प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले तराइ मधेश लोकतान्त्रिक पार्टी नेपालका नेता दानवहादुर चौधरीलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री नियुक्त गर्नुभएको छ। नव नियुक्त मन्त्री चौधरीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथ लिनुभएको छ। चौधरी कपिलबस्तुवाट प्रत्यक्ष निर्वाचित सभासद हुनुहुन्छ। उहां यस अघि माधवकुमार नेपाल नेतृत्वको सरकारमा उद्योग राज्यमन्त्री हुनुहुन्थ्यो। राज्यमन्त्रीहरुको शपथ [...]
राष्ट्रपति डाक्टर रामवरण यादवले धेरै उतार चढावले अहिलेको राजनितिक परिर्वतन भएको स्मरण गर्दै शान्ति र संविधानमा केन्द्रीत हुन सबैलाई आग्रह गर्नुभएको छ। राजधानीको त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पतालको परिसरमा नवनिर्मित आकस्मिक भवन उद्घाटन तथा गणेशमान सिंहको शालिक अनावरण कार्यक्रममा राष्ट्रपति डाक्टर यादवले मुलुकमा स्थिर राजनीतिक अवस्था भए विकास निर्माणका साथै स्वास्थ्य सेवाले द्रुत विकास गर्ने बताउनुभयो। [...]
चार दिनअघि घरवाट अपहरणमा परेका बाके फत्तेपुर खल्लाटेपरीका १७ बर्षिय सन्तोष पौडेलको अवस्था अझै अज्ञात छ। हतियारधारी एक समुहले सिद्धेश्वर उच्च माविमा कक्षा १० मा अध्ययनरत पौडेललाई घरबाटै अपहरण गरि लगेको थियो। अपहरणपछि सम्भावित क्षेत्रमा निगरानी बढाएर फत्तेपुरका बासिन्दाले रातदिन खोजि गरिरहेको अपहरितका दाजु प्रदिप पौडेलले बताउनुभयो। पौडेलको अपहरणपछि घर परिवारमा रुवावासी छ। परिवारका अनुसार [...]
फ्रान्सलाई दुई एकले हराउदै राफेल नाडाल र डेभिड फेररले स्पेनलाई डेभिस कप टेनिस प्रतियोगिताको फाइनल यात्रामा अग्रता बनाएका छन। यूएस ओपन टेनिस प्रतियोगिताको फाइनलमा नोभाक जोकोभिकसंग पराजित भएपछि उपाधिबाट बञ्चित भएका नाडालले सेमिफाइनलमा फ्रान्सका रिचार्ड ग्यास्कोयटलाई छ तीन, छ शुन्य र छ एकको सोझो सेटमा पराजित गरे भने डेभिड फेररले गिल्स सिमोनलाई छ एक छ [...]
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सनफ्रानसिस्कोमा शनिबार नेपाल पर्यटन वर्ष दुई हजार एघारलाई सघाउने उद्देश्यले एक सांस्कृतिक झांकीयुक्त प्रदर्शनीको आयोजना गरियो। अमेरिकाको बे एरियामा सक्रिय मदरल्याण्ड नेपालको नेतृत्व तथा सो क्षेत्रमा कार्यरत करिब तीस नेपाली संस्थाको सहयोगमा सञ्चालित सो झांकीयुक्त जुलुसमा लाखे नाच, नेवारी, तामाङ र दौरा सुरुवालमा सजिएका करिब दुई सय नेपालीको सहभागिता थियो। पावल स्टि्रट [...]
इंग्लीस प्रिमियर लिग अन्तरगत गएरातीको खेलमा आर्सनल ब्ल्याकबर्नसंग पराजित हुँदा एभरटनले विगानलाई स्तब्ध पारेको छ। गएराती सम्पन्न खेलमा आर्सनल ब्ल्याकबर्नसंग ४–३ गोल अन्तरले पराजित भएको हो। हारसगै आर्सनल लिग तालिकामा १५ औं स्थानमा रोकिन पुगेको छ भने जित हात पारेको ब्ल्याकबर्न १४ औं स्थानमा छ। ब्ल्याकबर्नलाई जित दिलाउन याकुबुले दुई गोल गरेका थिएभने आर्सनलले दुई [...]
आधुनिक नेपालको जग बसालको शाहवंशीय राजतन्त्रको उदय पश्चिमी जिल्ला गोरखाको लिगलिग कोटबाट भएको थियो। इतिहासको साक्षी तथा सौन्दर्यको खानी लिगलिग जगेर्ना र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। लिगलिगकोट नजिकैको बेलबास गाउंका बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि भने सो ठाउंले मुहार फेर्ने स्थानीयवासीले अपेक्षा गरेका छन्। बाइसे चौविसे राज्यमा नेपाल विभाजित हुंदा गोरखा पाल्पाली राजा मुकुन्दसेनको अधिनमा [...]
सुनसरीको इटहरीमा पूर्वाञ्चल स्तरीय लोक गीत प्रतियोगीतामा ६ जना कलाकारलाई सम्मान गरिएको छ। नेपाली कला, संस्कृति र साहित्यको जर्गेना गरी श्रष्ठालाई सम्मान गरौ भन्ने नाराका साथ दुई दिन गरिएको महोत्सवमा कलाकारहरुलाई सम्मान गरिएको हो। सम्मानित हुनेमा धरानका कृष्ण लावती, इलामका देवीप्रसाद गौतम, संखुवासभाका तारा बुढाथोकी, उदयपुरका शैलेन्द्र खतिवडा, धनकुटाका कुन्दन राई र मोरङका रामकुमार राई [...]
एकीकृत माओवादी सभासद् गुणाखर बस्यालले संविधानसभा सदस्य पदबाट राजीनामा दिनुभएको छ। केहि समयदेखि पार्टीको सम्पर्कमा नरहनुभएका सभासद गुणाखर बस्याललाई बहुविवाहको आरोप लागेको थियो। बहुविवाहको आरोप लागेपछि उहांले आज माओवादी संविधानसभा दलको कार्यालय सिंहदरवारमा फ्याक्स मार्फत राजीनामा बुझाउनुभएको हो। उहां पर्वत क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद हुनुहुन्छ।
आज असोज १ गते। २०२२ सालदेखि निर्माण शुरु भएको नेपाली चलचित्रको सम्झना गर्दै आजको दिनलाई चलचित्रकर्मीले राष्ट्रिय चलचित्र दिवसका रुपमा मनाउने भएका छन्। नेपाली चलचित्रको साढे चार दशकिय इतिहासमा शुभारम्भको रुपमा राष्ट्रिय चलचित्र दिवस २०६८ मनाउन थालिएको हो। विदेशमा छायांकन भएको पहिलो चलचित्र सत्य हरिश्चन्द्र र नेपालमै निर्माण भएको चलचित्र आमाको प्रदर्शन असोज महिनामै भएका [...]