Articles Posted on September 16th, 2011

  • book-bimochan

    पुस्तक विमोचन

    युवा लेखक लक्ष्मण भणडारीद्वारा लिखित सनातन जीवन दर्शन नामक पुस्तकको आज सार्वजनिकीकरण गरिएको छ। पशुपतिनाथ स्थित शंकराचार्य मठमा डा.रामानन्द गिरिले पूर्वीय जिवनमूल्यमा आधारित विषय र सन्दर्भहरुको वैज्ञानिक विश्लेषण गरिएको सो कृतिसार्वजनिक गर्नुभएको हो। राजर्षि जनक स्मृतिकोषले आयोजना गरेको सो कार्यक्रममा वेदान्त दर्शनको क्षेत्रमा पुर्‍याएको योगदानका लागि दामोदर चालिसेलाई ५० हजार नगदसहित सम्मान गरिएको थियो।

  • sikskya

    सुनिश्चितता र गुणस्तरीय शिक्षा भन्ने मुल नाराका साथ तेस्रो महाधिबेशन सुरु

    शैक्षिक तर्दथवादको अन्त्य, पेशागत, सुनिश्चितता र गुणस्तरीय शिक्षा भन्ने मुल नाराका साथ नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनको तेस्रो महाधिबेशन सिरहाको लहानमा आजदेखि सुरु भएको छ। अधिवेशनमा देशभरिका उच्च माबि शिक्षकहरुको सहभागिता रहेको छ। यूनियनका अध्यक्ष डिल्लीराम सिग्देलले अधिवेशनमा उच्च माविमा कार्यरत शिक्षकको हक हितका लागि भावी कार्य योजना बनाउने सम्बन्धमा छलफल हुने जानकारी दिनुभयो। [...]

  • government-of-montenegro

    क्षेत्रीय ऋण संकटका विषयमा युरोपेली अर्थमन्त्रीहरुको बैठक

    युरोपेली अर्थमन्त्रीहरुको बैठक क्षेत्रीय ऋण संकटका विषयमा छलफल गर्न पोल्याण्डमा बस्दैछ। बैठकमा अमेरिकी अर्थमन्त्री टिमोथी गिथनर पनि सहभागी हुदैछन्। टिमोथीले युरोपमा रहेको वित्तीय क्षेत्रको समस्या बाहिर पनि संक्रमित नहोस् भन्नेमा आफू सजग रहेको बताउनुभएको छ। यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले युरोजोनका सत्र राष्ट्रहरुलाई ऋण संकटको विषय आपसी छलफलबाट समाधान गर्न सुझाव दिनुभएको छ। यो बैठक [...]

  • korean-ambassador-for-nepal

    नेपालका लागि कोरियाका राजदूत किम इल डुद्बारा ओहोदाको प्रमाणपत्र पेश

    राष्ट्रपति डाक्टर रामबरण यादवसमक्ष नेपालका लागि नव नियुक्त कोरियाका राजदूत किम इल डु ले आज ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा नवनियुक्त राजदूत डुले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो। सो समारोहमा प्रधानसेनापति छत्रमान सिंह गुरुङ, राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपाने, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव दुर्गाप्रसाद भट्टराइ लगायतको उपस्थिति थियो।

  • nepal-jacees

    नेपाल जेसिजको दुई दिने क्षेत्रीय सम्मलेन भक्तपुरमा सुरु

    नेपाल जेसिजको दुई दिने क्षेत्रीय सम्मलेन भक्तपुरको मध्यपुरथिमिमा आजदेखि सुरु भएको छ। काठमाण्डौं, भक्तपुर, ललितपुर, काभ्रे, लगायत २६ वटा जेसिज शाखाहरुबाट तीन सय जेसीको सहभागिता रहेको कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिइने छ। सहमति, सहकार्य र एकताको आवश्यकता, इमान्दारिता निष्पक्षता र पारदर्शिताको प्रतिबद्धताका बारेमा सहभागीलाई दुईदिनसम्म प्रशिक्षण दिइने जेसिजले जनाएको छ। सम्मेलनको उद्घाट्न गर्दै जेसिजका संस्थापक अध्यक्ष [...]

