Articles Posted on September 13th, 2011

  • sixth-south-asian-fare

    छैठौं साउथ एशिया एण्ड चाइना टे्रड फेयर

    नेपाल चाइना एक्जुकेटिभ्स् काउन्सिलले दक्षिण एशियाली देशहरुमा नेपालको व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले छैठौं साउथ एशिया एण्ड चाइना टे्रड फेयरको आयोजना गर्ने भएको छ। भाद्र उनन्तीसदेखि असोज दुई गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा संचालन हुने प्रदर्शनीमा नेपाल, चीन, म्यानमार, श्रीलङ्का, बंगलादेश, पाकिस्तान भारत लगायत देशहरुको एक सय पचास भन्दा बढी स्टल रहने बताइएको छ। प्रदर्शनीमा गुणस्तरीय र [...]

  • tu-talbandi

    त्रिभुवन विश्वविद्यालयको ताला खुल्ने भयो

    उपकुलपति नियुक्ति विवादका कारण लामो समयदेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालय लगायत छ । विश्वविद्यालयको ताला आज खुल्ने भएको छ। सहमति बन्न नसकेपछि नेपाल संस्कृत विश्वविद्यालयमा लगाइएको ताला भने नखुल्ने भएको छ। प्रधानमन्त्री कार्यलय, सिंहदरबारमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र आन्दोलनरत प्राध्यापक संगठनहरुबीच तीन बुंदे सहमति भएपछि बन्द रहेका छ वटा विश्वविद्यालयको ताला आजैबाट खुल्ने भएको [...]

  • pilot-baba

    पाईलट बाबा दोलखामा

    पाइलट बाबाले आज दोलखाको भीमेश्वर मन्दिरको दर्शन एव् पूजाअर्चना गर्नुभएको छ। मन्दिर जानुअघि पाइलट बाबालाई सदरमुकाम चरिकेाटमा स्थानीयले भव्य स्वागत गरेका थिए। पूजा अर्चनापछि पाइलट बाबाले प्रकृतिको सुन्दरता अति मन पराउने भएकाले आफु दोलखाका प्राकृतिक सम्पदा हेर्न आएको प्रतिक्रिया दिनुभयो। पाइलटवावा आजै  जीरी जाने कार्यक्रम छ।

  • cp-gajurel

    सीपीको गाडी कव्जा

    एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेल चढेको गाडीको चावी इलाममा आफ्नै कार्यकर्ताले खोसेका छन्। उपाध्यक्ष मोहन वैद्य पक्षधर सचिव गजुरेल चढेको बा ०००१ अ २४ नम्बरको गाडीको चावी पार्टी अध्यक्ष पुष्पकमल दाहाल पक्षधरका कार्यकर्ताले खोसेका हुन्।  आफू पक्षीय कार्यकर्तासंग आन्तरिक छलफलका लागि गजुरेल इलाम जानु भएको थियो। यता, दाहाल पक्षधर माओवादी इलामका सेक्रेटरी राम राईले [...]

  • Kabul-US-embassy

    अमेरिकी दुतावास र उत्तर एट्लान्टिक सन्धि संगठनको मुख्यालयमा आक्रमण

    अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी दुतावास र उत्तर एट्लान्टिक सन्धि संगठनको मुख्यालयमा आक्रमण भएको छ। मध्य काबुलमा रहेका ती कार्यालयमा बम तथा गोली प्रहार भएको बिबिसीले जनाएको छ। एकपछि अर्को गर्दै सो क्षेत्रमा विष्फोटहरु भएका छन् भने केही घरहरुलाई नियन्त्रणमा लिएको विश्वास गरिएको छ। तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ। काबुलमा रहेका पत्रकारहरुले अहिले जारी रहेको [...]

