सहमतिको सरकारका लागि मोर्चा सकारात्मक रहेको शेरवहादुरको भनाई

Written by admin. Posted in राजनीति, विशेष

Published on August 18, 2011 with

सरकार गठनमा दलहरुबीच छलफल तिव्र भैरहेका बेला संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नेपाली कांग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माणका लागि सहयोग गर्न तयार रहेको स्पष्ट पारेको छ।  मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको संसदिय दलको कार्यालयमा भएको कांग्रेस र मोर्चाका शीर्ष नेताहरुको छलफलपछि कांग्रेस वरिष्ठ नेता शेरवहादुर देउवाले सहमतिको सरकारका लागि मोर्चा सकारात्मक रहेको संक्षिप्त प्रतिक्रिया दिनुभयो।

बैठकपछि कांग्रेस नेता अर्जुननरसिंह केसीले कांग्रेस नेतृत्वको सहमतिय सरकार गठनका लागि मोर्चाले सघाउने बचन दिएको बताउनुभयो। फोरम लोकतान्त्रिका अध्यक्ष बिजयकुमार गच्छदारले शान्ति र संविधानका लागि सहमतिय सरकार जरुरी रहेको स्पष्ट पार्दै कांग्रेसले गरेको पहलमा मोर्चा सकारात्मक रहेको बताउनुभयो। छलफलमा कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता देउवा, महामन्त्री प्रकाशमान सिंह, बिमलेन्द्र निधी लगायतका नेताहरुको उपस्थिति थियो। छलफलमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलको उपस्थिति थिएन। मोर्चाका तर्फवाट मोर्चामा संलग्न सबै अध्यक्षहरु लगायतका नेताहरुको उपस्थिति थियो।

facebook comments:

Leave a Comment