इजिप्ट सरकारद्धारा छानबिन सरु

Written by admin. Posted in विदेश

Published on October 11, 2011 with

इजिप्टमा भएको हिंसाका कारण अमेरिकाले चिन्ता जनाईरहदा इजिप्ट सरकारले घटनाको छानबिन गर्न निर्देशन दिएको छ। एक दिनअघि अल्पसंख्यक काप्टिक इसाईको समूहमाथि हमला हुंदा कम्तीमा २४ जनाको मृत्यु भएको थियो भने दुई सय भन्दा बढि घाईते भएका थिए। सुरक्षाकर्मीहरुले आफूहरुमाथि बम प्रहार भएपछि दोहोरो भिडन्त भएको बताएका छन् भने इसाईहरुले घुसपैठलाई रोक्न सुरक्षाबल असफल भएको भन्दै आपत्ति जनाएका छन्।

मृतकहरुको अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित हजारौं इसाईहरु सुरक्षाकर्मीप्रति आक्रोशित देखिएपछि सरकारले छानबिनका लागि निर्देशन दिएको हो। सत्ताधारी सैन्य परिषद्ले घटनाप्रति घुसपैठ जिम्मेवार रहेको भन्दै त्यसलाई छानबिन गर्ने बताएको छ। यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत घटनाप्रति दुख ब्यक्त गर्दै संयम रहेर तोकिएको समयमा निर्वाचन गर्न समेत आग्रह गरेका छन्। इजिप्टमा आउंदो २८ नोभेम्बरमा आमनिर्वाचन हुंदैछ।

facebook comments:

Leave a Comment