  • singha-durbar1

    वित्तीय संस्थाहरुको संचालनको अवस्था अध्ययन गर्न उपसमिति गठन

    ब्यबस्थापिका संसद अन्तर्गत सार्वजनिक लेखा समितिले वित्तीय संस्थाहरुको सञ्चालनको स्थिति र समाधानका निम्ति उप–समित गठन गरेको छ। सिहदरबारस्थित लेखा समिती कार्यालय आज बसेको बैठकमा क्यापिटल मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेड र मध्यमाञ्चल ग्रामिण विकास बैंकले निक्षेपकर्ताहरुको रकम तथा वित्तीय अवस्थाको बारेमा समितिले जानकारी लिएको छ। समितिले वित्तीय संस्थाहरुको संचालनको अवस्था तथा जटिलता अध्ययन गर्न तीन [...]

  • Maoist-Flag

    माओवादीले कब्जा गरेको घर सम्पत्ति फिर्ता गर्न निर्देशन

    एकीकृत नेकपा माओवादीले द्वन्द्वकालमा कब्जा भएका घर सम्पत्ति फिर्ता गर्न निर्देशन दिएको छ। आज विहान अध्यक्ष पुष्पकमल दाहालले पार्टीका केही शीर्ष नेताहरुसंग परामर्श गरी यस्तो निर्देशन दिनुभएको हो। माओवादीले द्वन्द्वकालको घरजग्गा फिर्ता गर्ने र वाइसीयलको अर्धसैनिक संरचना भंग गर्न पनि पार्टीले निर्देशन दिइएको बुझएको छ। माओवादीले आफ्नो नेतृत्वमा सरकार गठन भए लगत्तै शान्ति प्रक्रियामा महत्वपूर्ण [...]

  • reyukai-hospital

    रेयुकाई आंखा अस्पतालले अत्याधुनिक मेसिनबाट अब चस्मा बनाउने

    हातैले चस्मा तयार पारेर बिरामीलाई सेवा पुर्‍याउदै आएको काभ्रेको बनेपास्थित रेयुकाई आंखा अस्पतालले अब चस्मा बनाउने अत्याधुनिक मेसिनले बनाएको चस्मा दिएर बिरामीलाई तत्काल सेवा दिने भएको छ। अटोएजिन नामको चस्मा बनाउने दुईलाख पचास हजार रुपैया बराबरको मेशीन र २५० वटा चस्मा रोटरी क्लब धुलिखेलले आंखा अस्पताललाई उपलब्ध गराएको हो। क्लबका अध्यक्ष अशोक श्रेष्ठले अस्पतालका सञ्चालक [...]

  • water-anugaman

    त्रिशुली मिनरल वाटर कम्पनीमा छापा

    एकपछि अर्कों गरी उपभोक्ता ठगिने क्रम जारी रहंदा वाणिज्य विभागले सक्रियता बढाएको छ। आज बाणिज्य विभागको एक टोलीले काठमाण्डौ मनमैंजुस्थित त्रिशुली मिनरल वाटर कम्पनीमा छापा मारेको छ। छापा मार्ने क्रममा सो मिनरल वाटरबाट उत्पादित पानी गुणस्तरीय नभएको पाइएपछि सो कम्पनीमा विभागले छापा मारेको छ। अनुगमनका क्रममा उत्पादन मिति फरक फरक पाइएको छ भने ल्यावमा काम [...]

  • novak

    नोभाक जोकोभिकले यु एस ओपन टेनिसको दशौं उपाधि जित्न सफल

    विश्व नम्बर एक सर्वियाका नोभाक जोकोभिकले न्यूयोर्कमा सञ्चालित वर्षको अन्तिम ग्रान्ड स्लाम यु एस ओपन टेनिस जित्दै यस सिजनमा दशौं उपाधि कब्जा गर्न सफल भएका छन्। फाइनलमा विश्व नम्बर दुई स्पेनिस राफेल नाडाललाई पराजित गर्दै जोकोभिकले एकै वर्षमा १० औं उपाधि आफ्नो पोल्टामा पारेका हुन्। एक वर्षभित्र १० उपाधि जित्ने क्रममा नाडाललाई नै फाइनलमा छैठौं [...]