  • nep-vs-saudi

    नेपाल र साउदी अरेबियाको खेल बराबरीमा सकियो

    नेपालसंग एक एक गोलको बराबरीमा रोकिएपछि समुहको बलियो टिम मानिएको साउदी अरेविया सन् २०१२ मा हुने एफसी अन्डर सिक्सिटिन च्याम्पियनसिपबाट बाहिरीएको छ भने सिरीया र ओमान अन्तिम चरणमा प्रवेश गरेको छन। दशरथ रंगशालामा भएको अन्तिम खेलमा जीतको लक्ष्यका साथ मैदानमा उत्रेको साउदी अरेवियाले सोचे अनुरुप खेलको १२औं मिनेटमा फैसल दरविसले गोल गर्दे सुखद सुरुवात गरेपनि [...]

  • kulbahadur-limbu

    पूर्ण कार्यकारी अधिकार दिनु पर्ने कुलबहादुर लिम्वूको माग

    नेपाल वायु सेवा निगमका महाप्रवन्धक कुलबहादुर लिम्वूले आफूलाई निगममा पूर्ण कार्यकारी अधिकार दिनु पर्ने माग गर्नुभएको छ। आज राजधानीमा पत्रकार सम्मेलन गरि लिम्वुले सर्वोच्च अदालतले पूनः पदवहालिको लागि आदेश दिएपनि मन्त्री परिषद्को निर्णय भन्दै पर्यटन मन्त्रालय र निगम सञ्चालक समितिले काम गर्न नदिएकोमा आपत्ति जनाउनु भयो। लिम्वूले आफूलाई बर्खास्त गर्नु अघि कार्यकारी पदमा नै रहेकोले [...]

  • sambaidhanik-paridan

    खुल्ला प्रतिष्पर्धाबाट पदाधिकारी नियुक्त गरिने

    लामो समयदेखि रिक्त संवैधानिक निकायमा खुल्ला प्रतिष्पर्धाबाट पदाधिकारी नियुक्त गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा आज बसेको संवैधानिक परिषदको बैठकले संवैधानिक निकायमा नियुक्तिका लागि मापदण्ड र आधार सम्बन्धी कार्यविधि पारित गरेपछि नियुक्तिका लागि बाटो खुलेको हो। कार्यबिधि पारित भएपछि छिट्टै संवैधानिक निकायमा नियुक्त गरिने संबैधानिक परिषद्का सदस्य एव बिपक्षी दलका नेता रामचन्द्र पौडेलले [...]

  • hand-washing

    हातधुने दिवस

    संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले विश्व हातधुने दिवसका अबसरमा एक महिने जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ।  आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै युनिसेफले आजैदेखि सुरु हुने गरी हातधुने दिवसका अवसरमा सञ्चालन गरिने चेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो। हरेक बर्षको अक्टोबर १५ लाई विश्व हातधुने दिवसका रुपमा मनाउने गरिन्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका [...]

  • गौरमा अख्तियार दुरुपयोग अनुसंधान आयोगको टोलीद्बारा छानबिन सुरु

    गौरमा अख्तियार दुरुपयोग अनुसंधान आयोगको टोलीद्बारा छानबिन सुरु

    रौतहटको गौर नगरपालिकाको कार्यालयमा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसंधान आयोगको टोलीले आजबाट छानबिन सुरु गरेको छ। गत तीन वर्ष अधि नगरपालिकाले कर्मचारी भर्नाका लागि आह्वान गरेको आन्तरिक पदपूर्तीमा अनियमितता भएकोले परेको रिटको आधारमा अख्तियारले छानबिन सुरु गरेको हो। अख्तियार दुरुपयोग अनुसंधान आयोग काठमाण्डौबाट आएको टोलीले आन्तिरिक पदपूर्तिको उतर पुस्तिका सिल गरी जाँचका लागि [...]