Articles Posted on August 18th, 2011

  • maoist-flag

    माओवादीद्बारा नेपाली कांग्रेससंग आलोपालो नेतृत्वको प्रस्ताव

    एकीकृत नेकपा माओवादीले आगामी दुई सरकारको नेतृत्वका लागि नेपाली कांग्रेससंग आलोपालो नेतृत्वको प्रस्ताव गरेको छ। आगामी सरकारको नेतृत्वका लागि आ आफ्नै उम्मेदवारको घोषणा गरेका एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच आज सिंहदरबारमा भएको बैठकमा माओवादीले आलोपालो नेतृत्वको प्रस्ताव गरेको हो। बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने आगामी सरकारको नेतृत्व माओवादीलाई [...]

  • narayan-kaji-shrestha

    सहमतिको सरकार बनाउन दुवै दल सहमत

    सरकार निमार्णबारे एकीकृत नेकपा माओवादी र नेकपा एमाललेबीच आज भएको छलफलमा सहमतिको सरकार बनाउन दुवै दल सहमत भएका छन्।  सिंहदरवारस्थित एमालले संसदीय दलको कार्यालयमा माओवादी र एमालेबीच भएको छलफलमा राष्ट्रिय सहमतिको सरकार बनाउनुको विकल्प नभएकोमा दुवै दल सहमत बनेका हुन्। माओवादीले आफ्नो नेतृत्वमा सहमतिको सरकार निमार्ण गर्न आज एमालेसंग छलफल गरेको हो। बैठकमा माओवादीले आफ्नो [...]

  • madhesi-morcha

    सहमतिको सरकारका लागि मोर्चा सकारात्मक रहेको शेरवहादुरको भनाई

    सरकार गठनमा दलहरुबीच छलफल तिव्र भैरहेका बेला संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नेपाली कांग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माणका लागि सहयोग गर्न तयार रहेको स्पष्ट पारेको छ।  मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको संसदिय दलको कार्यालयमा भएको कांग्रेस र मोर्चाका शीर्ष नेताहरुको छलफलपछि कांग्रेस वरिष्ठ नेता शेरवहादुर देउवाले सहमतिको सरकारका लागि मोर्चा सकारात्मक रहेको संक्षिप्त प्रतिक्रिया दिनुभयो। बैठकपछि कांग्रेस [...]

  • china-group-return

    आपसी हित, सुरक्षा र विकासमा सहकार्य गर्ने प्रतिवद्धतासहित चिनियाँ टोली फर्किए

    आपसी हित, सुरक्षा र विकासमा सहकार्य गर्ने प्रतिवद्धतासहित चिनियाँ उच्चस्तरीय टोली फर्किएको छ। चिनीयाँ भ्रमण टोलीले नेपाल चीनको प्रथामिकतामा रहेको स्पष्ट गर्दै नेपाल भित्रको आफ्नो चासोलाई प्रष्ट्याएको छ। छोटो अवधिमा प्रगतिको चुचुरो चुमेको चीन बाह्य सवालमा हत्तपत्त मुख नखोल्ने देशका रुपमा चिनीन्छ।  थोरै बोलेर धेरै सन्देश दिने देशको पहिचान बनाएको चीनले नेपालको सार्वभौमसत्ता, अखण्डता र [...]

  • hybride-statue

    हाइब्रिड मूर्ति

    भनिन्छ, असल वाद्यवादकको हातमा पर्‍यो भने बिग्रेको बाँसुरी पनि बज्छ । मीना कायस्थको हकमा यही भनाइ लागू हुन्छ, अलिक फरक रूपमा । फरक किनभने फालिएका, बिगि्रएका र थोत्रा सामान पाए भने उनीचाहिँ त्यसबाट चिटिक्क मूर्ति बनाउँछिन् र सजाउँछिन् । सोमबार अपराह्न ललितपुर कुपण्डोलमा भेट्दा २८ वर्षीया मीना आफ्ना तिनै सिर्जनाका साथ थिइन्, जसलाई उनले फालिएको [...]

