गएराति कैलालीको अत्तरिया धनगढी सडकखण्डमा सवारी दुर्घटना हुँदा दुईको मृत्यू भएको छ भने एक गम्भिर घाइते भएका छन्। मृत्यू हुनेमा धनगढी नगरपालिका–५ हसनपुरका नारायण जोशी र दोधारा गाविस सडकपुर बौनियाँकी लक्ष्मी शाही रहेकी छन्। जोशीसंगै मोटरसाइकलमा रहेकी शाहीको विपरित दिसाबाट आईरहेको टेम्पोसँग ठोक्किदा गेटा गाविसको गेटीमा सो दुर्घटना भएको थियो। घटनामा परी गम्भिर घाइते भएका टेम्पो चालकलाई थप उपचारका लागि लखनऊ रिफर गरिएको प्रहरीले जनाएको छ।










There are currently no comments on कैलालीको अत्तरिया धनगढी सडकखण्डमा सवारी दुर्घटना : २ को मृत्यू. Perhaps you would like to add one of your own?