अमृत साइन्स क्याम्पसका स्ववियु सभापति कमल बस्नेत माथि आफ्नै संगठनका व्यक्तिहरुले खुकुरी प्रहार गरेका छन्। शनिबार साझ सात बजे अनेरास्ववियुको बैठकमा सहभागि भई निवास तर्फ जादै गरेका सभापति बस्नेतलाई बागबजारमा खुकुरी प्रहार गरिएको थियो। अनेरास्ववियु सचिवालयका सदस्य ऐन महरलगायतका व्यक्तिले खुकुरी प्रहार गरेको बस्नेतले बताएका छन। बैठक सकिएपछि मोटरसाइकलमै पच्छ्याउदै गएको समूहले बागबजारमा एक्कासी खुकुरी [...]