Articles Posted on November 20th, 2011

  • korean

    राष्ट्रिय लिग खेल्न दुई कोरियाली फुटबल खेलाडी नेपाल आउने

    नेपालको ए डिभिजन फुटबल क्लव हिमालयन शेर्पा क्लवबाट राष्ट्रिय लिग खेल्नका लागि दुई कोरियाली फुटबल खेलाडी नेपाल आउने भएका छन्।  दक्षिण कोरियाको क्लिन स्पोर्टस् क्लवले आफ्ना दुई खेलाडीलाई सित्तैमा नेपाल पठाउने भएको हो। राजधानीमा आज आयोजना गरिएको एक कार्यक्रममा क्लिन स्पोर्टस् क्लवका अध्यक्ष त्रकयाक क्वाक र हिमालयन शेर्पा क्लवका अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच दुई कोरियाली [...]

  • sports-politics

    राष्ट्रिय खेलकुद परिषदको लेटर प्याड दुरुपयोग

    राष्ट्रिय खेलकुद परिषदको लेटर प्याड दुरुपयोग तथा आफ्नो किर्ते हस्ताक्षर गरी खेलाडीलाई विदेश पठाउन लागेका बेसबल संघका उपाध्यक्ष अच्युत खनालविरुद्ध मुद्दा दायर गर्न परिषद्का सदस्य सचिव युवराज लामा आफैं प्रहरी परिसर हनुमान ढोका पुगेका छन्।  खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्को अपमान हुने गरी खनालले काम गरेको भन्दै परिषद्ले खनालविरुद्ध एकसातादेखि मुद्दा दर्ता गर्ने तयारी [...]

  • Sunsari_district_location

    बजेट अभावका कारण धरान रंगशाला अलपत्र

    सुनसरीको धरानमा निर्माणाधीन धरान रंगशाला बजेट अभावका कारण अलपत्र परेको छ।  पुनर्निर्माण कार्य सुरु गरेपनि आवश्यक रकम समयमै निकासा हुन नसक्दा रङ्गशालाको काम रोकिएको हो। युवा तथा खेलकुद मन्त्रालयले २३ लाख रुपैयां र धरान नागरपालिकाको १५ लाखमा रङ्गशालामा माटो भर्ने काम भए पनि अन्य काम बजेट अभावमा रोकिएको हो। पुर्वाञ्चलमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको फुटबल [...]

  • china-chemical-explode

    पूर्वी चीनको एउटा आणविक भट्टीमा विष्फोट : १४ को मृत्यु

    पूर्वी चीनको एउटा आणविक भट्टीमा भएको विष्फोटमा १४ जनाको मृत्यु भएको छ। विष्फोटनमा  ५ जना घाइते भएका छन्। चीनको शैनडोङ् प्रान्तस्थित आणविक भट्टीमा मर्मत कार्य भैरहेको अवस्थामा विष्फोट भएको हो। समाचारमाध्यमका अनुसार गत सेप्टेम्बरमा पूर्वी चीनको एउटा आणविक भट्टीमा भएको विष्फोटमा परी ३ जनको मृत्यु भएको थियो। गत हप्तामात्रै चीनको युन्नास्थित एउटा कोइलाखानीमा विष्फोट हुंदा [...]

  • yadav

    राज्य पुनसंर्रचना र संघीयताका विरुद्व षड्यन्त्र : उपेन्द्र यादवको भनाई

    मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो समयमा राज्य पुनसंर्रचना र संघीयताका विरुद्व षड्यन्त्र सुरु भएको वताउनु भएको छ। बुटवलमा आज आयोजित साक्षात्कारमा अध्यक्ष यादवले मधेश र पहाडका जनजातिले पहिचान सहितको संघीयताको आवाज उठाएकाले ठूला दलले उनीहरुको मागको उपेक्षा गर्दै राज्य पुनसंर्रचनाका लागि आयोग गठन गर्नु त्यसैको संकेत भएको दावी गर्नु भयो। उहाले यस [...]

