विश्वको कान्छो व्यवसायिक फोटोग्राफर तथा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा कान्छो फोटोग्राफरका रुपमा नाम लेखाएका रिरेन्द्र श्रेष्ठ अहिले विभिन्न सञ्चार माध्यममा छाएका छन्। पन्ध्र महिनाको उमेरबाटनै फोटो खिच्न सुरु गरेका श्रेष्ठले आज बाल दिवसको अवसर पारेर आफ्नो छैठौं फोटो प्रदर्शनि गरेका छन्। सानै उमेरदेखीनै क्यमरा चलाउन उत्साह देखाउन रिरेन्द्रले करिब पच्चिस सय पचासवटा फोटो खिचिसकेका [...]
उत्तर पश्चिमी पाकिस्तानमा एक आदीवासी नेताको अन्त्येष्टिमा बम विष्फोट हुंदा कम्तीमा दशजनाको मृत्यु भएको छ। अफ्गानिस्तानको सीमा नजिक रहेको सैन्य चहलपहल भइरहने गाउँकमा सो विष्फोट भएको बिबिसीले जनाएको छ। घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन। उत्तर पश्चिमी पेशेवार शहरमा छ जनाको हत्या हुनेगरी स्कूल बसमाथि आक्रमण भएको केही दिनपछि नै यो विष्फोट भएको हो।
डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्रीमा निवार्चित भएसंगै उनले देखाएको आर्थिक मितव्ययिताको प्रसंसा भइरहेको छ। प्रधानमन्त्री भए लगत्तै स्वेशमै एसेम्बल गरिएको हुलास मोटर्सको मुस्ताङ म्याक्स चढ्ने निर्णय होस् या सानो टिम लिएर विदेश भ्रमण गर्ने विषय चर्चा र प्रसंशा सबैतिरबाट भइरहेको छ। गत साता उहांले पार्टीको काममा प्रयोग भएको हेलिकप्टरको भुक्तानी पार्टी वा आफू स्वयंले गर्ने उद्घोष [...]
प्रहरीले काठमाण्डौंको बाडभञ्ज्याङ गाविस नागढुंगा चेकपोष्टबाट ठुलो मात्रामा लागू औषध र पटका वरामद गरेको छ। कालीमाटी प्रहरी बृत्तले आज पत्रकार सम्मेलन गरी बरामद सामग्री सहित पक्राउ परेका ६ जना अभियुक्त सार्वजनिक गरेको हो। कालीमाटी प्रहरी बृत्तका प्रहरी नायव उपरीक्षक टेकवहादुर तामाङले पक्राउ परेका अभियुक्तहरुलाई लागू औषध ऐन अनुसार कारबाही हुने जानकारी दिनुभयो। प्रहरी नायव उपरीक्षक [...]
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र आफ्नै पार्टी एकीकृत नेकपा माओवादीका थप नेताहरुलाई समावेश गरी आज मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ। साँचो प्रकरण साम्य नभएसम्म मन्त्रिपरिषद्मा सामेल नहुने वैद्य पक्षको अडान कायमै रहेको अवस्थामा माओवादीले थप मन्त्री पठाउन लागेको हो। अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री भट्टराईबीच उपाध्यक्ष मोहन वैद्य पक्षलाई नसमेटी मन्त्रिपरिषद [...]
वीर अस्पतालमा भएका अनियमितता र अव्यवस्थित कार्यको सात दिन भित्र सरकारलाई चित्त बुझ्दो जवाफ दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले निर्देशन दिनु भएको छ। नेपालका सबैभन्दा ठूलो र पुरानो सरकारी अस्पतालको रुपमा रहेको वीर अस्पतालमा छड्के अनुगमन गर्ने क्रममा अव्यवस्थित र फोहर रहेको पाइएपछि मन्त्री महतोले अस्पताल प्रशासनलाई सो निर्देशन दिनु भएको हो। अनुगमनका [...]
पार्टीभित्रको अन्तरसंर्घषमा विपरीत ध्रुबको नेतृत्व गरिरहनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यले नयां आधारमा एकता भई अगाडि बढ्ने बताउनुभएको छ। काठमाडौंमा आयोजित अन्तर्क्रियामा माओवादी अध्यक्ष दाहालले नयां आधारमा माओवादी एकढिक्का भएर अगाडि बढ्ने दाबी गर्नुभयो। अध्यक्ष दाहालले जनताको परिवर्तनको चाहना, त्याग र वलिदानको सम्बोधन गर्ने गरी शान्तिप्रक्रिया टुङ्ग्याउन चाहेकोपनि बताउनुभयो। शान्तिप्रक्रिया [...]
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन तथा फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजीले कर्णेल गद्दाफी अपदस्थ भएपछि पहिलो पटक लिबियाको भ्रमण गरेका छन्। गद्दाफीलाई अपदस्थ गराउने गरी भएको विद्रोहमा उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको अगुवाई गर्ने मुलुकहरुमा पनि बेलायत र फ्रान्स नै रहेका छन्। उनीहरुले त्रिपोलीमा लिबियाका संक्रमणकालीन सरकार प्रमुख मुस्तफा अब्दुल जलिललाई भेटेका छन्। राजधानी त्रिपोलीपछि विद्रोहकालीन केन्द्र [...]
दसैं र तिहारमा देवीदेवताका मूर्तिहरुको विशेष माग तथा बिक्री हुने भएकाले रौतहटका व्यापारीले भारतीय कालीगढहरु बोलाएर मूर्ति निर्माण गर्न लगाएका छन्। पूजा आयोजक समितिले भारतीय कालीगढलाई ठेक्का दिएर मूर्ति निर्माण गर्न लगाउने गरेका छन्।अहिले रौतहटका दुई दर्जन स्थानमा देवीका मूर्ति वनाउन भारतवाट आएका कालीगढ व्यस्त छन्। दसै तिहारमा विभिन्न देवीदेवताका मूर्ति वढी बिक्री हुने भएकाले [...]
सुरक्षाको माग राख्दै यातायात मजदुरले मेची राजमार्ग बन्द गराएका छन्। बन्दका कारण मेची राजमार्गमा आज बिहानैदेखि सार्वजनिक यातायातका साधन संचालनमा आएका छैनन्। राजमार्गमा केही अराजक समूहले गाडी चालक र मजदुरलाई धम्क्याउने तथा कुटपिट गर्ने गरेका कारण नेपाल स्वतन्त्र मजदुर संगठनले आजदेखि मेचीराजमार्ग अनिश्चितकालिन बन्द गर्नुपरेको बताएको छ। मजदुर संगठनले तोकिएको स्थानमा यात्रु ओराल्न र चढाउन [...]