कोजाग्रत पूर्णिमाको अवसरमा जनकपुरमा कोजागरा महोत्सवको आयोजना गरिएको छ। जनकपुरको प्रसिद्ध जानकी मन्दिरको प्राङ्गणमा भएको महोत्सवमा सहभागी हुन नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु आएका छन्। महोत्सवका अवसरमा महोत्तरीको रतौलीबाट एक सय एक वटा पाहुर जानकी मन्दिरमा ल्याइएको छ। पाहुर ल्याएका रतौलीवासीलाई जनकपुरको रामानन्द युवा क्लबले स्वागत गरेको थियो।
मोरङको दुलारी र सुन्दरपुर गाविसको वीचमा रहेको बासबारीमा दसैंको सप्तमीदेखि फैलिएको झाडापखला अझैसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। झाडा पखाला नियन्त्रण नभएपछि स्थानिय स्वास्थ्य चौकीका चिकित्सकहरुले जनचेतनामुलक कार्यक्रम सुरु गरेका छन्। सोमबार स्वास्थ्य शिविर आयोजना गरेको दुलारी स्वास्थ्य चौकीले मंगलबार भने स्वास्थ्य परीक्षणसंगै जनचेतनामूलक कार्यक्रम गरेको छ। दुलारी स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण अधिकारीका अनुसार गाउमा [...]
पर्साका प्रहरी उपरीक्षक रमेश खरेलविरुद्ध भूमि सुधार मन्त्री प्रभु साहका समर्थकहरुले वीरगंजमा प्रदर्शन गरेका छन्। सचेत नागरिक समाज वीरगंज पर्सा नामक संस्थाको नामबाट प्रदर्शन गरिएको हो। उनीहरुले विरोध जुलुश निकाल्नुका साथै कोणसभा समेत गरेका छन्। बिहान करिब ११ बजे रानीघाट पुलबाट निकालिएको जुलुश नगरको विभिन्न भागको परिक्रमा गर्दै घण्टाघर चोकमा पुगी कोण सभामा परिणत भएको [...]
त्यस्तै, एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले आज बिहानदेखि रौतहटको सदरमुकाम गौरमा गरेको यातायात अवरुद्धका कारण जनजीवन प्रभावित बनेको छ। पर्सा प्रहरीले भूमिसुधार मन्त्री प्रभु साहमाथि हत्याको आरोप लगाउँदै मुद्दा चलाउने तयारी गरिरहेकोले त्यसको खारेजीको माग गर्दै माओवादी कार्यकर्ताहरुले यातायात अवरुद्ध गरेका हुन्। स्थानीय वीपी चोकमा भेला भएका माओवादी कार्यकर्ताहरुले सडकमा ढुङ्गा राखेर यातायात अवरुद्ध गरेका छन्। [...]
सुनसरी जिल्ला अस्पतालको भवन निर्माण सम्पन्न भएको अढाइ वर्षमा पनि हस्तान्तरण हुन सकेको छैन। सदरमुकाम दक्षिणका एक दर्जन बढी गाविसका सेवाग्राहीलाई सेवा दिने जिल्ला अस्पताल अस्तव्यस्तताका कारण आफै बिरामी परेको छ। भौतिक सुविधा भएपनि राम्रो व्यवस्थापन नहुँदा यत्रतत्र फोहोर छरिएका छन् भने दुर्गन्धका कारण बिरामीहरु जिल्ला अस्पताल छाडेर राम्रो उपचार खोज्दै धरान र विराटनगर धाउने [...]
राजकिय भ्रमणका लागि कतारको राजधानी दोहा पुग्नु भएका राष्ट्रपति डाक्टर रामवरण यादवले आज कतारका आमिर शेख हमाद बिन खलिफा अलथानीसंग भेटघाट गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति यादवले आज अबेर नेपाली समय अनुसार सांझ आठ बजे अलथानीसंग भेटघाट गर्नुहुनेछ। सो क्रममा द्विपीय हितका विषयमा छलफल हुने र सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ। पर्यटन [...]
इजिप्टमा भएको हिंसाका कारण अमेरिकाले चिन्ता जनाईरहदा इजिप्ट सरकारले घटनाको छानबिन गर्न निर्देशन दिएको छ। एक दिनअघि अल्पसंख्यक काप्टिक इसाईको समूहमाथि हमला हुंदा कम्तीमा २४ जनाको मृत्यु भएको थियो भने दुई सय भन्दा बढि घाईते भएका थिए। सुरक्षाकर्मीहरुले आफूहरुमाथि बम प्रहार भएपछि दोहोरो भिडन्त भएको बताएका छन् भने इसाईहरुले घुसपैठलाई रोक्न सुरक्षाबल असफल भएको भन्दै [...]
लण्डनमा चलिरहेको अदालती कारवाही अन्तरगत एक क्रिकेट एजेन्टले पाकिस्तानका खेलाडीमात्र नभएर अष्ट्रेलियाका खेलाडीहरु पनि म्याच फिक्सिङमा संलग्न हुने गरेको बताएका छन्। पाकिस्तानका खेलाडीद्वय सलमान बट र मोहम्मद आसिफको मुद्दामा अदालती बहस भईरहंदा म्याच फिक्सिङ गराएका मजहर मजीदको गोप्य अडियो रेकर्डिङ सुनाईएको थियो। सो अडियोमा एक पत्रकारसंग कुरा गर्दै मजीदले पाकिस्तानका खेलाडीहरुमात्र नभएर अष्ट्रेलियाका खेलाडीहरु पनि [...]
नाबालकलाई अपहरण गरेको आशंकामा एक भारतिय नागरिकलाई बांके प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको छ। बांकेको जयसपुरका गाउंलेले कुटपिट गरिरहेको अवस्थामा भारतिय सिमासंग जोडिएको सिमा प्रहरी चौकी जयसपुरले भारत पलिया घर भएका सर्पु अलिलाई पक्राउ गरेको हो। अलीलाई सिमावर्तीे जयसपुरका जगन्नाथ कहारका ५ वर्षिय छोरा छवीलाललाई अपहरण गरि भारत लैजान लागेको आरोप लागेको छ। उनलाई गाउंलेले कुटपिट [...]
न्यूजील्याण्डको समुन्द्री तटमा फंसेको जहाजबाट करीब ३० टन तेल पोखिएको न्यूजिल्याण्डका अधिकारीहरुले बताएका छन्। गत बुधबारदेखि ३ सय ५० टन तेल बोकेको कार्गो जहाज न्यूजिल्याण्ड नजिकको समुन्द्र क्षेत्रमा फंसेको थियो। सो जहाजबाट तेल निकाल्ने काम सुरु भएको भएपनि खराब मौसमका कारण पूरै तेल निकाल्न नसकेको न्यूजिल्याण्डका अधिकारीहरुले बताएका छन्। जहाज फंसेको क्षेत्र वञ्यजन्तु तथा सुन्दरताका [...]