उच्च माध्यामिक शिक्षा परिषदले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। परिषदका अनुसार यसबर्ष ४५ दशमलब ५६ प्रतिसत विद्यार्थी उतीर्ण भएका छन। यसबर्ष देशभरीबाट २ लाख ३६ हजार ३ सय ३२ विद्यार्थीले परीक्षा दिएकोमा १ लाख ७६ हजार ४ सय २५ विद्यार्थी उतिर्ण भएको परिषदले जनाएको छ।
समान कामको समान ज्यालाको माग गदैं आन्दोलनमा उत्रिएका मणिपाल शिक्षण अस्पताल पोखरामा कार्यरत नेपाली चिकित्सकहरुले माग पूरा नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन्। मणिपाल अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी सघं मणिपाल इकाइका अध्यक्ष डा.कृष्ण कोइरालाले दुइ चार दिनमा माग पूरा नभए अस्पताल प्रशासनमा तालाबन्दी गरिने चेतावनी दिनुभयो। अस्पताल स्थापना कालदेखि नै [...]
उपाध्यक्ष मोहन वैद्य समूहको भेलालाई सम्बोधन गर्न धरान जाने क्रममा अध्यक्ष पुष्पकमल दाहाल पक्षका कार्यकर्ताले सचिव सीपी गजुरेललाई इटहरीमा अवरोध गरेका छन्। संस्थापन कक्षका कार्यकर्ताले सचिव गजुरेल गाडीमा बसेर धरान जाने क्रममा रोकेर केहीबेर प्रदर्शन गरेका थिए। उनीहरुले सहमति विपरीत पार्टी निर्णयलाई चुनौती दिंदै भेलामा हिडेको भन्दै कालोझण्डासमेत देखाएका थिए। विरोध प्रदर्शन हुन थालेपछि प्रहरीेले [...]
आफना आठ मध्ये पाँच सन्तान सुस्तमनस्थितीका भएपछि मोरङ इटहरा सिक्कीमे टोलका तुलसीप्रसाद ढुंगानाको परिवार चिन्तित वनेको छ। दश सदस्यीय यो परिवारका तीन सवलांग छोराछोरीले बावु तुलसी र आमा सिर्जनालाई छाडेर हिडेका छन भने पाँच सुस्त मनस्थितिका सन्तानको हेरचाह गर्न नसक्दा वृद्ध अवस्थामा पुगेका ढुगाना दम्पतीको अनुहारमा हासो खोसिएको छ। अन्न उव्जाउने जमिन पर्याप्त नहुनु, वुढेसकाल [...]
सुनसरीको दुहबीमा वाणिज्य विभाग सहितको अनुगमन टोलीले स्थानीय एक किराना पसलको भण्डार कक्षमा शिलबन्दी गरेको छ। वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय सहितको अनुगमन टोलीले दुहबी बजारमा अनुगमनका क्रममा मिति सकिएका उपभोग्य खाद्य सामग्री भेटिएपछि स्थानीय मारुती ट्रेडर्समा शिलबन्दी गरेको हो। यसअघि सुनसरीको धरानमा काठमाडौं पाउ उद्योगमा वाणिज्य विभागले शिल लगाएको थियो। कतिपय सामग्रीमा उपभोग्य मितिसमेत [...]
बांकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा आक्रमण गरेको आरोपमा पक्राउ परेका विकास गुरुङ हिरासतबाटै फरार भएका छन्। प्रहरी कार्यालय आक्रमणमा संलग्न रहेका भनिएका गुरुङ गएराति कोहलपुर इलाका प्रहरी कार्यालयको हिरासतबाट हतकडीसहित फरार भएको बताइएको छ। भदौ १४ गतेराति अत्याधुनिक हतियारधारी समूहले इलाका प्रहरी कार्यालय कोहलपुरमा अन्धाधुन्ध फायरिङ गरेको थियो। आक्रमणमा संलग्न भएको आरोपमा गुरुङ बांकेको ढकेरीबाट [...]
जिल्ला अनुगमन समितिले भक्तपुरको झौखेलस्थित पांच वटा मिनरल वाटर उद्योगमा अनुगमन गर्दा दुई वटा उद्योगले खाद्य ऐन विपरीत पानी उत्पादन गरिरहेको भेटिएको छ। इभा ब्राण्डमा मिनरल वाटर उत्पादन गर्ने स्वस्तिक बेभरेज प्रालिले दुई वर्षदेखि पानीको परीक्षण नगरी बेच्ने गरेको अनुगमनका क्रममा फेला परेको छ। खाद्य ऐनमा वर्षेनी पानी परीक्षण गराइ अनुमतिपत्र नविकरण गर्नुपर्ने प्रावधान छ। [...]
सरकारले सडकमा जथाभावी ढांट राखि सवारी साधनबाट पैसा असुल्न नपाउने नियम बनाएपनि काठमाण्डौंमा त्यस्को उल्लघन भएको पाइएको छ। काठमाण्डौं सितापाइलामा सितापाइला रामकोट क्षेत्रका लागि पटके सवारी साधन कर निर्वाध रुपमा उठाइरहेको पाइएको छ। जथाभावी पैसा उठाएको भन्दै सवारी साधन संचालकहरुले आक्रोश ब्यक्त गरेका छन्। तर कर संकलन गर्नेहरुले जिल्ला विकास समिति काठमाण्डौंको स्वीकृतिमा कर संकलन [...]
सरकारले एक महिना भित्र उर्जा संकट समाधान गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको हप्ता दिन वित्न नपाउदै लोडसेडिङको समय थप भएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युतको खपत बढेकाले लोडसेडिङको समय बढाउनु परेको बताएको छ। सरकारले जनतालाई राहत दिने भन्दै गत शुक्रबार राहतका कार्यक्रम घोषणा गरेको थियो। राहत घोषणामा बढदो उर्जा संकट समाधान गर्न एक महिना भित्र [...]
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले माग पूरा गर्ने प्रतिवद्वता जनाएपछि साझा प्रकाशनका सञ्चालक समितिका सदस्य नयनराज पाण्डेको अनशन तोडिएको छ। कृषि तथा सहकारी मन्त्रालय अन्तरगत रहेको साझा प्रकाशन शिक्षा मन्त्रालय अन्तरगत राखिनुपर्ने,प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक एकै व्यक्ति हुने प्रक्रिया हटाउनुपर्ने र महाप्रबन्धक खुला प्रतिष्पर्धाबाट नियुक्त गर्नुपर्ने माग राखेर पाण्डे आमरण अनशनमा उत्रिनुभएको थियो। प्रधानमन्त्री बाबुराम भट्राईले [...]