एकीकृत नेकपा माओवादीका पोलिट्ब्युरो सदस्य हरिबोल गजुरेलले सरकार निर्माणको बेला भएको चार बुंदे सहमति खारेज गरे वर्तमान सरकारको औचित्य नै नरहने बताउनुभएको छ। आज राजधानीमा आयोजित साक्षत्कार कार्यक्रममा माओवादी नेता गजुरेलले चारबुँदे सहमतिले मधेसी जनताको भावनालाई संबोधन गरेको भन्दै उहाँले त्यसको विरोध गर्नेहरु नै राष्ट्रघाती भएको आरोप लगाउनु भयो। चारबुँदेका विषयमा पार्टीभित्र छलफल भएको भन्दै [...]
भूमिसुधार मन्त्री प्रभु साहविरुद्ध षड्यन्त्र गरिएको भन्दै एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले आज रौतहटको गौरमा विरोध जुलुश प्रर्दशन गरेका छन्। वीरगञ्जका काशी तिवारीको हत्याको मुख्य योजनाकार भएको भन्दै प्रहरीले मन्त्री शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उक्त घटनामा मन्त्री साहलाई फसाउन खोजेको आरोप लगाउंदै माओवादी कार्यकर्ताहरुले जुलुश प्रर्दशन गरेका हुन्। गौर नगरपालिकाको कार्यालयबाट निस्केको जुलुशले नगरपरिक्रमा गर्दै [...]
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसंग नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सांसद स्टिभ च्याबोटले भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयका भएको भेटमा नेपालको शान्तिप्रक्रिया तथा संविधान लेखन र जलस्रोतको विकासमा अमेरिकी लगानी लगाएतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार रामरिझन यादवले जानकारी दिनुभयो। भेटमा नेपाल र अमेरिकाबीचको आपसी समबन्धका विषयमा पनि छलफल भएको दक्षिण एसिया तथा [...]
रौतहट हत्याकाण्डका आरोपीहरुलाई कारबाहीको माग गर्दै पीडित परिवारले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसमक्ष ज्ञापन पत्र बुझाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पीडितहरुले ज्ञापन पत्र बुझाउंदै हत्यामा संलग्नहरुलाई कारबाही गर्न माग गरेका हुन्। उनले मृतकलाई सहिद घोषणा गर्न तथा पीडित परिवारलाई उचित राहत प्रदान गर्न समेत माग गरे। ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री भट्टराईले घटनामा संलग्नहरुलाई कारबाही गर्ने आश्वासन [...]
मधेसी बुद्धिजीविहरुले मधेसका मुद्दा र भावनाको अपमान गर्न खोजिए त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन्। मधेसी नागरिक समाजले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसी नागरिक अगुवाहरुले गणतन्त्र स्थापनाका लागि मधेशीहरुले पुर्याएको योगदानको राष्ट्रले सम्मान गर्नु पर्ने बताए। मधेश नागरिक समाजका उपाध्यक्ष रामेश्वर साहले मधेशका उत्पीडित, दलित, पिछडा वर्गलाई उपेक्षा गर्न खोजियो भने मधेश विद्रोह [...]
सुदूरपश्चिमाञ्चलस्तरीय सुरक्षा भेलालाई सम्बोधन गर्न उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार धनगढी पुग्नु भएको छ। धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै गृहमन्त्री गच्छदारले सुदूरपश्चिमको सुरक्षास्थितिको अध्ययन गर्न र सुरक्षा अवस्थामा सुधार ल्याउन निर्देशन दिन आफू धनगढी पुगेको बताउनुभयो। सो क्रममा उहांले सुरक्षा निकायलाई बिना हस्तक्षेप परिचालित हुन आफूले निर्देशन दिइसकेकेा बताउनुभयो। गृहमन्त्री गच्छदारले विना पूर्वाग्रह नियमित प्रक्रियामार्फत [...]
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कुरा फेरेको आरोप लगाउनुभएको छ। चीनमा आयोजित युरो एसिया इकोनोमिक फोरममा भाग लिएर आज स्वदेश फर्किनु भएका एमाले वरिष्ठ नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय टेलिभिजनसंगको कुराकानीमा चार बुंदे सहमतिले चिन्तित बनाएको उल्लेख गर्दै नेपाली सेनालाई जातजातिको भर्ती केन्द्र बनाउनु नहुने बताउनु भयो। बोलीमा कोही [...]
पहिलो चरण अन्तर्गत विभिन्न स्थानबाट ल्याई चार सय पचास खसीबोका विक्रि गरेको नेपाल खाद्य संस्थानले थप खसीबोका काठमाडौं ल्याएको छ। दोस्रो चरणमा सत्र सय पचास खशी बोका काठमाडौं ल्याइएको संस्थानले जनाएको छ। यस पालीको दसैंको लागि दास्रो चरणसम्ममा संस्थानले कुल सत्रसय पँचास खसीबोका ल्याएको हो। संस्थानले यो वर्ष न्यूनतम पच्चीस सय खसीबोका विक्रि गर्ने जनाएको [...]
दसैं। नयां लुगा, मिठो खाना, रमाइलो र नयां नोट। वर्षदिनमा एकपटक आउने दसैंमा नेपाली जनताको आशा यस्तै हुन्छ। ठूलाबडाको हातबाट टीका, आशिर्वाद र दक्षीणास्वरुप नयां नोट, परम्परा नै बनिसकेको छ। दसैंको समयमा बजारमा नयां र सफा नोटको अत्याधिक माग हुने गरको छ। नेपाल राष्ट्र बैंकले हरेक वर्ष दसैंमा नयाँ नोट निष्काशन गर्दै आएको छ। यो [...]
जनता बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । राजधानीमा आयोजित कार्यक्रममा कृषि तथा सहकारी मन्त्री नन्दकुमार दंत्तले सहकारी क्षेत्रबाट मात्रै देशको आर्थिक क्षेत्रमा सुधार ल्याउन सकिने बताउनुभएको छ। जनता बहुउद्देश्यीय सहकारी संस्थाले अठार करोड रुपैयां पूजी रहेको र आगामी बर्ष बीस करोड रुपैयां पुर्याउने लक्ष्य लिएको छ।