एडभेन्चर डट कम र अन्नपूर्ण टे्रक्स एण्ड एक्सपिडिसनको आयोजनामा दोलखाको जिरीबाट मंगलबारदेखि एभरेष्ट ट्रेल रेस सुरु भएको छ। दोलखाको जिरीबाट सुरु भएको सो रेश छ दिनपछि लुक्लामा पुगेर समापन हुनेछ। प्रतियोगिताको पहिलो दिन जिरीबाट २० दशमलब ८ किलोमिटर टाढा रामेछापको भण्डारमा गएर अन्त्य हुन्छ भने दोस्रो दिन भण्डारबाट २६ दसमबल ७ किलोमिटर टाढा टङकुर, तेस्रो [...]
सिरियामा राष्ट्रपति बशर अल असद विरुद्ध आन्दोलन चर्किरहंदा अन्य राष्ट्रका सरकार प्रमुखहरुले पनि राष्ट्रपतिलाई पद छाड्न आग्रह गरेका छन्। पछिल्लो चार महिना यता सिरियामा राष्ट्रपतिविरुद्ध आन्दोलन चर्किरहेको छ भने राष्ट्रपतिले पद त्याग गर्न अस्वीकार गरिररहेका छन्। सिरियाका जनताहरु राष्ट्रपति विरुद्ध उत्रिएपछि जोर्डनका राजा शाह अब्दुल्लाहले असदलाई शान्तिपूर्ण तरिकाले पद त्याग गर्न आग्रह गरेका हुन्। उनले [...]
लामो समयदेखी प्रयोगविहीन रहेको लमजुङ सुन्दरबजारको कृषि सामाग्री केन्द्रका यन्त्र उपकरणहरु चोरी हुन थालेका छन्। २०३६ सालमा सुन्दरबजारमा स्थापना गरिएको केन्द्र २० वर्षदेखि प्रयोगविहीन बन्दै आएको हो। अमेरिकी सरकारको आर्थिक सहयोग तथा स्थानीय समुदायको सहकार्यमा सिड प्रोडक्सन इनपुट स्टोर्स प्रोजेक्टको रुपमा सञ्चालनमा आएको कृषि सामाग्री केन्द्र १२ बर्षसम्म सञ्चालनमा आएको थियो। परियोजनाको अबधि सकिएपछि केन्द्र [...]
दुर्गम गाँउका वासिन्दालाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले संचालनमा ल्याइएको पर्वतको सालिजा गाविसको स्वास्थ्यचौकीमा दक्ष जनशक्तिको अभाव भएको छ। स्वास्थ्य चौकीमा दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नहुंदा उत्तरी पर्वतको शालिजा गाविस तथा आसपासका बासिन्दाले स्वास्थ्य सेवा पाउन सकेका छ्रैनन्। स्वास्थ्य चौकीमा सात जनाको दरबन्दी रहेपनि अहिले २ जना मात्र भन्दा स्वास्थ्यकर्मी छैन। हालै मात्र १ करोड [...]
एशियली विकास बैंकले नेपालको ग्रामीण क्षेत्रको विकासमा उल्लेखनीय काम गरेवापत आफ्ना तीन परियोजनालाई पुरस्कृत गरेको छ। राजधानीमा आज एक कार्यक्रमको आयोजना गरी बैंकले ग्रामीण क्षेत्रको खानेपानी तथा सरसफाइ, जीवनस्तर विकास र शहरी वातावरण सुधार परियोजनालाई पुरस्कृत गरेको हो। कार्यक्रममा अर्थ मन्त्रालयका सचिव कृष्णहरि बास्कोटाले तीन परियोजनालाई पुरस्कृत गर्दै ग्रामीण लगायतका विभिन्न क्षेत्रको विकासका लागि सरकार [...]
नेपाली कांग्रेसले नयां संविधानमा राज्यको शासकीय स्वरुप संसदीय व्यवस्था बमोजिम नै कायम हुनु पर्ने आफ्नो अडान दोहोर्याएको छ। संविधानसभाको संवैधानिक समिति मातहतको विवाद समाधान उपसमितिमा कार्यदलले दिएको प्रतिवेदनको विवादित विषयका बारेमा कांग्रेसको धारणा तय गर्न आज सभापति सुशील कोइरालाको निवास महाराजगंजमा बसेको पदाधिकारी बैठकले संसदीय व्यवस्थामा नै अडिग रहने निर्णय गरेको हो। पछिल्लो समयमा देखिएको [...]
सरकारले शिक्षा सेवा आयोगको अध्यक्षमा पूर्वसचिव उदयराज सोतीलाई नियुक्त गरेको छ। आज बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सोतीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले भ्रष्टाचारको आरोप लागेका समाज कल्याणपरिषद्का तीन पदाधिकारीलाई निलम्बन गरेको छ। निलम्बन पर्नेमा परिषद्का दाताराम खनाल, रत्नबहादुर गाहामगर र छेवाङ नाङ्गेल रहेका छन्। खनाल समितिको उपाध्यक्ष र गाहामगर कोषाध्यक्ष [...]
एकीकृत नेकपा माओवादीको हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठक आज केहिबेर बसेर बिहीवारसम्मका लागि स्थगित भएको छ। केन्द्रीय कार्यालय पेरिसडांडामा आज केहीबेरमात्र बैठक बसेको थियो। केन्द्रीय समिति बैठक बस्नुअघि आजै पदाधिकारी बैठक बसेको थियो। माओवादीमा सरकार गठन अघि मधेशी मोर्चासंग भएको चार बुंदे सहमति, लगानी प्रवर्धन तथा सम्बर्धन विप्पा सम्झौता, चार दलबीच भएको सात बुंदे [...]
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्यले सेना समायोजनमा सहभागी नहुन लडाकुहरुलाई निर्देशन दिनुभएको छ। सेना समायोजन प्रक्रिया अगाडि बढीरहेका बेला उपाध्यक्ष वैद्यले यस्तो यस्तो निर्देशन दिनुभएको हो। उपाध्यक्ष वैद्य र महासचिव रामबहादुर थापाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तीमा सेना समायोजन सम्बन्धी सम्झौता अपमानजनक र शान्ति विरोधी भएकोले आत्मसमर्पणवादी प्रक्रियाबाट अलग रहन जनमुक्ति सेनालाई आग्रह गरिएको छ। [...]
राष्ट्रपति डाक्टर रामवरण यादव आज विराटनगर पुग्नु भएको छ। राष्ट्रपति यादव आज बिहान ११ बजे नेपाली सेनाको हेलीकोप्टरवाट विराटनगर जानु भएको हो। उहांले विराटनगरस्थित विराटनगर आंखा अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्नुभयो। त्यसपछि राष्ट्रपति यादवले विराटनगर १८ जतुवास्थित श्रीकृष्ण गौ सदनको अवलोकन गर्ने र त्यहांवाट वीरेन्द्र सभागृहमा नागरिक सम्मान ग्रहण गर्ने कार्यक्रम तय भएको जिल्ला प्रसासन [...]