रानी पोखरी कर्नर टीम आरसिटीलाई पेनाल्टी सुटआउटमा तीन शून्यले पराजित गर्दै बंगलादेशको एफजे धनमुन्दी फुटबल क्लब पोखरामा जारी सफल पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको तेस्रो क्वाटरफाइलनमा आरसिटीलाई पाखा लगाउने क्रममा धनमन्दी क्लबका तीन जना खेलाडीले पेनाल्टी सुटआउटमा गोल गर्न सफल भए भने आरसिटीका एकजना खेलाडीले पनि गोल गर्न सकेनन् र क्वाटरफाइलनबाट [...]
शान्तिप्रत्र्किया र संविधान निर्माणलाई टुंगोमा पुर्याउन प्रमुख दलहरुबीच भएको सात बुंदे सहमतिलाई कार्यान्वयन गर्दै र मंसिर सात गतेसम्म शान्तिप्रक्रियाका सम्पूर्ण निर्धारित काम पूरा गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुले प्रतिवद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले सहमतिलाई तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। बैठकले शान्तिप्रक्रियासंग सम्बन्धित लडाकूको [...]
नेपाल बैंक भक्तपुर शाखाको ७५औं वार्षिकोत्सवका अवसरमा बैंकले अन्तर्क्रिया कार्यक्रम गरेको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल बैंक जेठो बैंक भएता पनि समय सापेक्ष चल्न नसकेको बताउनु भयो। कार्यक्रममा सहभागीहरुले बैंकले निजी बैंक जस्तै कर्जा ब्याजदर बढाएको र बचत ब्याजदर नबढाएको भन्दै दुवै ब्याजदर समायोजन गर्नु पर्ने बताएका थिए। कार्यक्रममा बैंकका शाखा [...]
टेन्डी शेर्पालाई पछि पार्दै आङ छिरिङ शेर्पाले एभरेष्ट गल्फ च्यालेञ्ज कपको उपाधि जितेका छन्। गोकर्ण गल्फ कोर्शमा सम्पन्न प्रतियोगितामा दुई पोइन्टले टेन्डी शेर्पालाई पछि पार्दै आङ छिरिङले उपाधि हात पारेका हुन्। ३ वाई चार ह्यान्डीक्यापमा खेलिएको प्रतियोगितामा टेन्डीले स्टेबल चार पोइन्टका साथ कुल ३८ अंक बनाएका थिए भने आङ छिरिङले ४० अंक बनाएका थिए। टिम [...]
विश्व मधुमेह दिवसको अवसरमा भक्तपुरमा विभिन्न चेतनामूलक र्याली तथा स्वास्थ्य शिविरको आयोजना गरेको छ। दिवसकै अवसरमा भक्तपुरका ५ वटा लायन्स क्लब, रोटरी क्लब र अन्नपूर्ण फाइनान्सको संयुक्त आयोजनामा बिहान र्याली निकालिएको थियो। मधुमेह रोगबाट हुने र बच्ने उपाय सहितको प्लेकार्ड सहित भक्तपुरको दरबार स्वाक्यारबाट सुरु भएको र्याली त्रिपुरासुन्दरी, दत्रात्तय, सुकुलढोका र टौमढी हुदै अरनिको सभाहलमा [...]
सरकारी मापदण्ड अनुसार तलब भत्ता नदिएको तथा बर्षौं बितिसक्दा पनि स्थायी नगरेको भन्दै काठमाडौंको द्वारिकाज होटेलका मजदुरहरुले तीन दिनयता होटेल परिसरमा धर्ना दिदैं आएका छन्। सरकारले तोकेको तलब अन्यत्र लागू भइसकेपनि द्वारिकाज होटेलले आफूहरुलाई ठगिरहेको आन्दोलनरत कर्मचारीको भनाइ छ। राजश्व नतिरेका कारण सरकारी निगरानीमा रहेको द्वारिकाज होटेल सर्वसाधरणको जग्गा कब्जा गरेका कारण विवादमा छ।
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्यले पार्टीभित्रको विवाद कार्यदिशासंग सम्बन्धित वैचारिक तथा राजनीतिक विवाद भएकाले घटना विशेषका रुपमा नबुझ्न आग्रह गर्नुभएको छ। केन्द्रीय कार्यालय पेरिसडांडामा बसेको आजको बैठकमा यसअघि प्रस्तुत गरेको फरक बुंदाको व्याख्या गर्दै उपाध्यक्ष बैद्यले संस्थापन पक्षले पार्टी नीति विरोधी काम गरेको भन्दै चर्को आलोचना गरेको बुझएको छ। मूल नेतृत्वले जथाभावि सम्झौता गर्दै [...]
ब्रामह्मण समाज र खस, क्षेत्री राष्ट्रिय महासंघले आफ्ना मागको सुनवाइ नभएको भन्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। सर्वमान्य कानुन विपरीत लिइएको जातीय विभेदकारी नीतिको विरोधमा सरकार साथै राष्ट्रपतिसमक्ष ज्ञापनपत्र पेश गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै आन्दोलनमा जानु परेको उनीहरुको दाबी छ। राजनीतिक पार्टीहरुले नागरिक नागरिकबीच जातीय विभेदको मुद्दालाई जातीय द्वन्द्वमा लैजाने प्रयास भइरहेको [...]
लामो समयको स्थगनपछि आजबाट सुरु भएको एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक भोलि बिहान एघार बजेसम्मका लागि स्थगित भएको छ। केन्द्रीय कार्यालय पेरिसडांडामा बसेको केन्द्रीय समितिको आजको बैठकमा उपाध्यक्ष मोहन बैद्यले यसअघि नै दर्ता भइसकेको आफ्नो दश बुंदे फरक मतको व्याख्या गर्नुभएको थियो। उपाध्यक्ष बैद्यले नेतृत्वले जथाभावी सम्झौता गर्दै गएका कारण सभासद् बालकृष्ण ढुंगेलको आम [...]
नेपाली कांग्रेस र नेकपा एमालेले कर्तब्य ज्यान मुद्दामा सजाय सुनाइएका एकीकृत नेकपा माओवादीका सभासद् बालकृष्ण ढुंगेललाई माफी दिने सरकारको निर्णय फिर्ता हुनै पर्ने अडान दोहोर्याएका छन्। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले विगतका सहमतिको कार्यान्वयन तत्कालैदेखि थाल्नुपर्ने निष्कर्ष निकाल्दै सहमति कार्यान्वयनका लागि पनि ढुंगेलका विषयमा गरिएको फिर्ता हुनुपर्ने अडान दोहोर्याएको [...]