आज काग तिहार, देशभर कागको पुजा गरि यो पर्व मनाइयो। तपाईंले पनि कागलाई मीठो खान दिइ यो पर्व मनाउनु भयो होला। तर, काठमाडौंको संविधान सभा भवन बाहिर भने चरि दादा नामले चिनिने गौतम सापकोटाले काग सम्मेलनको आयोजना गरे र संविधान निर्माणको लागि सभासद्हरुलाई दबाब दिए। आज काग तिहार भएकोले तपाईंले पनि आफ्नो घरमा काग बोलाई [...]
सुनसरीका कुमाल समुदायको पेशा बढ्दो प्लाष्टिकका भाडासंगै व्यवसाय संकटमा परेको छ। केही समय अघिसम्म तिहारको समयमा माटाका विभिन्न भांडा बनाउन व्यस्त रहने कुमाल जाती प्लाष्टिकजन्य भांडाले बजार ओगटेपछि उनीहरुको पुर्ख्यौली पेशा संकटमा परेको हो। तिहारमा बत्ती बाल्न माटोको दियो लगायतका सामग्री बनाउन भ्याइ नभ्याइ हुने कुमालहरु पछिल्लो समय माटाका भांडा बिक्री हुन छाडे पछि उनीहरु [...]
लिवियाको अंतरिम प्रशासन एनटीसीका अधिकारीका अनुसार कर्नेल मुअम्मार गद्दाफीको शबलाई गोप्य स्थलमा अन्त्योष्टि गरिएको छ। एनटीसी प्रवक्ताका अनुसार गद्दाफी र उनका छोरालाई एकैसाथ आज विहान गोप्य स्थलमा अन्त्योष्टि गरिएको हो। अन्त्योष्टिमा गद्दाफीका नातेदार र लिवियाका अधिकारीहरुको समेत उपस्थिति रहेको बताइएको छ। मृत्युपश्चात गद्दाफीलाई लिवियाको मिश्रात शरहको एक कोल्डस्टोरमा राखिएको थियो। गद्दाफीलाई कुन अवस्थामा मारिएको भन्ने [...]
असोज २८ गते लिएको कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित भएको छ। कक्षा १२ को पुरक मौका परीक्षामा बयासि दशमलब असि प्रतिशत परीक्षार्थी उर्तिण भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बताएको छ। परीक्षामा कुल एकतीस हजार एक सय बयासी परीक्षार्थी मध्ये २५ हजार आठ सय अठार परीक्षार्थी उर्तीण भएका हुन्।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री एव्म माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईवीच पार्टी भित्रको विवाद र भारत भ्रमणका विषयमा छलफल भएको छ। कार्तिक १३ गते डाकिएको केन्द्रीय समितिको बैठक नजिकिन लाग्दा पार्टी भित्र देखिएका विवाद समाधान गर्ने विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री डाक्टर भट्टराई भारत भ्रमण सकेर आएपछिको यो पहिलो छलफल [...]
बुटवलको पुरानो बसपार्कमा रहेको एक मासु पसल सार्बजनिक शौचालयमा सन्चालन गरिएको भेटिएको छ। जिल्ला बजार अनुगमन समितिले गरेको अनुगमनमा मासु ब्यापारी अर्जुन साहले संञ्चालन गरेको मासुपसल सार्बजनिक शौचालयमा भेटिएपछि मासु पसल बन्द गरेको छ। बषौंदेखि संचालनमा रहेको मासुपसल सन्चालन गरेबापत ब्यापारी साहले बुटवल नगरपालिकालाई शुल्क समेत तिरेको बताएपछि अनुगमन टोली आश्चर्यमा परेको थियो। मानव जीवनसंग [...]
तिहार नजिकिदै गर्दा पाल्पाको तानसेन बजारमा किनमेल गर्नेहरुको भीड लाग्न थालेको छ। तानसेनमा बिशेष गरी तिहारका लागि आबश्यक पर्ने टीका, माला, मिठाई, फलफुल लगायतका बस्तु खरिद गर्नेहरुको भुईचो लाग्न थालेको हो। तिहारका बेला खास गरी ग्रामिण भेगका उपभोक्ता किनमेलका लागी सदरमुकाममा बढी देखिने गरेका छन। बिशेष गरी तानसेनमा विगतका वर्षमा जस्तै यसबर्ष पनि झनिया रोटी [...]
एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले क्रान्तिको बाटो छाड्ने अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई माओवादी भित्र बस्ने अधिकार नभएको बताउनुभएको छ। सिन्धुलीको कमलामाई नगरपालिकाको देउरालीमा आयोजित एक कार्यक्रममा सचिव गजुरेलले क्रान्ति अझै पूरा नभएकाले अहिले नै क्रान्तिको बाटो छाड्ने अध्यक्ष दाहाल र उपाध्यक्ष भट्टराईलाई पार्टीबाट छुट्टी दिने बेला आएको बताउनुभयो। उहांले क्रान्ति [...]
म्यानचेष्टर युनाईटेडका स्ट्राईकर जेभियर हर्नान्डेज अझै पांच वर्षसम्म युनाईटेडमा नै रहने भएका छन्। एक वर्षअघि युनाईटेडमा अनुबन्धित भएका हर्नान्डेज र क्लबबीच थप पांच वर्षका लागी सम्झौता भएपछि सन् २०१६ सम्म युनाईटेडमा रहने पक्का भएको हो। मेक्सिकोका २३ वर्षिय हर्नान्डेजले सन २०१० मा युनाईटेडमा रहंदा क्लबका लागि २३ गोल गरेका थिए। युनाईटेडका प्रशिक्षक सर एलेक्स् फर्गुसनले [...]
तिहारको दोस्रो दिन अर्थात त्रयोदशी र चतुर्दशी तिथी। काग तथा कुकुरको पूजा गरी तिहार मनाउने गरिन्छ। हिजो अबेरमात्रै त्रयोदशी परेको र सो त्रयोदशी आजसम्म रहेका कारण आज बिहान सबैले घर घरमा काग पूजा गर्ने प्रचलन रहेको छ। कागलाई आज घर घरमा बोलाई खाना खुवाउनाले आफ्नो सन्देश टाठा टाढासम्म जाने किम्वदन्ती रहेको छ। किम्वदन्तीका अनुसार यमराजले [...]