आफ्ना लडाकू रहेको शिविर र हतियार राखिएका कन्टेनरहरु विषेश समिति सचिवालयको प्राविधिक टोलिको नियन्त्रणमा ल्याउन एकीकृत नेकपा माओवादी सहमत भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको तीन दलको बैठकमा शिविर तथा हतियार राखिएका कन्टेनरका सांचो विषेश समितिको नियन्त्रणमा ल्याउन माओवादी तयार भएको नेपाली कांग्रेसका नेता रामशरण महतले बताउनुभयो।
कांग्रेस नेता महतले लडाकु समायोजनको मोडालिटी, पदमिलान तथा समायोजनको स्पष्ट खाका नआएसम्म रिगु्रपिङको प्रक्रिया अघि बढन नसक्ने जनाउनुभयो। नवनियुक्त प्रधानमन्त्री बाबुराम भट्टराईको विषेश पहलमा आज तीन दलको बैठक बसेको हो। बैठकमा प्रधानमन्त्री भट्टराई तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेता डा. महत तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल सहभागी हुनुहुन्थ्यो।










There are currently no comments on शिविर र हतियार राखिएका कन्टेनरहरु नियन्त्रणमा ल्याउन माओवादी सहमत. Perhaps you would like to add one of your own?