मुलुकमा बौद्ध धर्मलम्बीहरुको संख्या ६० प्रतिशत भएपनि लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिमा बौद्ध धर्मावलम्बीहरुको प्रतिनिधित्व नगराएको भन्दै बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपाल लगायत बौद्ध धर्मसम्बद्ध विभिन्न संघ संस्थाहरुले आज संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई ज्ञापनपत्र बुझएका छन्। बौद्ध धर्ममा आवद्ध विभिन्न ९८ वटा संघ संस्थाका प्रतिनिधिहरुको संयुक्त टोलीले आज ललितपुरस्थित संयुक्त राष्ट्रसंघको कार्यलयमा गई राष्टसंघका प्रतिनिधि रोवर्ट [...]
कैलालीको मालाखेती गाविस खैरानामा दुई जना मृत अवस्थामा फेला परेका छन्। असोज महिनामा घरबाट भागेका ३६ वर्षीय मकालु चौधरी र ३५ वर्षीया मीना चौधरी मृत अवस्थामा फेला परेका हुन्। मालाखेती गाविसको मनहरा नदी किनारमा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार स्थानीय गोठालाहरूले नदी किनारमा शव देखेपछि हिजो राति प्रहरीलाई [...]
भारतिय राष्ट्रिय कांग्रेसका विदेश विभाग प्रमुख करण सिंहले राजनितिक दलहरुबिच भएको सात बुंदे सहमति सकारात्मक भएकोले कार्यान्वयन जरुरी रहेको बताउनुभएको छ। रिर्पोटस कल्ब नेपालले आज राजधानिमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सिंहले सात बुंदे सहमतिले शान्ति प्रक्रिया र संविधान निर्माण कार्य टुंग्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। सहमतिलाई भारतले पनि स्वागत गरेको बताउंदै सिंहले [...]
सबै स्वास्थ्य संस्थाहरुले रोजगारीको लागि विदेश जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने माग गर्दै स्वास्थ्य व्यवसायी महासंघले सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएको छ। सरकारले स्वीकृति दिएका स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षणको नाममा बढी पैसा असुल्ने, उपभोक्तालाई दुःख दिने र हजारौं बेरोजगार नेपालीमाथि कब्जा जमाउने गरेकाले तत्काल सबै स्वास्थ%
जलवायु वरिवर्तनका मुद्दाहरुलाई सञ्चारमाध्यमा उठाउने विषयमा राजधानीमा जलवायु परिवर्तन र वातावरण व्यावस्थापन सम्बन्धि दुई दिने तालिम सुरु भएको छ। विश्वव्यापीरुपमा भइरहेको जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान दिने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल वातावरण पत्रकार समूहले जनाएको छ। कार्यक्रममा डाक्टर तीर्थबहादुर श्रेष्ठद्धारा लिखित जलवायु परिवर्तन बुझैं र बुझाऔं भन्ने पुस्तक सार्वजनिक गरिएको थियो। पुस्तकमा विश्वाव्यापी जलवायु [...]
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १७ औ शिखर सम्मेलनमा भाग लिन आज एघार सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै आज माल्दिभ्स जांदै हुनुहुन्छ। प्रधानमन्त्री भट्टराई सहितको टोली अपरान्ह तीन बजे माल्दिभ्स प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। सार्क शिखर सम्मेलन कात्तिक २४ र २५ गते मालदिभ्सको एडडु शहरमा [...]
नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले आगामी सरकारको नेतृत्व अँफुले पाउनुपर्ने दाबी गर्नुभएको छ। तनहुको दमौलीमा अयोजित अन्तरक्रियामा नेता पौडेलले मंसीर १४ अघि नै सहमतिय सरकार बन्नुपर्ने र त्यसको नेतृत्व कांग्रेसको संसदीय दलको नेताको हैसियतले अँफु प्रधानमन्त्री बन्ने जिकिर गर्नुभयो। उहांले अब आफु नै पार्टीको प्रधानमन्त्रीको एकल उम्मेदवार भएकेा दाबी गर्नुभयो। प्रधानमन्त्रीको मन्त्रिपरिषद् विस्तार [...]
सेना समायोजन विशेष समिति सचिवालयले माओवादी सेनाको पुनर्स्थापना प्याकेज प्रस्तुत गरेको छ। सेना समायोजना विशेष समितिको कार्यालय बानेश्वरमा बसेको समितिको बैठकमा सचिवालयले तयार पारेको पुर्नस्थापना प्याकेज प्रस्तुत गरेको हो। तर समिति बैठकमा अधिकांश सदस्यहरुको अनुपस्थिती भएका कारण समितीले पुनर्स्थापना प्याकेजलाई अनुमोदन गर्न सकेन। सेना समायोजन विशेष समितिले ३० गतेदेखि समायोजनमा जाने या पुनर्स्थापनामा जाने लडाकुहरुको [...]
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नेतृत्वको मन्त्रिपरिषद् पुनः विस्तार भएको छ। मन्त्रिपरिषदमा माओवादीबाट ६ र साना दलबाट एक गरी सात जना थपिएका छन्। त्यस्तै, माओवादीबाट दश र मधेसी मोर्चाबाट नौ जना राज्यमन्त्रीमा नियुक्त भएका छन्। यो सँगै मन्त्रिमण्डल ४६ सदस्यीय भएको छ। नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति डाक्टर रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री [...]
विश्व प्रसिद्ध गायक माइकल ज्याक्सनका चिकित्सक कोनराड मरेलाई लस एञ्जल्सस्थित एउटा ज्युरीले ज्याक्सनको हत्या गरेको आरोपमा दोषी ठहर गरेको छ। तर उनले यो कार्य जानीजानी भने नगरेको ठहर सो ज्युरीले गरेको छ। सात पुरुष र पाँच महिला सम्मिलित सो ज्युरीले दुई दिनको छलफलपछि डा. कोनराड मरेलाई दोषी ठहर्याएको हो। सन् २००९ जुन २५ मा ज्याक्सनलाई [...]