वीरगंजको घण्टाघरको मर्मत

Written by admin. Posted in विविध, विशेष

Published on September 09, 2011 with

वीरगंजको आइकनको रुपमा रहेको घण्टाघरको मर्मत सम्भार तथा रंगरोगनको काम शुरु भएको छ।  एक दशक पछि वीरगंज उपमहानगरपालिकाले घण्टाघरको रंगरोगन तथा मर्मत सम्भार गर्न थालेको हो। करिव एक दशक अघिदेखि विग्रिएको वीरगंज घण्टाघरको घडी मर्मतमा चासो नदिएको वीरगंज उपमहानगरपालिकाले यस पटक भने घण्टाघर मर्मतका लागि शुरु गरेको छ।

गतवर्ष जापानको योनागो सहरस्थित योनागो जेसिसका पदाधिकारी तथा जापानकै सिको घडी कम्पनीका प्राविधिकहरुले घण्टाघरको घडीको परिक्षण गरेपछि हालको घडी काम नलाग्ने भईसकेकाले अब नया घडी फेरीदिने घोषणा गरेर गएपनि हालसम्म त्यसबारे केही प्रगति नभएपछि उपमहानगरपालिकाले मर्मतका लागि चासो देखाएको हो। घण्टाघर मर्मत सम्भारका लागि उपमहानगरपालिकाले साढे तीन लाख रुपैया बजेट छुट्याइएको छ। त्यसैगरि अहिले घण्टाघरको घडी फेर्ने बारे दक्षिण भारतको एक घडी कम्पनीले समेत रुची देखाएको छ।

facebook comments:

Leave a Comment