एकीकृत नेकपा माओवादीका नेता नेत्र विक्रम चन्दले संस्थापन पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले पार्टी विचलनतर्फ अघि बढेको संकेत गरेको बताउनु भयो। सोमवार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले फरक विचार राख्नेहरुलाई नसमेटी एकलौटी रुपमा राष्ट्रिय भेलाको आयोजना गर्नु नै पार्टी विचलनतर्फ गएको संकेत गरेको बताउनु भएको हो।
उहाँले २९ गतेको भेला पार्टी मान्यता विपरीत रहेको जिकिर गर्दै सो भेलामा आफूहरु कुनै पनि हालतमा सहभागि नहुने बताउनु भयो। सोही कार्यक्रममा नेता चन्दले चार बुँदे सहमति गरेर प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गल्ति गरेको र पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका सबैलाई एकताबद्ध गर्न नसकेको आरोप लगाउनु भयो। २८ गते हुने बैद्य पक्षको भेलाले पार्टीमा फुटको सिर्जना नगरी पार्टीको आधिकारिक निर्णयहरुको समीक्षा गर्ने उहाँको भनाइ थियो।









There are currently no comments on राष्ट्रिय भेलाले पार्टी विचलनतर्फ अघि बढेको संकेत : विक्रम चन्द. Perhaps you would like to add one of your own?