सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री गोपाल किरांतीले एघार वटा संघीय राज्य उपयुक्त हुने बताउनुभएको छ। हिमालय टेलिभिजनसंग कुरा गर्दै मन्त्री गोपाल किरांतीले जातीय, भाषिक, क्षेत्रीय र ऐतिहासिक महत्वका आधारमा प्रदेशहरु निर्माण गर्नुपर्ने बताउंदै सोही अनुरुप आफूले एघार वटा राज्य हुनुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको उहांको भनाइ थियो। मन्त्री किरांतीद्वारा प्रस्तावित संघीय राज्यहरुमा [...]
पाल्पामा रहेर बिभिन्न क्षेत्रबाट सामाजिक कार्य गरे बापत तीन जनालाई सम्मान गरिएको छ। जिल्लालाई कार्यक्षेत्र बनाएर लामो समय समाजसेवा गर्ने तीनजनालाई हरेक वर्ष यो पुरस्कारवाट पुरस्कृत गर्ने गरिन्छ। सम्मानित हुनेमा कालीदास श्रेष्ठ, पुर्णमाया महर्जन र लक्ष्मी ज्ञवाली छन्। श्रेष्ठलाई शिक्षा क्षेत्रमा योगदान पुर्याए वापत सम्मान गरिएको हो भने महर्जन पाल्पाली ढाका कपडा उद्योगकी संस्थापिका हुन्। [...]
हिमालय टेलिभिजनले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा काठमाडौंको नयां बानेश्वर चोकमा १ घण्टा ट्राफिक जनचेतना कार्यक्रमको आयोजना गरेको छ। सामाजिक उत्तरदायित्व र जिम्मेवारी महसुस गर्दै हिमालय टेलिभिजनले सो कार्यक्रमको आयोजना गरेको हो। काठमाडौंको ट्राफिक अवस्थालाई सहज बनाउने अभियानमा ट्राफिक प्रहरीले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिरहंदा हिमालय टेलिभिजनले पनि आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम अन्तर्गत आज [...]
नेपालका चार धाममध्येको सबैभन्दा महत्वपुर्ण धाम रुरु क्षेत्र पछिल्ला दिनमा मानवीय कारणबाट प्रदुषित एवं अब्यवस्थित बन्दै गएको छ। नदीबाट अनाधिकृत रुपमा गिट्टी बालुवा निकाल्ने, ढल सिधै गण्डकीमा मिसाउने लगायतका कारणले पबित्रस्थल रुरु प्रदुषित वन्दै गएको हो। पाल्पा, गुल्मी र स्याङ्गजाको संगमस्थल रुरु धार्मिक तथा पौराणिक हिसाबले पनि महत्वपुर्ण छ। पौराणिक कालमा पाणिनी आदि ऋषिमुनीहरुले तपस्या [...]
विद्यार्थी नपाएपछि सुनसरीको हासपोसामा रहेको बहुभाषी विद्यालय बन्द हुने अवस्थामा पुगेको छ। चार वटा भाषा पढाइ हुने व्यवस्था गरी १७ वर्षअघि स्थापना गरिएको बाल बहुभाषी प्राथमिक विद्यालयमा विद्यार्थी संख्या निरन्तर घट्दै गएपछि विद्यालय बन्द हुने अवस्थामा पुगेको हो। विद्यार्थीहरु आफ्नो भाषाको शिक्षामा भन्दा अंग्रेजी भाषा राम्रो बनाउन लागेपछि विद्यार्थी संख्या घटेको विद्यालयले जनाएको छ। राई, [...]
तीन पटकको ओलम्पिक गोल्ड मेडलिस्ट धावक उसेन बोल्टले सन् २०१२ मा हुने लण्डन ओलम्पिकमा आफू चार गोल्ड मेडल जित्ने दाउमा रहेको बताएका छन्। विश्व म्याराथनमा सर्वाधिक तेज गतिका जमैकन धावक बोल्टले लण्डन ओलम्पिकमा चार गोल्ड जित्दै म्याराथनको इतिहासमा पहिलो खेलाडी बन्ने दाउमा रहेको बताएका हुन्। २००८ को ओलम्पिकमा तीन वटा गोल्ड मेडल हात पारेका बोल्टले [...]
पतन्जली योग समिति नेपालद्धारा आयोजना गरिएको तीन दिने प्रथम युवा राष्ट्रिय योग सम्मेलनको विहीवार समापन गरिएको छ। योगको देशभर प्रचार प्रसार गर्ने, सांगठनिक विस्तार गर्ने तथा आयुर्वेद र जडिबुटीको महत्व दर्शाउने उद्देश्यका साथ सञ्चालित सम्मेलनमा ६५ जिल्लाका योग गुरुहरुको सहभागिता रहेको थियो। तीन दिनसम्म उनीहरुलाई विहानदेखि वेलुकीसम्म योगका विभिन्न अभ्यास सहित दार्शनिक पक्षको समेत जानकारी [...]
विशेषज्ञ समितिको क्षेत्राधिकारका विषयमा सहमति जुटाउन आज बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा सहमति भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा राज्य पुनर्संरचनाका लागि गठन हुने विशेषज्ञ समितिको क्षेत्राधिकार तय गर्ने विषयमा सहमति जुटेको हो। हिजो शीर्ष नेताहरुको बैठकमा सहमति हुन नसकेपछि बैठकले क्षेत्राधिकारको प्रारुप तय गर्न कार्यदल गठन गरेको थियो। कार्यदलमा [...]
वर्गीकरणका विषयलाई लिएर कैलालीस्थित लिस्नेग्राम ब्रिगेड मसुरियामा लडाकुहरुबीच देखिएको विवाद अन्ततः साम्य भएको छ। बडैपुर सहायक शिविरमा रहेका माओवादी उपाध्यक्ष मोहन बैद्यपक्षधर केही लडाकुहरुले सेना समायोजनका विषयमा दलहरुकाबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउंदै वर्गीकरण प्रक्रिया बहिष्कार गर्ने घोषणा गरेका थिए। तालवन्दस्थित मुख्य शिविरका सहकमाण्डर जीवन बुढाको नेतृत्वमा आएको एक टोलीसंगको छलफलपछि राति अवेर वर्गीकरणलाई निर्वादरुपमा अगाडि [...]
जिल्ला निर्वाचन कार्यालय नुवाकोटले मतदाता परिचयपत्रका लागि फोटो खिच्ने अभियान शुरु गरेको लामो समयपछि राजनीतिक दलका केन्द्रीयस्तरका नेताले परिचय पत्रका लागि फोटो खचाउन शुरु गरेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सदरमुकाम विदुरस्थित आयोगको कार्यालयमा पुगेर मतदाता परिचयपत्रका लागि फोटो खिचाउनुभएको हो। नुवाकोटमा यसअघि कुनै राजनीतिक दलका केन्द्रीय नेताहरुले मतदाता परिचय पत्रको लागि फोटो [...]