युद्धमा फसिरहेको लिबियामा सरकार संचालनका लागि गठित अन्तरिम राष्ट्रिय परिषद प्रसासनका प्रधानमन्त्री महमुद जिबरीलले जनताका लागि तत्काल राहातका प्याकेजहरु घोषणा गर्नुभएको छ। पछिल्लो एक महिना यता प्रसासक कर्णेल मोहम्मद गद्दाफीको विरुद्ध चलेको भिषण आक्रमणका क्रममा लिबियामा जनताहरु पिल्सिरहेका छन्। उनीहरुलाई राहात दिन वर्तमान अन्तरीम प्रसासकका प्रधानमन्त्री जिबरीलले आर्थिक प्याकेजको घोषणा गर्नुभएको हो।
उहाले संघर्षमा मारिएका परिवारलाई मासिक ३ सय २० डलर भत्ता दिने घोषणा गर्नुभएको हो। सो क्रममा उहाले युद्धमा लडेकाआफना सेनालाई भने त्यो भन्दा केही बढि भत्ता दिने समेत बताउनुभएको छ। उहाले देशमा आयात भएका खाद्यपदार्थमा आयात कर छुट गर्ने तथा स्वास्थ उपचारमा विशेश ध्यान दिने समेत बताउनुभएको हो। उहाले घाईतेहरुको बेलायत, अमेरिका र फ्रान्समा उपचारको ब्यवस्था गर्ने समेत बताउनुभएको छ।









There are currently no comments on लिबियाका अन्तरीम प्रधानमन्त्री जिबरीलद्वारा जनतालाई राहातका कार्यक्रमको घोषणा. Perhaps you would like to add one of your own?