राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच माल्दिभ्समा हुने सार्क सम्मेलनमा सहभागितको विषयमा छलफल भएको छ। राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कार्त्तिक २४ र २५ गते हुने सार्क नेपालले उठाउने एजेण्डाको विषयमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ। राजनीतिक दलहरुबीच भएको सातबुंदे सहमतिपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको यो पहिलो भेट हो। भेटमा प्रधानमन्त्री भट्टराईले सातबुंदे सहमति र कार्यान्वयकामा भएका प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो।










There are currently no comments on यादव र प्रधानमन्त्री सार्क सम्मेलनमा सहभागितको विषयमा छलफल. Perhaps you would like to add one of your own?