पांच एकदिवसिय क्रिकेट म्याचको शृंखला कब्जा गरिसकेको भारतले चौथो एकदिवसिय म्याचमा पनि इङ्ल्याण्डलाई ६ विकेटले पराजित गर्न सफल भएको छ। जितपछि भारत शृंखला ह्वाइट वासको नजिक पुगेको छ। इङ्ल्याक्ण्ड भ्रमणमा लज्जास्पद पराजयको सामना गरेको भारतले घरेलु मैदानमा भने त्यसैको बदलाको नजिक पुगेको छ। गएराती मुम्बईमा भएको खेलमा इंङ्ल्याण्डले दिएको २ सय २१ रनको विजयी लक्ष्य भारतले ४० ओभर एक बलमा मात्र चार विकेट गुमाएर पूरा गरेको थियो।
भारतलाई जित दिलाउन विराट कोहली र सुरेश कुमार रैनाले १ सय ३१ रनको साझेदारी गरेका थिए। सो संगै भारतको जित सुनिश्चित हुन पुगेको थियो। भारतका लागि कोहलीले नटआउट ब्यक्तिगत ८६ रन र रैनाले ८० रनको योगदान गरेका थिए। अन्य खेलाडीले भने राम्रो रनको योगदान दिन सकेनन्। यसअघि इङ्ल्याण्डले ४६ ओभर एक बलमा २ सय २० रन बनाउंदा सबै विकेट गुमाएको थियो। इङ्ग्ल्याण्डका लागि टिम ब्रेसननले ४५ रन बनाउंदा केभिन पिटरसनले ४१ रन र जोनाथन ट्रटले ३९ रन बनाएका थिए। बलिङ्तर्फ भने विनय कुमार र वरुण आरोनले समान तीन तीन विकेट लिदै इंङ्ल्याण्डलाई दबाबमा पारेका थिए। यी दुईबीचको अन्तिम एक दिवसिय म्याच आउंदो मंगलबार कोलकातामा हुनेछ।










There are currently no comments on भारतले इङ्ल्याण्डलाई ६ विकेटले पराजित गर्न सफल. Perhaps you would like to add one of your own?