  • singha-durbar

    माओवादी र एमालेबीच छलफल जारी

    राष्ट्रिय सहमतिको सरकारको नेतृत्व दाबी प्रस्तुत गरेका मुख्य दुईदल एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेेसले अन्य दलहरुसंगको छलफललाई आज पनि निरन्तरता दिएका छन्।  उपाध्यक्ष डा.वावुराम भट्टराईलाई बहुमतीय वा सहमतीय दुवै सरकारका लागि उम्मेदवारका रुपमा अघि सारेको एकीकृत माओवादीले नेकपा एमालेलाई सरकार गठनमा सघाउन अनुरोध गरेको छ। दुवै पक्षबीच  एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा भएको छलफल [...]

  • mandhir-cost

    केरा बेचेर पुजारी तथा कर्मचारी पाल्दै

    मन्दिरमा संकलन हुने दक्षिणामा कमी आएपछि तनहुको एक मन्दिरले केरा बेचेर पुजारी तथा कर्मचारी पाल्दै आएको छ। दमौलीस्थित व्यास क्षेत्र शिव पाञ्चायन मन्दिरले त्यहा कार्यरत पुजारी तथा परिचरको मासिक खर्च केरा बिक्रीबाट धान्दै आएको मन्दिर संरक्षण समितिका अध्यक्ष देवनिधि पन्थले वताउनुभयो। मन्दिरको स्वामित्वमा रहेको १० रोपनी क्षेत्रफलमा केराखेती गरिएको छ। मन्दिरले मासिक रुपमा पुजारीलाई ३५ [...]

  • tadi-bridge-build

    तादी खोलाको पक्की पुल मर्मत

    सरकारले पासाङल्हामु मार्गको बेलकोट र विदुर नगरपालिकालाई जोड्ने तादी खोलाको पक्की पुल मर्मत थालेको छ। २०२० सालमा निर्माण भएको पुल जीर्ण भएपछि यसवर्ष सडक विभागको पुल आयोजनाले मर्मतको काम अघि बढाएको हो। काठमाडौं–त्रिशूली मार्गको तादी खोलामा ६१ मिटर लामो पुल जीर्ण भई काठका बीम कुहिन थालेपछि ठूलो दुर्घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै पुलमा प्रयोग गरिएका [...]

  • bhaktapur--chiniya-toli

    तीन दिने भ्रमण सकेर चिनियाँ टोली भर्किए

    चीनका राष्ट्रपतिका विशेष दुत चाउ योङकाङ नेतृत्वको चिनिया उच्चस्तरीय टोलीले भक्तपुरको ऐतिहासिक स्थल भक्तपुर दरबार स्वाक्यारको भ्रमण गरेको छ। याङकाङ  सहितको टोलीले भक्तपुर दरबार स्वाक्यार भित्रको तलेजु मन्दिर तथा पचपन्न झ्याले दरबारको अवलोकन गरेको थियो। चिनीयाँ टोलीको दरबार स्वाक्यार भ्रमणको  क्रममा दरबार स्वाक्यार प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गरिएको थियो। टोलीको सुरक्षाका लागि ठुलो मात्रामा [...]

  • madira-baramadh

    एक ट्रक घरेलु तथा अन्य मदिरा बरामद

    बेनी बजारमा आन्तरिक राजस्व संकलन केन्द्र कोष तथा लेखा नियन्त्रण कार्यालयले करिब एक ट्रक घरेलु तथा अन्य मदिरा बरामद गरेको छ। कार्यालयका अनुसार मदिरा बिक्रि अनुमति पत्र नलिएका तथा अनुमतीपत्र लिएर पनि नवीकरण नगरेकाहरुको पसल तथा होटल रेष्टुरेण्टमा छापा मारी सो मदिरा बरामद गरिएको हो। घरेलु मदिरा नष्ट गरिने र बाँकी अन्य मदिराहरुलाई अनुमति पत्र [...]