त्यस्तै, सभामुख सुवास नेम्वाङले पनि राजनीतिक परामर्शलाई तीव्रता दिनुभएको छ। केही दिनदेखि उच्च राजनीतिक नेतृत्वसंगको भेटवार्तालाई तीव्रता दिनुभएका सभामुख नेम्वाङले आज नेपाली कांग्रेसका सभापति सुशील कोइरालासंग भेटवार्ता भयो। कोइरालासंगको भेटका लागि कोइराला निवास महाराजगन्ज पुग्नु भएका नेम्वाङले संविधान निर्माणका विवादित विषय र शान्तिप्रक्रियामा सहमति जुट्न बांकी विषयमा छलफल गर्नु भएको थियो।
छिट्टै सहमति गरी शान्ति र संविधान निर्माण प्रक्रियालाई गति दिन नेम्वाङले कोइरालासंग आग्रह गर्नु भएको थियो। कोइरालाले भने प्रमुख दलका शीर्ष नेतृत्व तहमा छलफल हुन लागेको र त्यसपछि विवादित विषयमा टुङ्गो लाग्ने बताउनुभएको थियो। नेम्वाङले यसअघि नै प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, एमाले अध्यक्ष झलनाथ खनालसंग भेटवार्ता गरिसक्नु भएको छ।










There are currently no comments on सुवास नेम्वाङ र सुशील कोइरालाबीच भेटवार्ता. Perhaps you would like to add one of your own?