भारतको काश्मिरमा सात महिना मजदुरी गरेर घर फर्कदै गरेका दुई नेपाली गएराति सीमावर्ती भारतीय बजार रुपैडियामा टाङ्गा चालकबाट लुटिएका छन्। सुर्खेत छिन्चुका काशीराम शाह र सार्के विकको साथमा रहेको १ लाख १० हजार रुपैया लुटिएको हो। टाङ्गा चालकले पैसा राखिएको झोला लुटेपछि आफुहरुले भारतमा दुख गरी कमाएको रुपैया घर पुर्याउन नपाएको पीडितले बताएका छन्। सीमावर्ती [...]
एकै परिवारका तीन जना दृष्टिविहिन भएपछि सुनसरीको इटहरीको मोक्तान परिवार चिन्तित बनेको छ। लक्ष्मण मोक्तानका चार सन्तानमध्ये ३ सन्तानको नेत्रशक्ति गुमेपछि बुढेसकालमा समस्या हुने पिरलोले मोक्तान दम्पती चिन्तित बनेका हुन्। जेठी छोरी उषा मोक्तानलाई ९ वर्षकी हुदा एकाएक मुर्छा पर्ने रोग लागेको थियो। लगत्तै उनले दृष्टि गुमेको थियो। त्यसैगरि जेठो छोरो सरोज ९ वर्षमा र [...]
राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच माल्दिभ्समा हुने सार्क सम्मेलनमा सहभागितको विषयमा छलफल भएको छ। राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कार्त्तिक २४ र २५ गते हुने सार्क नेपालले उठाउने एजेण्डाको विषयमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ। राजनीतिक दलहरुबीच भएको सातबुंदे सहमतिपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको यो पहिलो भेट [...]
नाइजेरियाका उत्तर पूर्वी नगर दामाटुरामा भएको बम आक्रमण तथा गोली प्रहारमा कम्तीमा ६३ जना मारिएको रेडक्रसले जनाएको छ। प्रत्यक्षदर्शीले चर्च र योवे राज्यको प्रहरी मुख्यालयसहित धेरै स्थानमा बम आक्रमण भएको बताएका छन्। इस्लामिक लडाकु समूह बोको हरामले आक्रमणको जिम्मेवारी लिएको छ। सो समूहले थप सरकारी कार्यालयमा आक्रमणको चेतावनी पनि जारी गरेको छ। एक नाइजेरियाली पत्रकारले [...]
काठमाडौं विश्वविद्यालय सत्रौं दीक्षान्त समारोह तथा दोस्रो विशेष दीक्षान्त समारोह शुरु भएको छ। समारोहमा प्रधानमन्त्री तथा विद्यालयका कुलपति डाक्टर बाबुराम भट्टराईले सत्रौँ दीक्षान्त समारोहका प्रमुख अतिथि पूर्वीय दर्शनका विद्वान् एवं भारतीय नेता डाक्टर करण सिंहलाई महाविद्यावारिधी प्रदान गर्नुभएको छ। समारोहमा ८ सय ४९ जना दीक्षित हने विश्वविद्यालयले जनाएको छ। व्यवस्थापनतर्फ ३ सय ३३, विज्ञानतर्फ पिएचडी [...]
दाङ्गमा आज बिहान बस दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाईते भएका छन्। गोरखाको मनकामनाबाट फर्कने क्रममा रा १ ख पांच सय अठार नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको चौलाही गाविसमा दुर्घटना हुंदा २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बस चालक युवराज विक र सहचालक पर्वत गिरी छन्। [...]
जारी सिजनको इंग्लिस प्रिमियर लीगमा नव प्रवेशी टिम क्विन पार्क रेञ्जर्सलाई तीन दुईले पराजित गर्दै म्यानचेस्टर सिटीले लीगको अंक तालिकामा आफ्नो वर्चश्व यथावत राखेको छ। शनिबार राति भएको ११ औं चरणको खेलमा रेञ्जर्सले खेलको २८ औं मिनेटमा जोय बार्थेडको गोलमार्फत खेलमा अग्रता बनाएपनि खेलको ४२ औं मिनेटमा इडेन जिकोले सिटीका तर्फबाट बराबरी गोल गर्न सफल [...]
जापानका की निसीकोरीसंग पराजित भएपछि विश्व नम्बर एक टेनिस स्टार जोभाक जोकोभिक स्विट्जरल्याण्डमा जारी स्विस इन्डोर टेनिस प्रतियोगिताबाट बाहिरिएका छन्। शनिबार भएको सेमिफाइलनमा निसीकोरीसंग २–६, ७–६, र ६–० ले पराजित भएपछि जोकाभिकको यात्रा समाप्त भएको हो। पहिलो सेट २–६ ले आफ्नो पक्षमा पारेका जोकोभिकले दोस्रो सेट ७–६ले गुमाएका थिए। तर खेलका दौरान काधमा चोटलागेपछि अन्तिम [...]
यात्रुबाट बढी भाडा असुल्ने तीन वटा बसलाई ट्राफिक प्रहरी कार्यालय इटहरीले कारवाही गरेको छ। मुनाल कम्पनीका तीन वटा बसले यात्रुसंग साबिकको भन्दा डेढ सय रुपैया बढी भाडा लिइ ठगी गरेको भन्दै पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई बढी रकम यात्रुलाई फिर्ता गराएको छ। यात्रुसंग अनियमित रुपमा बढी भाडा असुल्ने सवारी साधनलाई कडाईका साथ [...]
सान मिगेल वियरले आफ्नो दोस्रो चरणको लक्की ड्र मार्फत विजयीको नाम घोषणा गरेको छ। आइतबार राजधानीमा सान मिगेलको लागि नेपालको आधिकारिक बित्रे्कता गोर्खा ब्रुअरीले लक्की ड्र कार्यक्रमको आयाजना गरी विजेताको नाम घोषणा गरेको हो। विजेतामा रामकुमार श्रेष्ठ कुपन नम्बर १८८३६ र राधिका खवास कुपन नम्बर ०२३६०२७ रहेका छन। सन २००४ बाट गोर्खा बु्रअरीले नेपालमा सान [...]