भारत भ्रमणमा रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीसंग भेटवार्ता गर्नुभएकेा छ। नयां दिल्लीस्थित नेता आडवाणीको निवासमा भएको भेटवार्तामा नेपालको समसामयिक अवस्था, आपसी सम्बन्ध बिस्तार लगायतका बिषयमा छलफल भएको राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो। अमेरिकाको न्युयोर्कमा आयोजना हुने दक्षिण एशियाली सुरक्षा सम्मेलनमा भाग लिन जाने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा नयां दिल्लीमा हुनुहुन्छ। नयां दिल्लीमा उहांले भारतीय अन्य नेताहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम छ।









There are currently no comments on कमल थापा र लालकृष्ण आडवाणीबीच भेटवार्ता. Perhaps you would like to add one of your own?