मानिसक रोगी

Written by admin. Posted in विविध

Published on August 31, 2011 with

मानसिक स्वास्थ्य समस्याका कारण सडकको वास हुने व्यक्तिहरूप्रति सरोकारवालाहरूले चासो नदिदा उनीहरू नारकीय जीवन जीउन वाध्य छन्। यस्ता व्यक्तिहरू आफ्नो परिवारको सम्पर्कबाट विच्छेद हुने र अन्य निकायले संरक्षण नगर्ने कारणले उनीहरू नारकीय जिवन जिउन वाध्य भएका हुन्। अपांगको हकहीतका लागि सम्वद्ध संस्थाहरुले यीनीहरूलाई मानसिक अपांगको रुपमा वर्गिकरण गर्ने गर्दछन्। तर मानसिक अपांगका लागि भने निकायहरु सक्रिय देखिएनन्। विराटनगरमा मात्र करिव पचास यस्ता व्यक्ति सडकमा पुगेका छन्। मानसिक अपांगका लागि प्रभावकारी सरकारी नीति छैन भने गैररकारी संस्थाहरू मानसिक अपांगको उपचारमा सरकारी निकाय सवल नभएसम्म आफुहरूको मात्र प्रयास पर्याप्त नहुने बताउछन्।

मानसिक स्वास्थ्य गुमाएर सडकमा डुलेर हिंड्ने व्यक्तिहरूको स्वास्थ्य अवस्थालाई चिकीत्सा विज्ञानमा साइजोफेनीया भनिन्छ। यस्तो अवस्थाका व्यक्तिको जिम्मेवारी सरकारी निकायबाटै हुनुपर्ने अधिकारकर्मीहरुको दावी छ। केही समयअघि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जिल्लाका १३ गाविसमा मानसिक स्वास्थ्य सम्वन्धि तालीम सञ्चालन गरेको थियो। तर सरकारले स्पष्ट नीति र कार्यक्रम नल्याएसम्म मानसिक अपांगका लागि काम गर्न गाह्रो हुने सरकारी पदाधिकारीहरू बताउंछन्। सहरका गल्ली गल्लीमा पशु सरहको जिवन वाच्नुपर्ने वाध्यतामा परेका यी व्यक्तिहरू उपचारमा सरकारले उचित ध्यान दिएमा उनीहरू  ठीक हुन सक्छन्। तर सभ्य समाज निर्माणमा सरकारको ध्यान जान सकेको छैन।

facebook comments:

Leave a Comment