एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा केन्द्रीय सचिव सिपि गजुरेलले एकै मन्चबाट माओवादी कुनै पनि हालतमा नफुट्ने दाबी गरेका छन्। वीरगंजमा आइतबार पार्टी भोजपुरा राज्य समितिले आयोजना गरेको चियापान कार्यक्रममा माओवादी नेताहरुले यस्तो धारणा व्यक्त गरेका हुन्। अध्यक्ष प्रचण्डले माओवादीमा बैचारिक मतभेद भएपनि पार्टी कुनै पनि हालतमा नफुटने दाबी गर्नुभयो। उहांले शान्ति र संविधानलाई [...]
नेपाल फुटबल संघ कास्कीको आयोजनामा कार्तिक २२ गते देखि मंसिर तीन गतेसम्म पहिलो अन्तर्राष्ट्रिय सफल पोखरा कप फुटबल प्रतियोगिता हुने भएको छ। अखिल नेपाल फुटबल संघको संरक्षकत्वमा हुने ११ दिने प्रतियोगितामा नेपालका ८ ए डिभिजन क्लव र बंगलादेश, भारत र भुटानका ए डिभिजन क्लवले सहभागिता जनाउने आयोजकले बताएको छ। कुल १२ टिमको सहभागता रहने प्रतियोगिताको [...]
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बिपा सम्झौताका बारेमा भइरहेका नकारात्मक टिप्पणीहरु वास्तविकतामा आधारित नरहेको बताउनुभएको छ। आज बसेको व्यवस्थापिका संसदको बैठकमा आफ्नो भारत भ्रमणका बारेमा जानकारी गराउदै प्रधानमन्त्री भट्टराईले विपा सम्झौता भएपछि नेपालमा भारतीय लगानीका लागि आवश्यक वातावरण तयार भएको बताउनुभयो। आफूले भारत भ्रमणका क्रममा गरेका सम्झौताहरुले राष्ट्रियतामा कुनै असर नपार्ने दाबी गर्दै प्रधानमन्त्री भट्टराईले पार्टीगत [...]
अहिले नेपाली कांग्रेस भित्र आन्तरिक गुटबन्दी र आरोप प्रत्यारोपको राजनीति उत्कर्षमा पुगेको छ। एक पक्षले अर्को पक्षलाई गुटबन्दी गरेको आरोप प्रत्यारोपमा रुमल्लिरहेका कांग्रेस शीर्ष नेताहरु अहिले आएर एउटै मञ्चमासमेत नअटाउने भएका छन्। राजधानीमा सोमवार आयोजना गरिएको एक कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपाली कांग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवा र अतिथिको रुपमा कांग्रेस महामन्त्री प्रकाशमान सिंहलाई [...]
आज राष्ट्रिय पोलियो दिवस मुलुकभर विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइंदै छ। राष्ट्रिय पोलियो दिवसको अवसरमा राजधानीमा आज राष्ट्रिय खोप कार्यक्रम नेपालले पोलियो रोग सम्बन्धि एक कार्यक्रमको आयोजना गरेको छ। पूर्ण खोप, सुरक्षित भविष्य भन्ने मुलनाराका साथ देशभरका एक बर्षमुनिका बालबालिकाहरुलाई पोलियो रोगबाट बचाउन पोलियो खोप लगाइंदैछ। बालबालिका जन्मेदेखि एक बर्षसम्म विभिन्न रोग विरुद्ध ८ ओटा [...]
नेपाल मजुदर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले बीपा सम्झौताले भारतले नेपाललाई अर्ध उपनिवेश बनाउन सक्ने बताउनु भएको छ। आफ्नै निवास भक्तपुरमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष विजुक्छेले भारतसंगको बीपा सम्झौता भारतले विगतमा माओवादीलाई पालनपोषण गरेको र हातहतियार सहयोग गरेको व्याज सहित असूल गर्न गरिएको बताउनुभयो। उहाले संझौताबाट भारतले चीनमा सन् १८४० मा अरु देशले उपनिवेस बनाए [...]
पांच एकदिवसिय क्रिकेट म्याचको शृंखला कब्जा गरिसकेको भारतले चौथो एकदिवसिय म्याचमा पनि इङ्ल्याण्डलाई ६ विकेटले पराजित गर्न सफल भएको छ। जितपछि भारत शृंखला ह्वाइट वासको नजिक पुगेको छ। इङ्ल्याक्ण्ड भ्रमणमा लज्जास्पद पराजयको सामना गरेको भारतले घरेलु मैदानमा भने त्यसैको बदलाको नजिक पुगेको छ। गएराती मुम्बईमा भएको खेलमा इंङ्ल्याण्डले दिएको २ सय २१ रनको विजयी लक्ष्य [...]
वि.स. २०५७ सालमा स्थापना भएको सशस्त्र प्रहरी बल आजदेखि दसौं वर्ष पूरा गरि एघारौं वर्षमा लागेको छ। अर्ध सैनिक बलका रुपमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सशस्त्र प्रहरी बलको स्थापना गर्नुभएको थियो। देशमा चलिरहेको युद्धमा माओवादी विरुद्ध प्रयोग गर्ने उद्देश्यका साथ नेपालमा सशस्त्र प्रहरी बल गठन भएको हो। २०५७ सालको माघमा तत्कालीन सरकारले अध्यादेश जारी गर्दै [...]
चितवनको भरतपुरस्थित नेपाल टेलिकमको दूरसञचार कार्यालयमा आज बिहानै आगलागी भएको छ। कार्यालयमा रहेको मुख्य उपकरण रेकि फायरमा अत्याधिक विद्युत प्रवाह भएका कारण आगलागी भएको हो। बिहानै भएको आगलागी स्थानिय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो। दूरसञ्चार कार्यालयले तीन घन्टाभित्र सो उपकरण मर्मत नभए चितवनमा सबै दूरसञ्चारका सेवाहरु ठप्प हुने बताएको छ। सो उपकरण मर्मतको [...]
डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको शीर्षस्थानको यात्रा कायमै राखेको छ। गएराती ओल्ड ट्रयाफडमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड सिटीसग ६–१ गोल अन्तरले पराजित भएको हो। जितसंगै तालिकामा सिटीले नौ खेलबाट २५ अंक बनाएर युनाइटेडसंगको दूरी ५ अंकले बढाएको छ। पछिल्लो संस्करणको विजेता म्यानचेस्टर युनाइटेड भने तालिकामा २० अंक बनाएर दोस्रो [...]