फुटपाथ हटाउंदै

Written by admin. Posted in अर्थ-वाणिज्य, विशेष

Published on November 08, 2011 with

काठमाडौंमा बढ्दै गएको ट्राफिक चापलाई सहज बनाउनको लागि केही दिनयता सडक विभाग, ट्राफिक प्रहरी र महानगरपालिको सक्रियता बढेको छ। सवारी साधन आवाज जावतमा समस्या भएकाले तीनकुनेस्थित सुविधानगरमा रहेको फुटपाथ भत्काएको छ। यो फुटपाथमा यातायात सञ्चालनमा आएपछि तीनकुनेमा ट्राफिक जामको समस्या कम हुने स्थानीयवासी बताउंछन्।

सडकमै व्यापार व्यावसाय गर्नेहरुलाई हटाएर सडक विभागले यो बाटोलाई सञ्चालनमा ल्याउने तयारी  गरेको छ। सडक किनारमा जथाभावी फुटपाथ पसल सञ्चालन हुंदा पैदल यात्रुलाई कठिनाई हुने गरेको छ। ट्राफिक जाम बढेको निष्कर्षपछि महानगरपालिका सडक विभाग, नगर विकास समिति र गाविससंग सहकार्य गरी ट्राफिक प्रहरीले  सांघुरो बाटोलाई ठूलो बनाउन लागेको हो।

facebook comments:

Leave a Comment