हजार कम्लरी बालिकामध्ये दश हजार बालिका विभिन्न समयमा मुक्त भई शिक्षा र आयआर्जनको क्षेत्रमा संलग्न भएपनि यी जिल्लामा अझै एक हजारको संख्यामा कमलरी बालिका अर्काको [...]

  • narayan-kaji-shrestha

    नारायणकाजी श्रेष्ठ चीन प्रस्थान

    चिनीया प्रधानमन्त्री वेन जियाबाओको आगामी महिना हुने नेपाल भ्रमणको तयारीका लागि उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन प्रस्थान गर्नुभएको छ। चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री श्रेष्ठले दुई देशको सम्बन्ध विस्तार एवम् चिनीया लगानी नेपाल भित्र्याउने विषयमा भ्रमण केन्द्रित हुने बताउनुभयो। भ्रमणका क्रममा सय मेगावाटको बुढीगण्डकी र चारसय छपन्न मेगावाटको [...]