नेपालगञ्जस्थित एउटा घरमा सकेट बम बनाउने क्रममा भएको विष्फोटमा परि तीन जना गम्भीर घाइते भएका छन्। नेपालगञ्जको चार वाहिनी चोकस्थित वीरेन्द्रकुमार साहको घरमा बम बनाउने क्रममा विष्फोट भएको प्रहरीले जनाएको छ। विष्फोटनबाट सो घरमा डेरा गरी बस्ने शालिकराम, बाबुराम र दुर्गेश कायस्थ गम्भीर घाइते भएको बाके जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक उदय तामाङले जानकारी [...]
नेकपा एमालेका नेता केपी शर्मा ओलीले शान्ति र संविधान निर्माण कार्यलाई पुर्णता दिनुको विकल्प कुनैपनि राजनीतिक दलसंग नभएको बताउनुभएको छ। नेकपा एमाले बाँकेले सोमवार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ओलीले नेपालमा अब कुनैपनि सशस्त्र क्रान्ति सफल हुने अवस्था नरहेको बताउनुभयो। एकीकृत नेकपा माओवादीमा अहिले पनि कोही क्रान्ति र कोही शान्तिको पक्षमा रहेको [...]
काठमाडौंमा बढ्दै गएको ट्राफिक चापलाई सहज बनाउनको लागि केही दिनयता सडक विभाग, ट्राफिक प्रहरी र महानगरपालिको सक्रियता बढेको छ। सवारी साधन आवाज जावतमा समस्या भएकाले तीनकुनेस्थित सुविधानगरमा रहेको फुटपाथ भत्काएको छ। यो फुटपाथमा यातायात सञ्चालनमा आएपछि तीनकुनेमा ट्राफिक जामको समस्या कम हुने स्थानीयवासी बताउंछन्। सडकमै व्यापार व्यावसाय गर्नेहरुलाई हटाएर सडक विभागले यो बाटोलाई सञ्चालनमा ल्याउने [...]
उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले सार्क सम्मेलनका क्रममा यसअघि भएका निर्णयहरुलाई कार्यान्वयन गर्न जोड दिइने बताउनुभएको छ। कार्तिक २४ र २५ गते माल्दिभ्समा हुने सत्रौ सार्क सम्मेलनका लागि त्यसतर्फजाने क्रममा सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै मन्त्री श्रेष्ठले व्यापार र पर्यटनको विषयमा एजेण्डा उठाउने तयारी भएको जानकारी दिनुभयो। धैरै मुद्दा उठाउनु भन्दा पनि [...]
दाङ लमहीको आँखा अस्पतालको निर्माणकार्य अहीले धमाधम रुपमा भैरहेको छ। विभिन्न खाले आखाँका रोगीहरुलाई सर्वसुलभ रुपमा उपचार पुर्याउने उद्देश्यले रातोडाँडामा निर्माणाधनि आँखा अस्पतालको निर्माणकार्य अन्तिम चरणमा पुगेको हो। लमही नगर विकास समितिले भोगाधिकारमा उपलब्ध गराएको एक विगाह जग्गामा अस्पताल वन्दै गरेको छ। आखाँ अस्पताल वन्न थालेपछी सर्वसाधारण पनि खुसी देखिएका छन्। भवन निर्माण भैरहदा सर्वसाधारणले [...]
खराब मौसमका कारण चार दिनदेखि रुकुममा हवाइ उडान सेवा अबरुद्ध हुंदा विरामी, कर्मचारी र सर्वधारण मारमा परेका छन्। बाक्लो हुस्सु लागेकाले चारदिनदेखि रुकुममा उडान हुन नसक्दा यात्रुहरु अलपत्र परेका छन्। उडान हुन नसकेपछि बिहिवारबाट नेपालगन्ज जानको लागि टिकट लिइएका यात्रुहरु मुसिकोटमै विमानको पर्खाइंमा छन्। उडान नभएपछि उपचारका लागि नेपालगन्ज, काठमाडौं जान लागेका आधा दर्जन विरामी [...]