चीनका राष्ट्रपतिका विशेष दुत चाउ योङकाङ नेतृत्वको चिनिया उच्चस्तरीय टोलीले भक्तपुरको ऐतिहासिक स्थल भक्तपुर दरबार स्वाक्यारको भ्रमण गरेको छ। याङकाङ सहितको टोलीले भक्तपुर दरबार स्वाक्यार भित्रको तलेजु मन्दिर तथा पचपन्न झ्याले दरबारको अवलोकन गरेको थियो। चिनीयाँ टोलीको दरबार स्वाक्यार भ्रमणको क्रममा दरबार स्वाक्यार प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गरिएको थियो। टोलीको सुरक्षाका लागि ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। टोलीको भ्रमणको क्रममा दरबार स्वाक्यारमा सर्वसाधरण, विद्यार्थी, अन्य पर्यटक साथै संचारकर्मीहरुलाइ प्रवेश निषेध गरिएको थियो। टोली आजै लाओस प्रस्थान गरेको छ।









There are currently no comments on तीन दिने भ्रमण सकेर चिनियाँ टोली भर्किए. Perhaps you would like to add one of your own?