  • htv-blood-donation

    हिमालय टेलिभिजनले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

    हिमालय टेलिभिजनले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरर्गत आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा टेलिभिजनका करिब दुई सय कर्मचारीको सहभागिता रहेको थियो। रक्तदान जीवनदान भन्ने मूल नाराका साथ सञ्चालन गरिएको रक्तदान कार्यक्रममा कर्मचारीहरुको उत्साहजनक सहभागिता रहेको थियो। टेलिभिजन प्रसारणको एक वर्ष पूरा भएको अवसरमा हिमालय टेलिभिजनले मंसिर एक गतेबाट सप्ताहव्यापी विभिन्न कार्यक्रमको [...]

  • Kailali_district_location

    अपांग लडाकु

    कैलालीको तालवन्दस्थित माओवादी लडाकु रहेको सातौ डिभिजनमा आज विहानदेखि लडाकु पुनवर्गिकरण कार्य शुरु भएको छ। लडाकु पुनवर्गिकरण कार्य आजदेखि शुरु भएपनि डिभिजनमा रहेका घाइते तथा अपांग लाडकुहरुले भने आफुहरु पुनवर्गिकरण प्रक्रियामा सहभागी नुहने वताएका छन्। सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका कैलालीको तालवन्दस्थित सातौ डिभिजनमा रहेका लडाकुहरुले सात दिनसम्म पुनःवर्गीकरणमा सहभागी नहुने बताएका हुन्। आफूहरुले शान्ति [...]

  • Dang_district_location

    दहवनका महिला लडाकु घर फर्किने सोचमा

    ५ वर्षदेखि रोल्पाको दहवन शिविरमा रहँदै आएकी दाङकी बिन्दु केसी अब घर फर्किने सोचमा छिन्। लडाकु जिन्दगी बिताएर उनी आफ्नो काखको बच्चा लिएर घर फर्किने विचार गरेकी छिन्। उनले यसअघि आफुहरुले देश र जनताको सेवामा धेरै गरेको तर अब सरकारले आफू जस्तालाई उचित सम्मान गर्नुपर्ने बताइन्। उनी मात्र होइन दहवन शिविर अर्न्तगतमा रहेका सहायक शिविरका [...]

  • लुटेराको समुहले लाखौं रुपैयाको धनमाल लुटे

    लुटेराको समुहले लाखौं रुपैयाको धनमाल लुटे

    तनहुको जामुने गुणादीस्थित हाईवे रेष्टुरेन्टका सन्चालक प्रमोद खनालको घरबाट लुटेराको समुहले गएराति लाखौं रुपैयाको धनमाल लुटेको छ।  मध्यराति हतियारसहित आएका ४ जनाको समुहले खनाललाई बाधेर अन्य सदस्यलाई नशालु पदार्थ सुंघाई घरबाट ३४ तोला सुन र नगद ९० हजार रुपैया लुटेर लगेको प्रहरीले जनाएको छ। घटना भएको सुचना विहान ३ बजेमात्र प्रहरीले पाएकेा थियो। घटनापछि प्रहरीले [...]

  • health-sibir

    सत्य साईबाबाको जन्मोत्सवको अवसर पनौतीमा निःशुल्क स्वास्थ शिविर

    सत्य साईबाबाको जन्मोत्सवको अवसर पारेर काभ्रेको पनौतीमा निःशुल्क स्वास्थ शिविरको आयोजना गरिएको छ। सत्यसाई संगठन नेपालको आयोजना एवं शहिद मेमोरियल अस्पताल कलंकी, रेयुकाई आंखा अस्पताल बनेपाको संयोजनमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो। स्वास्थ्य शिविरमा ६ सय भन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको थियो। शिविरमा काभ्रेको पनौती नगरपालिकाको साथै ढुङखर्क, रोशी, भुमिडाडा, बनेपा, मल्पी, सुन्थान लगायतको स्थानबाट [...]