राजनीति

प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता, गठबन्धनका विषयमा छलफल

हिमालय टिभी
२०७९ साउन ३ गते १४:५८
प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता, गठबन्धनका विषयमा छलफल

३ साउन २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सम्बन्धमा दुई दिनभित्र टुंगोमा पुग्नुपर्ने बताउनुभएको छ ।

सिंहदरबारमा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँगको भेटवार्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले गठबन्धनको विषयमा बिहीबारसम्म टुंगोमा पुग्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले डाक्टर भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन गर्ने नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय सही भएको बताउनुभयो ।

उहाँले आफूहरु गठबन्धन लिएर जाने पनि बताउनुभयो । डा. बाबुराम भट्टराईलाई जनता समाजवादी पार्टी, नेपालले कारबाही गरेपनि उहाँ गठबन्धनमै रहेको अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो ।

उहाँले भेटवार्तामा भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिबद्धता गरेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्