Articles Posted on August 29th, 2011

  • President-Yadav-Swearing-in

    बाबुरामद्भारा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भयो

    नवनिर्वाचित प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ। राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति डाकटर रामवरण यादवले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको हो। प्रधानमन्त्री भट्टराई सपथ ग्रहणका लागि कालो भादगाउंले टोपी, सेतो सर्ट, कालो कोर्ट र कालो पाइन्टसहितको पोशाकमा राष्ट्रपति भवन पुग्नु भएको थियो। सपथ [...]

  • japan-noda

    जापानको डेमोक्र्याटिक पार्टीको अध्यक्षमा योसिहिको नोडा निर्वाचित

    जापानको सत्तारुढ दल डेमोक्र्याटिक पार्टीको अध्यक्षमा अर्थमन्त्री योसिहिको नोडा निर्वाचित भएका छन्। पार्टीको अध्यक्षमा निर्वाचित भएपछि उनलाई  देशको प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। नोडा पांच वर्षभित्र जापानको प्रधानमन्त्री बन्ने छैटौ व्यक्ति हुनेछन। नोडाले दोस्रो चरणको निर्वाचनमा व्यापार मन्त्री बन्द्री काइदालाई पराजित गर्दै अध्यक्ष बनेका हुन्। पहिलो चरणको निर्वाचनमा कुनै पनि व्यक्तिले स्पष्ट जित हासिल गर्न [...]

  • hurricane-irene-lashed

    सामुद्रिक आंधीका कारण अमेरिकाका विभिन्न क्षेत्र प्रभावित

    अमेरिकाका पूर्वी तटीय क्षेत्र र क्यानडामा समुद्री आंधी आयरिनले व्यापक क्षति पुर्‍याएको छ। आंधीमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ। आंधीसंगै परेको वर्षापछि सो क्षेत्रमा बाढी आएको र जलमग्न भएको बताइएको छ। करिब पांच लाख घरमा विद्युत आपूर्ति पनि बन्द भएको छ। अधिकारीहरुले अमेरिकाको आर्थिक राजधानी न्युयोर्कमा आंधीले व्यापक क्षति पुर्‍याउने अनुमान गरेपनि त्यस्तो [...]

  • हतियार सहित पक्राउ

    हतियार सहित पक्राउ

    आपराधिक क्रियाकलापमा संलग्न रहेका तीन जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीले काठमाडौंका विभिन्न क्षेत्रबाट पक्राउ गरेको छ। कालिमाटी प्रहरीले काठमाडौं कलंकीका विश्वास सल्यानी, नुवाकोटका सुनिल तामाङ र गोर्खाका विकास गुरुङलाई पक्राउ गरेको हो। आईतबार बिहान कुलेश्वरमा चेकजांचका क्रममा रिभल्वर सहित सल्यानी र तामाङलाई पक्राउ गरेको हो। बा १३ प अन्ठानब्बे पैंतालिस नम्बरको कालो पल्सर मोटरसाइकलमा चेक [...]

  • prashuti

    प्रसुती गृहलाई पूर्ण सुविधा सम्पन्न बनाउने तयारी

    जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले तौलिहवा अस्पतालद्भारा सञ्चालित प्रसुती गृहलाई पूर्ण सुविधा सम्पन्न बनाउने तयारी गरेको छ। एउटा गैरसरकारी संस्था तथा स्वास्थ्य मन्त्रालयको संयुक्त पहल प्रसुति गृहलाई सुविधा सम्पन्न बनाउन लागिएको हो। प्रसुति गृहलाई व्यवस्थित वनाउन निक सिमोन्स नामको गैर सरकारी संस्थाले आमा र बच्चाको स्वास्थ्य सुधार कार्यक्रमका लागि ४ बर्षसम्म आर्थिक र प्रबिधिक सहयोग गर्ने [...]

  • clay-utensils

    माटाका भांडा व्यवसायबाट विस्थापित

    पुर्ख्यौली पेशा खोला तथा नदीमा माछा मार्ने, माटाका विभिन्न किसिमका भाडा बनाउने र त्यसैबाट आफ्नो दैनिक गुजारा चलाउंदै आएका गुल्मीका कुमाल समुदाय यतिखेर आफ्नो पुर्ख्यौली पेशा र व्यवसायबाट विस्थापित हुन पुगेका छन्। नदी तथा खोलामा पर्याप्त मात्रामा माछा नपाइनु, माटाका भाडाका सट्टामा प्लाष्टिकका सामाग्रीको प्रयोग बढ्नु, लगायतका कारणले उनीहरु पुर्ख्यौली पेशाबाट विस्थापित भएका हुन्। गुल्मीको [...]

  • हत्यामा संलग्न दुई जना पक्राउ

    हत्यामा संलग्न दुई जना पक्राउ

    गएराती बर्दियामा भएको गोलीकाण्डमा मुछिएको आंशका प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ। बर्दियाको सोरहवामा गएराती एमाले जिल्ला कमिटी सदस्य इन्द्रा भुषालको गोली हानी हत्या भएको थियो। सोही हत्यामा संलग्न भएको आंशकामा प्रहरीले उनका नाता पर्ने सोमनाथ भुषाल र पाथ भुषाल पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुबै जनालाई राती [...]

  • bandha

    सञ्जुहाङ पालुङ्गा समूहले गरेको बन्दले पुर्वाञ्चलको यातायात प्रभावित

    लिम्बुवान राज्य परिषद् सञ्जुहाङ पालुङ्गा समूहले आह्वान गरेको बन्दका कारण पुर्वाञ्चलको यातायात प्रभावित बनेको छ। बन्दका कारण फाट्टफुट्ट रुपमा मोटरसाईकल सञ्चालमा आएको भएपनि अन्य यातायातका साधन नचलेको पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। तोकिएको समयमा संविधान जारी गर्न, संविधान मार्फत लिम्बुवान राज्य सुनिश्चित गर्न, शान्ति सुरक्षा कायम गर्न माग गर्दै परिषद्ले आजदेखि तीन [...]

  • manchester-united

    म्यानचेष्टर युनाईटेड आठ सून्यले शीर्षस्थानमा उक्लन सफल

    वाईने रोनीले ह्याटि्रक गरेसगै डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर युनाईटेड आर्सनलमाथि आठ सून्यको जित हात पार्दै प्रिमियर लिग तालिकाको शीर्षस्थानमा उक्लेको छ। गएराती वर्ल्ड ट्रायफडमा सम्पन्न खेलमा म्यानचेष्टर जितसंगै तालिकामा नौ अंक बनाएर पहिलो स्थानमा उक्लेको हो। उसलाई पछ्याइरहेको म्यानचेष्टर सिटिको पनि समान नौ अंक रहेको छ। तथापी गोलअन्तरका आधारमा म्यानचेष्टर सिटि दोस्रो स्थानमा रहेको हो। युनाईटेडको [...]

  • Jhalnath-Khanal

    झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषद्को अन्तिम बैठक बालुवाटारमा सकियो

    एकीकृत माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्रीको शपथ ग्रहण गर्नुअघि झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषद्को अन्तिम बैठक बालुवाटारमा सकिएको छ। प्रधानमन्त्री भएको ६ महिने कार्यकालको समिक्षा गरेको सो बैठकले कार्यकाल सुखद रहेको निष्कर्ष निकालेको छ। बैठकसंगै प्रधानमन्त्री खनालले आफ्नो सरकारी निवास आजै छोड्ने समेत तयारी गर्नुभएको छ। बैठकमा एकीकृत माओवादी र नेकपा एमालेका मन्त्रीहरु सहभागी रहेका [...]