नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर सशांक कोईरालाले नेपालमा नेतृत्व गर्ने नेताको अभाव भएको बताउनुभएको छ। नेपाल शिक्षक संघ काभे्रद्वारा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोईरालाले विपीको देहान्त पश्चात नेपालमा राज नेताको अभाव भएको ठोकुवा गर्नुभएको हो। उहांले विपी कोईरालाको देहान्त पश्चात नेपालमा कुनै पनि पार्टीमा नेतृत्व गर्न सक्ने नेता नभएको समेत दाबी गर्नुभयो। नेतृत्व अभावकै [...]
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले खाडी मुलुकमा नेपाली कामदारको सुविधा र सुरक्षाका लागि आज विभिन्न मन्त्रालयका सचिवहरुसंग छलफल गर्ने तयारी गर्नुभएको छ। आफनो कार्यकाललाई ब्यस्त बनाएर राम्रा काम गर्ने सोच बनाउनुभएका प्रधानमन्त्री भट्टराईले आज खाडी मुलुक कार्यरत नेपालीको अबस्थाबारे बुझ्ने प्रयास गर्नुभएको हो। उहाँले श्रम मन्त्री, सचिव तथा परराष्ट्र मन्त्रालयका सचिवसंग सो विषयमा छलफल गर्ने तयारी [...]
कैलालीका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा प्रमुखहरुले आज बिहानै धनगढीस्थित सीमाक्षेत्रको सुरक्षस्थितिका बारेमा अवलोकन गरेका छन्। प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमय, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त पन्त र सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नवराज अर्यालले सीमा क्षेत्रको निरीक्षण गर्नुभएको हो। बिहानै पुगेका सुरक्षा अंगका प्रमुखहरुसहितको टोलीले भारतबाट [...]
युद्धमा फसिरहेको लिबियामा सरकार संचालनका लागि गठित अन्तरिम राष्ट्रिय परिषद प्रसासनका प्रधानमन्त्री महमुद जिबरीलले जनताका लागि तत्काल राहातका प्याकेजहरु घोषणा गर्नुभएको छ। पछिल्लो एक महिना यता प्रसासक कर्णेल मोहम्मद गद्दाफीको विरुद्ध चलेको भिषण आक्रमणका क्रममा लिबियामा जनताहरु पिल्सिरहेका छन्। उनीहरुलाई राहात दिन वर्तमान अन्तरीम प्रसासकका प्रधानमन्त्री जिबरीलले आर्थिक प्याकेजको घोषणा गर्नुभएको हो। उहाले संघर्षमा मारिएका [...]
नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले भातृसंगठनको विवादले पार्टी विभाजन नहुने बताउनु भएको छ। हिमालय टेलीभिजनसंग कुराकानी गर्दै उहांले सहमति खोज्ने मध्यमार्गी उपाय समेत नमानेकाले समस्या उब्जिएको तर्क गर्नुभयो। भातृसंगठन पुनःस्थापनाको विकल्प नरहेको जिकिर गर्दै उहांले समस्या समाधानका लागि सभापति सुशील कोईरालाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। दश दिनसम्म पनि पार्टी सभापतिले आफ्नो हठ नत्यागेका कारण [...]
सुनसरीको धरान स्थित आन्टी होटलमा बिहिवार बेलुकी भएको आगलागीमा १८ लाख भन्दा बढीको क्षती भएको छ। विद्युत सर्ट भएर विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मूल गेट अगाडीको इन्द्रधन लिम्बूको घरमा रहेको सो होटलमा आगलागी भएको हो। घरधनी इन्द्रहाङ लिम्बुको काठको घर जलेर नष्ट भएको छ भने छेउका केही घरमा समेत क्षती पुगेको छ। धरान नगरपालिकाको [...]
केन्द्रीय सदस्यबाटै राजीनामा दिनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले राजीनामा फिर्ता नलिने घोषणा गर्नुभएको छ। भ्रातृसंस्था विघटनको नि4र्8ँयविरुद्ध आमरण अनशनमा बसेका आफू पक्षीय कार्यकर्ताहरुसंग भेटघाट गरेपछि बोल्दै वरिष्ठ नेता देउवाले आफ्नो राजीनामा फिर्ता नलिने बताउनुभएको हो। उहांले विजयादशमीको अवधिभर कुनै दबावका कार्यक्रम नगर्ने तर दसैंपछि देशभर नै सभापतिको एकलौटीपन विरुद्ध अभियान थाल्ने बताउनुभयो। आफ्नै [...]
लगातार दुई खेलमा हार ब्यहोरेको च्याम्पियनस् लीग टि ट्वान्टी क्रिकेटमा कोलकाता नाईट राईर्डस्ले तेस्रो खेलमा आएरमात्रै जितको खुसी मनाएको छ। गएराती बेंग्लोरस्थित चिन्नास्वामी क्रिकेट मैदानमा कोलकाताले घरेलु टोली रोयल च्यालेन्जर्स् बेंग्लोरलाई नौ विकेटले पराजित गरेको हो। अघिल्ला दुई खेलमा पराजयको कारण आलोचनाका सिकार भईरहेका कप्तान गौतम गम्भिर र ज्याक कालिसले १ सय नौ रनको शतकीय [...]
यातायात व्यवसायीको गलत प्रवृत्तिका कारण अरनिको राजमार्ग अन्तर्गत सञ्चालन हुने दोलखा, सिन्धुपाल्चोक, रामेछाप र ओखलढुङ्गा लगायत जिल्लाका यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य भएका छन्। काठमाडौंको पुरानो बसपार्कबाट सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओखलढुङगा लगायतका जिल्लाहरुमा अरनिको यातायात सञ्चालन हुने गरेको छ। दसैंमा घर जाने यात्रुहरुका लागि सहज रुपमा गाडीको सिट नपाउंदा यात्रुहरु छतमा बसेर यात्रा गर्न [...]
गएराति कैलालीको अत्तरिया धनगढी सडकखण्डमा सवारी दुर्घटना हुँदा दुईको मृत्यू भएको छ भने एक गम्भिर घाइते भएका छन्। मृत्यू हुनेमा धनगढी नगरपालिका–५ हसनपुरका नारायण जोशी र दोधारा गाविस सडकपुर बौनियाँकी लक्ष्मी शाही रहेकी छन्। जोशीसंगै मोटरसाइकलमा रहेकी शाहीको विपरित दिसाबाट आईरहेको टेम्पोसँग ठोक्किदा गेटा गाविसको गेटीमा सो दुर्घटना भएको थियो। घटनामा परी गम्भिर घाइते भएका [...]